Skip to content

सपना (रम्बास कविता)

  • by

हो
मैले
सपना
देखेकै हो
सपना देख्नु
मेरो नीजि कुरा ।

बताउन पो हुन्न
सपनामा स्वतन्त्रता
भरपुर प्रयोग गरी
म विचरण गर्छु सर्वत्र
चेतन मनका बक्यौता
पुरा गर्छु र निवृत्त
भई खुला आकाश
स्पर्श गर्छु जहाँ
मनले भन्छ
तेरा लागि
सम्भव
सबै
छ ।

अजित आचार्य
व्यास-९, तनहुँ
हालः मातातीर्थ, काठमाडौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *