Skip to content

विविध-विधा

गजल

हिजो, आज, भोली भन्दै टारेपछि के गरूँ म
जित्छु भन्थें प्रेम उसको हारेपछि के गरूँ म

ढुक्कै भई बसें म ‘नि अन्त नजर नडुलाई
दिन्छु भन्थ्यो जसले माया मारेपछि के गरूँ म

गजल

गजल

– प्रकाश सापकोटा

बृद्धदेखि बालक्सम्म भई भेला पनौतीमा
धुमधाम चल्दै होला मकरमेला पनौतीमा

लिलावती, पुण्यवती, रुद्रावती मिसिएको
त्रिवेणीमा पक्कै होला ठेलम्ठेला पनौतीमा

सँगै तरौंला, सँगै मरौंला

गजल
– प्रकाश सापकोटा
साउन–भदौ बर्खे भेल सँगै तरौंला नि
बाँचे पनि सँगै मरे सँगै मरौंला नि

द्इ मुटु यताउती, नमिठो भो अनुभूति
मेलापात, गाउँबेसी सँगै गरौंला नि

फाट्यो जिन्दगी यसलाई मैले

फाट्यो जिन्दगी यसलाई मैले फाल्न सकिन
सलाइकोरी आफ्नैसामु जिन्दगी बाल्न सकिन

सहिदिएँ दु:खलाई नि केवल सुखैसुख सम्झि
आफ्नै अघि चर्किगयो जिन्दगी टाल्न सकिन

“चाँदनी”

जून जस्तो मुहार छदै छ,चाँदनी पो किन चाहियो
हरेक रातहरु मधुमास भए,बिहानी पो किन चाहियो?

विश्वाश गरि सुम्पीदियौ,लाली जोबन एक अर्कालाई
दुबैको मन एउटै भए,मनोमानी पो किन चाहियो?

मेची अनि कालीपारी तर्यौ अरे

पाक्क पुक्क मार मुग्रीमा यसपाली नि पर्यौ अरे
पहिले भन्दा अँझ ठुलो बिद्रोह पो गर्यौ अरे

नचाहिंदो कुरा झिकी किन राडाको मचाउनु
समजको नजरमा तुच्छ ब्याहार गर्यौ अरे

फोस्रो तिम्रो जवानी

फोस्रो तिम्रो जवानी को लिलाम बिक्री नगर भो
बासाना को काहानी त्यो दोबाटो मा नछर भो

बैस छदा घर पोल्यौ जवानीको चर् पोल्यौ
रित्तिएको कामुक भाडो खरानी ले नभर भो

‘आएँ म’

तिम्रो लागि सारा दुनियाँ, छोडेर आएँ म
बा-आमा र संगीको विश्वाश, तोडेर आएँम।

थाहा छैन तिमीलाई पाउनु, हार हो कि जीत मेरो
जीवनका लक्ष्य तिमी तिरै, मोडेर आएँ म।

माघे सन्क्राती

आइ पुग्यो माघे सन्क्राती मकर नुहाउन जानै सकिन
माघ भरि यो शरीर मा पानी छुवाउनै सकिन

चलन हो तिल्का दाउरा बाली आगो ताप्ने
तर मैले आगो बाली घर धुवाउनै सकिन