साथी
दशकभन्दा बढीको सहयात्रामा
मैले धेरै थोक सिकेको छु
धेरै थोक बिर्सेको पनि छु
कतै सबै माझ आफूलाई पाउन सके भने
कतै आफूभित्र आफैं हराउन पुगेको छु ।
म उज्यालो मन पराउने मान्छे
अन्धकारमा पनि रमाउन थालेको छु
म सम्पन्नता मन पराउनॆ मान्छे
विपन्नतामा पनि रमाउन थालेको छु
म अरुको दुःख हेर्नसम्म नसक्ने मान्छे
आफ्नै दुःखमा रमाउन थालेको छु ।
परिवर्तन भनेको शायद यही हो कि
मैले खोजेको हामीले रोजेको
यो प्रश्न म प्रत्येक नयाँ वर्षको पूर्व सन्ध्यामा
आफैंसित सोध्ने गर्दछु
यो हामीले सोचेको परिवर्तन हैन कि
यथास्थितिमा रमाउने –
हो हाम्रो विडम्बना वा मानसिकता ।
अल्मलिएर यथास्थितिको जिजीविषामा
रोक्नु हुन्न मैले मेरा पाइलाहरु
तमाम प्रतिकूलताहरुका माझबाट
पहिल्याउनु पर्छ मैले मेरो गन्तब्य
उकालो उक्लिदा लाग्ने लेक जस्तै
यो मेरो गन्तब्य यात्राको ब्यवधान मात्र हो ।
– महेशप्रसाद भट्ट
हालः कुलेश्वर काठमाडौं ।

म अरुको दुःख हेर्नसम्म नसक्ने
म अरुको दुःख हेर्नसम्म नसक्ने मान्छे
आफ्नै दुःखमा रमाउन थालेको छु ।
dherai ramro lagyo yo kabita ta/thanx mahesha ji ajha lekhdai garnu.
best of luck