Skip to content

नाम चलेकैसँग घरबार बसायौ


ए नाम चलेकैसंग घरबार बसायौ तिमीले ।
उच्च कुलघरानमा नाता गसायौ तिमीले ।

मेरो प्रेमको सिहासन तिमीलाई सुम्पिदिए
मलाई भने सडकमा बास बसायौ तिमीले ।

माछा मिठा काँडा तिता निर्धोलाई नै मर्का पर्ने
निजी स्वार्थ पुरा गर्न मलाई फसायौ तिमीले ।

नङ मासु जस्तै व्यवहार गथ्यौ पहिले तर
आज आएर लौन मेरा शत्रु हसायौ तिमीले ।

भन मैले तिम्रो लागि कुन ठाउमा के गरेन
तर कालो मोसो मुखमा मेरो घसायौ तिमीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *