Skip to content

विविध-विधा

बगेको खोला फर्किन्न भन्थे

  • by

बगेको खोला फर्किन्न भन्थे
फर्किए के होला फर्किन्न भन्थे

मैले कतै यो सुनेको थिएँ
मान्छेको चोला फर्किन्न भन्थे

बरु हावालाई मोड्न सकिन्छ
हिर्काएको लोला फर्किन्न भन्थे

आफ्नालाई रुवाएर पठाएको छ
कतिन्जेल नरोला फर्किन्न भन्थे

नाम चलेकैसँग घरबार बसायौ

ए नाम चलेकैसँग घरबार बसायौ तिमीले ।
उच्च कुलघरानमा नाता गसायौ तिमीले ।

मेरो प्रेमको सिहासन तिमीलाई सुम्पिदिए
मलाई भने सडकमा बास बसायौ तिमीले ।

माछा मिठा काँडा तिता निर्धोलाई नै मर्का पर्ने
निजी स्वार्थ पुरा गर्न मलाई फसायौ तिमीले ।

किन होला तिमी अचेल रिसाएर बोल्छौ सानी

  • by

किन होला तिमी अचेल रिसाएर बोल्छौ सानी
त्यो रिसमा मिठो माया मिसाएर बोल्छौ सानी ।

माया गरी तिमीलाई मेरी रानी भन्दा खेरी
बोलाएर काख माथि बसाएर बोल्छौ सानी ।

माया गर्छु भन्छौ तिमीसँग बसी रमाउदै
थाहै नपाई अधर त्यो टसाएर बोल्छौ सानी।

गजल

मायामा धोका पाई धुरु धुरु रुन्छन कोही
धोका दिन पाएकोमा धेरै खुसि हुन्छन कोही

साचो होकी झुटो माया थाहा पाउन धेरै गारो
मुखले चाहि ठिक्क पारी धोकाको जाल बुन्छन कोही

मैले आँखा देख्न छाड्दै छु

सायद अब मैले आँखा देख्न छाड्दै छु ।
आजदेखि गजल गीत लेख्न छाड्दै छु ।

बरु लडुँ केही प्रवाह छैन अब त
हिड्ने सहारा लामो लट्ठी टेक्न छाड्दै छु ।

छातीमाथि हात राखेर ज्यूनु पनि के
लागे लागोस गोली छाती छेक्न छाड्दै छु ।

आखिर दुःख साथी हुन्छ सुख भन्दा त
त्यस कारण म हाँसो समेट्न छाड्दै छु ।

एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें’नि

एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें’नि
टुप्पोमा चढेको मान्छे फेरि भुईंमै खसें’नि।

राम्री पनि अति राम्री सजिएकी फूल जस्ती
सम्हालिन नपाँउदै म त बेहोसी भई लडें’नि।

लजाएर हेर्ने बानीले उनको मुस्कानको खानीले
एक बचन बोल्न नपाँउदै म त मूढो झै जलें’नि।

नभुल्नु है प्रिय तिमी

नभुल्नु है प्रिय तिमी, कसैको बातमा
जे नि हुन सक्छ हेर, बैंशको उन्मातमा !

मनमा अनेक कुरा खेल्छ, थाहा छैन आफैंलाई
तिम्रै यादमा छटपटिन्छु, हरेक-हरेक रातमा !
नभुल्नु है प्रिय तिमी, कसैको बातमा

विदेशी समय

“ल त गएँ है, फेरी भेटौला नी पछि”
म साथी संग बाईबाई गर्दै काममा जान हतारहतार गरि रेल चढ्नको लागि हस्यांगफस्यांग गर्दै ट्रेन स्टेसन तिर लम्किन्छु ।

चाहना उस्तै थियो

  • by

देखिंदा भने दुई थियौ चाहना उस्तै थियो
रङ्गीन संसार बनाउने बाहना उस्तै थियो

तरलता जिन्दगीको अनुभूति सयलतामा
प्रत्येक सन्ध्या कटाउने ठेगाना उस्तै थियो

जति जति समीप्यता उति उति आन्नद त्यो
बैमान गर्ने समयको सिमाना उस्तै थियो

उस्तै मन उस्तै भाव केही मात्र फरक हाम्रो
लाग्दैछ उत्पादनको कारखाना उस्तै थियो

मेरो साथ बिनानै आमा तिमी बन्छु भन्छ्यौ

मेरो साथ बिनानै आमा तिमी बन्छु भन्छ्यौ ।
सहवास नै नगरी महिनाहरू गन्छु भन्छ्यौ ।

जिन्दगीको सहारा जन्माउनुछ छोरा हामीले
चाहिदैन रे मेरो नाम आफै ठुलो हुन्छु भन्छ्यौ ।

धन्यवाद छ सहर

सपनाको महल बुनी पसे म त सहर
सिमित रह्यो सपनामै सखाप भयो रहर ।

भन्ने गर्थे सबै जना रमाइलो छ सहर
खै के रमाइलो हो सबको मरिरहेछ रहर ।

तडपिएर हिडन पर्ने कसको थियो रहर
पजेरो र चिल्लो कारमा घुम्दो रहेछ सहर ।

यहाँ देश चोर्नेहरूको स्वर ठूलो छ

यहाँ देश चोर्नेहरूको स्वर ठूलो छ
ठूलै भाग सोर्नेहरूको स्वर ठूलो छ !

ढाँटेर, ठगेर, अरुलाई मारेर भए पनि
अकूत सम्पति जोर्नेहरूको स्वर ठूलो छ !

ऋण माथि ऋण थोपर्दै जनताको टाउकोमा
तिनकै टाउको फोर्नेहरूको स्वर ठूलो छ !

अनुराधा कोइरालाप्रति

पुरा बनुन काम तिम्रा उच्च रहोस मान दिदी
विश्व सामु सगरमाथा भइ बसोस शान दिदी ।

आमा भयौ दुनियाँकी माइतीघर बनाएर
तिमीबाट अरुहरूले सिकुन धेरै ज्ञान दिदी ।

सडकमा डुल्ने देखि बर्बादीमा बेचिएकाले
मिठो मानी रमाएर पाएका छन् खान दिदी ।

नेपाललाई सुन्नु पर्यो

नेपाललाई सुन्नु पर्यो
तिनलाई दुख्दा रुनु पर्यो!

नेपाललाई पिरतीको
पियुषले धुनु पर्यो !

दासताको दाम्लो अब
सबै मिली फुनु पर्यो !

नालापानी सम्झिएर
सुनपानी छुनु पर्यो !