गद्य कविता
भोको विहारी
हुन त म,
राष्ट्र सिमाङ्कनको संगिन धर्कोले
बाँधिएको अवला मनुवा हुँ ।
न मलाई नेपाल भन्ने सिमाङ्कनले
उन्मुक्त विलय गराएको छ,
न मेरो अन्तर्आत्मामा अंकुरित
मानव बिजलाई निमोठेको छ ।
त्यसैले त हिन्दुस्तानका चालिस करोड
मेरो हृदयको चित्रालयमा — एक/एक उपस्थित छ,
जो म होइन,
तर पनि हिन्दुस्तानीका कोरा कागजमा
अक्षर बनेर लगातार गंगा झैँ बाक्लिँदैछ ।

मान्छे
सर्लङ्ग सुकेको रुख
निरन्तरता तिम्रो नियति
नयाँ वर्ष फेरि उही
आएन हैन आयो
धनी हिंडे पनि गरीब हिंडे पनि
आयो फेरि पनि नयाँ बर्ष
“कमलहरू”