Skip to content


आज फेरि अर्को मोड उही टाढा हुने कुरा
उनको जीवनमा तुफान अनि समयको कुरा

खै कसरी सम्हाल्न सक्छु आफ्नो मन
बिगत भुली वर्तमानमा अरुलाई अंगाल्ने कुरा

सपना सबै चकनाचुर बनाउने बाध्यता
बाँचा अनि बन्धनलाई फेरि भुल्ने कुरा

आज फेरि अर्को मोड उही टाढा हुने कुरा
उनको जीवनमा तुफान अनि समयको कुरा

बिरेन्द्र चौधरी
दरख-४-निम्दी,कैलाली
हाल लाटीकोइली -९,सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *