Skip to content

ए … अब उनी पनि थाकिन रे


ए ….. अब उनी पनि थाकिन रे
मेरा बेफिजुल कुराहरू सुनेर
अब म भर गर्न लायक भइन रे

चिनी गुलियो हुन्छ
गुलियो भित्र भित्रै तितो महसुस गर्न थालिन रे
मेरा हर्कतहरू देखेर
अब उनी पनि थाकिन रे

दिनहुँ उसले अबेरसम्म पर्खाउँदा
उसका तीर जस्ता बोलीका उत्तर फूल सरी फर्काउदा
उसका साना साना जिद्दीका लागि
आफ्ना सारा खुशीहरू पर पर सर्काउदा
म किन थकिन ….
तर खै …. अब उनी चाहिँ थाकिन रे

कसैले सोधी हाले भने भनि दिन्छु
म खुशी नै छु
उनी अन्तै कतै रमाउन थिलिन रे
कसैले किन जान दिईस त
भनेर सोधे भनि देउला
अब उनी म देखि थाक्न थालिन रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *