तिम्रो लागि सारा दुनियाँ, छोडेर आएँ म
बा-आमा र संगीको विश्वाश, तोडेर आएँम।
थाहा छैन तिमीलाई पाउनु, हार हो कि जीत मेरो
जीवनका लक्ष्य तिमी तिरै, मोडेर आएँ म।
सोचे जस्तो हुन्न भन्छन्, जिन्दगीमा सधैंभरि
जे भए नि तिम्रो काख, रोजेर आएँ म।
सधैं जसो मन्दिरमा गई, माग्थौ अरे मलाई नै
बैतडीकी देउकीलाई, सोधेर आएँ म।
रिझाउन सक्दिन कि, हजुरलाई सधैंभरि
क्षमा दिनु दुई हात, जोडेर आएँ म।
के “अमरदीप”
चितवन, हाल:दुबई
krishnagk_102@yahoo.com

Nice link to advil motrin
Nice link to advil motrin .The cheap discounts on the internet.