तिमी आफ्नै बाटो हिँड
म आफ्नो बाटो हिँड्छु
तिमी पूर्व लाग
म पश्चिम लाग्छु
पृथ्वी गोल छ भन्छन्
एक दिन न एक दिन
हाम्रो भेट कसो नहोला ?
हजारौँ दिन र रात पार गर्दै जाऔँ
आई पर्ने अनगिन्ती बाधा र अड्चनहरू
छिचोल्दै निरन्तर अघी बढौँ
उमेर बढाउँदै जानु छ
आयु घटाउँदै लैजानु छ
जीवनको यात्रा यहिरितले
समाप्त गराउनु परेको छ ।
शरीरलाई घचेट्दै सुदूरपश्चिम पुर्‍याउन खोज्छु
मन भने सुदूर पूर्वतर्फ
तानिइरहेको हुन्छ
शरीर सयौँ किलोमिटर टाढा छ
मन अक्कासिँदै तिम्रै मुटुमा
बास बस्न खोज्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *