Skip to content

गद्य कविता

तिम्रो सलनाल र मेरो माघे मेला

कति नयाँ बर्ष मनाउँछौ
कस्ता कस्ता नयाँ बर्ष मनाउँछौ
कहिले चुसकमा झुम्मिन्छौ अरे

कहिले अल्लाहमा खुम्चिन्छौ अरे
कहिले इदमा रमाउँछौ
कहिले क्रिसमसमा कराउँछौ
अनि कहिले सलनालको
चिसो जाडोमा मुटु कमाउँछौ
खै म कसरी तिम्रो त्यो
वास्तविकतालाई बोध गरूँ

हिउँ र म

  • by

झ्यालको पारदर्शी काँचबाहिर परेको
हिउँसँग रात झरिरह्यो।
भित्ताबाहिर खोपामा बास बसेको परेवा
साथ छुटेर हो वा एक्लोपनामा
रातभर घुरिरह्यो, म ब्यूँझिरहेँ।

आज सिठ्ठी बजेन

  • by

चुपचाप रमिते मेरो नियति हो
मेरै कलुषमा मेरै कटाक्ष
त्यसैले त ममा खोई —त्यो मान्छे भेट्दिन ।
यो दूनको अस्तुमा ठोकिएर
म मान्छे मरेको निर्जीव मुढो छु ।
कुमारी प्रकृति,
हाम्रो कर्कस टोकोसोले
बलाद् क्षत–विक्षत भएकी छिन्
हामी हाम्रो लगनमा गर्वित छौँ
र त हामी हाम्रो कर्ममा
कृतदासहरू सहज जन्माउन सक्छौँ
र हामी जुम्ली उद्रामा मानव खेती गर्न सक्छौँ
मूक संवेदनालाई बुलन्द पार्न सक्छौँ ।

आज म हराएँ आफ्नै देशमा

मेरो बिदेशी मित्र ! के त्याँ पनि बाँच्न यत्तिनै गार्हो छ र ?
के त्याँ पनि जिउनलाई हावा अनि पिउनलाई पानी छ र ?

मलाई आज यहाँ आमाले डि.भि. भर्न पैशा दिँदै भनिन्
जानु त्यहाँ जहाँ रगत होईन पानी छर्छ खेतमा ।

अनि जानु त्यहाँ जहाँ किड्नी बेच्नु पर्दैन भोको पेटको जोशमा
मेरो बिदेशी मित्र ! अनि आज म हराएँ आफ्नै देशमा ।

निरर्थक

  • by

जिन्दगीका
बिर्सिनसक्नु
अप्रिय प्रसङ्गहरू
नियास्रोले भौतारी रहन्छन
कता-कता तुलानात्मक रुपले भन्नुपर्दा
काडालेझै कोत्रिन्छन, रगताम्मे हुन्छन मनहरू
खुशीले भक्कानिदै पीरमा हाँस्न मन लाग्छ
प्रेरक र निरर्थक भएर
चलिरहेछ जिन्दगी
घुम्ती र मोडहरूमा,
घामको झुल्कासँगै ब्युँझन्छु

बालक सरी मेरा बृद्ध पिता

  • by

मैले हजुरलाई निहारिरहेको थिएँ
हजुर निकै भयभीत देखिनु हुन्थ्यो
जस्तै एक बालक सरी !
जब हजुरको आँखामा मृत्युले
मौनताको सूचना दिंदै थियो
आहिस्ता-आहिस्ता आफ्नो आगमन
म तड्पिरहेको थिएँ
हजुरलाई धन्यवाद भन्नलाई,
हजुरसँग अंगमालो गर्नलाई,
अनि अलबिदा भन्नलाई,
र हजुरलाई सम्झना गराउनुलाई कि,
“ईश्वरले सदैब हजुरलाई क्षमा गरिदियो।”

फेरि कसको जिन्दाबाद छ?

मुस्कुराओस बस्ती भन्छु
फेरि बस्ती आर्तनाद छ
शान्त रहोस् बस्ती भन्छु
फेरि बस्ती हतास छ
कही छैन यस्तो बस्ती
एउटा यो अपवाद छ
मर्ने दाजु मार्ने भाइ,
फेरि कस्को जिन्दावाद छ…. ?

नजिक टाढा

  • by

पानीले निथुक्क भिजेपछि
धरती त्यसै त्यसै चलमलाउन थाल्छ
मुहारमा निन्यारोपन लिएर पनि
इन्द्रेणी मुस्कुराइरहेको हुन्छ
पानीको थोपा बक्षस्थलमा खस्दा
धरती त्यसै त्यसै मोहित हुन्छ
धरती त्यसै प्रफुलित हुन्छ

निस्सारता

मैले
देख्न छाडेँ
कहाँ छ साँचो प्रेम ?
स्वार्थी तिम्रो संसार
म ह त्व कां क्षी
म

तिमी केलाई रात भन्छौ ?
जून उदाएको त्यो क्षण ?
ताराको प्रस्थान ?
घाम डुब्दा ?
भ्रा
म
क
सत्य ।

म, एक दासी

सुखको खोजीमा ,
म चारैतिर भौतारिएँ ।
असीमित चाहनाहरू लिएर
अनि ,
आफ्नो जीवनलाई बिर्सिंदा
म सपनाको दासी बनेँ ।

जूनेली रातमा ,
सुर्यको खोजमा ,
म घण्टौँ तल्लीन रहेँ ।
अनि ,
जूनको प्रकाशलाई बिर्सिदा
म अँध्यारोको दासी बनेँ ।

फेरि आयो रात प्यास लिएर

फेरि आयो रात – प्यास लिएर
फेरि लाग्यो मात – सास पिएर
मोहनी लागे जस्तो
पहिलो प्रेम जस्तो
फेरि आयो रात – प्यास लिएर

मेरो सुन्ने कोही छ कि ?
आफ्नो ठान्ने कोही छ कि ?
मेरो मन बहकिंदा
साथ दिने कोही छ कि ?

अभियुक्त समय र सपनाको तलतल

  • by

झरी थामिएपछिको झिसमिसे
पीडाको धराप साँघु बिछ्याएर छातीमा
निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा
कोही फर्केर आउने आशाको

अझै खोज्दैछु ?

  • by

एउटा पुलकित अनुहार
जब मेरो अगाडि उभिदिन्छ
मेरा अकल्पनीय आकाङ्क्षाहरू
लक्ष्मणरेखाभित्रै
कठ्याङ्ग्रिन बाध्य हुन्छन् ।