Skip to content

गद्य कविता

खोर्सानी बारीमा

  • by

बाबरका मनहरू लिएका जस्ता गरेर खोर्सानी बारीमा
जेन्टाइलहरू पो देखिएका रहेछन्
बारीलाई अन्दिजान जस्तै सुन्दर बनाउँछौ भनेर

भक्तिका कुरा गरी (छोटो कविता)

  • by

भक्तिका कुरा गरी
देश भजाई खाऊ
मुक्ति कुरा गरी
शेश रजाई खाऊ
क्रान्तिका कुरा गरी
जनता कजाई खाऊ
सुशासनको कुरो गरी
दाम बजाई खाऊ

म रगत पिऊँछु

जब चिता बलेर खरानी बन्नेछ
तब मात्र तिमी जाग्नेछौ
श्रद्धान्जली ब्यक्त गर्न आतुर !

निरंकुशले हाम्रो रगत चुस्दाः
मेरो नसा उल्टियो ,
म वादसँग जिस्किएँ
म माओ बनेँ
लेनीन बनेँ ।

कुनै फूल नचाहँदैमा

कुनै फूल नचाहँदैमा
गोड्नु पर्छ यहाँ ,
कयौं फूल मग-मगाउँदैमा
छोड्नु पर्छ यहाँ !

जो भाग्यमा लेखिएको
यस्तै सम्झि जिउनु पर्ने,
बिधाताको लेखन त्यस्तै
सम्झी आँशु पिउनु पर्ने !

परदेशमा मेरा वेदना कसले सुनिदेला?

मलाई याद छ ती दिनहरू अझैं
जति बेला म उत्साह र उमंग लिएर यहाँ आएको थिएँ
मेरा महत्वकांक्षाले आकाश छुने
सपना पुरा गर्ने लक्ष्यले गगन चुमेको थिएँ

एउटा सुन्दर घरसंसार सजाउने सपना
मेरो मानसपटलमा रोटे पिङ झैं घुमेको थियो
रङ्गीचङ्गी इन्द्रेणी धनुष झैं लागेको
यी विदेशी ढोकाहरू सम्झन्थे मेरै लागि खुलेको थियो

तिमी छौ कहाँ ?

छायाँ बनेर म सँगसँगै
हिड्ने बाँचाहरू
बाध्यताको उज्यालोले
मेटाई दिएपछि
निकटता र समीपता खोज्दै
मनमा आश्रय माँगेर
अन्तकतै डेरा सरिजाने
विवशता उब्जिएपछि
तिमी हरायौ
सोध्नै नपाईकन
तिमी हरायौ

सीमाको लखनलाल

  • by

मध्ये पहाडको निशब्द चुहेको जरुवा
यो राज्यको सीमाको आँतको हरहरलाई मेट्न
भीमकाय पहाडहरूको नागबेली तरङ्गमा
केबल आवेशको झन्कार मात्र बन्न सक्ला,
तुच्छ भोगाईहरूको सरुवा रोगहरूमा
अझ चर्को संक्रमणको अभिनय गर्न सक्ला
किनकि ऊ समथर सीमामा आगो लगाई
उकालो उच्च पहाडको दरबारमा
अमृतरसको अचमानीले सुरक्षित देख्ला
तर मृत्युवरणको दोस्रो प्रतिद्वन्दी
पहिलोको मृत्युको उल्लासमा
उन्मत्त विलासी कोपभाजनले
आफ्नो छातीमा पोतिएको छपान मेट्न सक्दैन ।