पहिलो प्रयास हो मेरो असफल जीवनको
घात अनि स्वार्थ लुटिएको मेरो असफल जीवनको
मायाको लागि सबै खुसीहरू गुमाउदै
उनीबिना बाच्न नसक्ने मेरो असफल जीवनको
कहानी धेरै पुरानो होइन
बाचाहरू तोडी रुनु पर्ने मेरो असफल जीवनको
माया माया भन्दै छत्पटिंदा छ्त्पटिंदै पनि
उनि छाडेर गएको कथा मेरो असफल जीवनको
उनलाई पर्खी बस्ने हरेक प्रयासमा
आसु अनि पिडा मेरो असफल जीवनको
म के नै गर्न सक्छु गरिब अनि पिडित
आफन्त भुली अंगाल्ने मेरो असफल जीवनको
प्राण त्याग्न मात्र बाँकी छ अब
सारा खुसि लुटिदैछ मेरो असफल जीवनको
पहिलो प्रयास हो मेरो असफल जीवनको
घात अनि स्वार्थ लुटिएको मेरो असफल जीवनको
बिरेन्द्र चौधरी
दरख – ४ निम्दी कैलाली
हाल लाटीकोइली -९ सुर्खेत
यो मेरो पहिलो प्रयास हो आशा छ मलाई सल्लाह अनि सुझाब दिनु हुन्छ
