चिन्न सके जिन्दगी यो
बसन्तको पालुवा हो,
समयसँगै नहिडे यो
मरुभूमिको बालुवा हो !
त्यसैले त भन्ने गर्छन
समयसँगै चल्नु पर्छ,
आउन सक्छन् बाधाहरू
बुद्धि पुर्याई छल्नु पर्छ !
जाने जिन्दगी सरल छ
बग्छ कन्चन गंगा झैं,
बुद्धि विवेक गुमाए
उड्छ छिन्ने चंगा झैं !
राजेश रुम्बा लामा “अतृप्त”

“जिन्दगी” राजेश रुम्बा लामाको…
धन्यवाद!