Skip to content

गद्य कविता

धर्म

संसारको यात्रा गर्दा
हर व्यक्तिको सोधाइ
परिचय दिंदै गए
उनीहरू सोध्दै गए
कहाँबाट आयौ?
मेरो उत्तर धर्तीबाट
चन्द्र र सूर्यबाट त म आएको होइन ।

रुप हेर्ने तिम्रो बानीले

हे पुरुष रुप हेर्ने तिम्रो बानीले हामीलाई
तिम्रो मायाले कैदी बनायो?
ब्युटी पार्लर नजाऊ भने सुँनचाँदी नलाऊ भने
“समयसँगै चल्न सिक” भन्छौ?

बिकृत बाटो

बिमला !
के तिमी पनि यही बाटो जान्छौ र

यो त मैले हिँडिसकेको बाटो
अनुभूत गरिसकेको बाटो
अभ्यास गरिसकेको बाटो
यो बाटोमा कुनै चौतारी छैन
कुनै देउराली छैन ।

यो त मैले भोगिसकेको बाटो

प्रेमको पुस्तक

तिमी थियौ
म थिएँ
हामीमाथि अनन्त आकाश थियो
र, मधुर वर्षात् थियो
प्राप्ति/अप्राप्तिको हिसाब थिएन
‘तिम्रो’ र ‘मेरो’को कुनै किताब थिएन ।

मेरो जन्मदिन

मलाई मेरो प्रत्येक जन्मदिनले झस्काउँछ
मुटु चस्स दुखेर आउँछ
ढुकढुकी बढ्न थाल्छ
अनि कता कता खिन्न लाग्छ
त्यही जन्मदिनको कारण
जसले मेरो जिउने अधिकार खोसिरहेछ

मेरो प्यारो मनसूनलाई !


झर झर झरी !
तप तप पानि !
छप् छप् पानि !

बन जंगल पहरा पर्वत ,
एक हूल केटाकेटि ,
खेत को किसान ,
एक बथान चराहरु ,
सवै भिजाउँदै प्यास हरु !
रमाउदै आँखा हरु !
मनसुन मुस्कानमा !

आक्रोश

  • by

कविता र मुक्तक बन्छन्
मेरो आत्मकथाहरूले
निबन्ध नै निबन्ध बन्छन्
मेरो तनको व्यथाहरूले
गजल बनी गुन्जिएन
मेरो दिलको चोटहरूले
देश बनाउने सभासद बनेन ।

शक्तिको स्रोत

  • by

उसले एक जना मारेथ्यो जेल गयो
कानुनले धावा बोल्यो
किनकि ज्यान मार्नु कानुनमा अपराध हो ।
तर एकदिन जेल तोड्यो, बाहिर आयो
उ विद्रोही बन्यो
विद्रोह उसको रगतमा थियो

शब्दयात्रा

  • by

कागजका सादा पानामा
आशाका रंगीन चित्रहरू कोर्दै
असंख्य उपेक्षित आँखा र प्रतिबद्ध मनहरूबाट
उद्देश्यको उकालो उक्लन
शब्दयात्रा आरम्भ हुने गर्छ
भावहरूको पवित्र यात्रामा

सालिक

  • by

व्यस्त चौबाटोमा-
मौन निःशब्द र स्थिर
ठिङ्ग उभिएको थियो
एउटा सालिक ।
जसको ओठमा –
ढकमक्क फुलेको थियो
दम्भको गुलाबी फूल
अनुहारमा पोतिएको थियो

युगसँग

  • by

कथाका पात्रहरूझैँ रूप फेरेर
माया लाउने
आँट त छ मभित्र
तर
अप्ठ्यारोमा, हलो अड्काएर
गोरु चुटेझैँ
म आफ्नै उडानहरू
निमोठ्दैछु पटकपटक ।