कहिलेकाहिं तिम्रो मेरो बात मिलेन कि
ज्यानै साट्ने रङ्गीन त्यो रात मिलेन कि
तिमी छोरी कुलघरानी, भएँ कि म सानो
आटो, पिठो, ढिंडोसँग भात मिलेन कि
महलमा जन्मिएर महलमै हुर्किएकी
थोत्रो मेरो झुपडीमा थात मिलेन कि
मीठो मुखले बोलाउँदा रुखो वचन गर्छ्यौ
किन पराइ ठान्न थाल्यौ आँत मिलेन कि
जीवनको मूल्य हाम्रो बराबरी भए पनि
भेदी तिम्रो नजरमा औकात मिलेन कि

yeastai yeastai kahanee le
yeastai yeastai kahanee le timi duiko saath milena ki ?