प्राण जाँदा एक फेर राम खोज्दो रैछ मान्छे । नेपोलियन मरहट्टा गजल by NepoleonAugust 16, 20096 Commentsजन्मेपछी पाइलो टेक्ने ठाम् खोज्दो रैछ मान्छे, ठाम पाएपछी जून् घाम खोज्दो रैछ मान्छे । जून् घामले अघाउँदैन पेट् बढ्दै गएपछी, जून घाम पछी फेरी माम खोज्दो रैछ मान्छे ।
भुतुक्कै पारी मलाई राजेश्वर ढकाल गजल by kbsAugust 16, 20092 Commentsकर्के नजर लाउनेले भुतुक्कै पारी मलाई पहिलो प्रेम दाउनेले भुतुक्कै पारी मलाई धुत्नसम्म धुति हरे दोबाटोमा छाडी मलाई अघि-पछि सधै धाउनेले भुतुक्कै पारी मलाई
बुँद बुँद सँगालेकी निर्मला थापा गजल by NirmalaAugust 16, 200920 Commentsबुँद बुँद सँगालेकी चु’न दिने छैन हजुर उदार मेरो दिल कोहीलाई छुन दिने छैन हजुर
यही देश मेरो गोर्खे साइँलो गजल by kbsAugust 16, 20095 Commentsम जन्मेँ यहीँ नै फुल्यो केश मेरो छ माटो पियारो यही देश मेरो । सिलाई लवेदा पुरानो छटाको लगाएर आएँ यही भेष मेरो ।
काख दिने को होला बिष्णु तिवारी उषा गजल by kbsAugust 16, 20093 Commentsमेरो छायाँले जस्तै साथ दिने को होला मेरो आमाले जस्तै काख दिने को होला । हर पल हर क्षण ह्दयको माझ आफ्नो मायाले जस्तै बास दिने को होला ।
ओठै नचलाई बोल्थिन उनी बिनोद खड्का गजल http://babugorkhali.wordpress.com by khadkabinodAugust 14, 2009ओठै नचलाई बोल्थिन उनी आँखै नझिम्काई हेर्थिन उनी । मनका कुरा भेट्नै सकिएन प्रेमकै कुरा खोल्थिन उनी । शव्दमा तलमाथी पर्यो भने च्याप्प समाएर केर्थिन उनी ।
कस्तो माया हजुर? हरि मानन्धर “विवश” गजल by hari_mdrAugust 13, 20091 Commentकति दिन सम्म हजुर यसै यसै बाँची दिए । निष्ठुरीको झूठो माया मुटु भरि साँची दिए ।। स्वर्ग जस्तै सँसार हजुर कल्पनामा भए पछि, मनका व्यथा लुकाएर परि सँगै नाची दिए ।
तिम्रो प्यारको एकलव्य राज गजल by kbsAugust 13, 20093 Commentsपिलाई दियौ जहर, तिम्रो प्यारको बनी आउँछु रहर, तिम्रो प्यारको प्याला प्याला पिउँदै म ढले पनि छोड्दिन म शहर, तिम्रो प्यारको
ईतिहास मै नलेखिएको……….. नेपोलियन मरहट्टा गजल by NepoleonAugust 12, 20094 Commentsईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म, निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म । जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने, मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।
“तिमी जहाँ छौ त्यहाँ” अर्जुन दुङमेन् राई गजल by DungmenAugust 12, 2009तिमी जहाँ छौ त्यहाँ, अहिले मध्ये रात भयो होला तिम्रो मेरो सपनी मै, कती मिठो बात भयो होला बेसुरमै अन्दाधुन्द, अंगालोमा बाँध्यौ कि मलाई झस्कियौ भने कतै, नहुँदामा म घात भयो होला
गजल अनुभव गजल by AnubhavAugust 12, 20096 Commentsतिम्रो मनको मशानघाटमा जलाई देउ मलाई तिमीलाई गार्ह्रो हुन्छ भने सलाई देउ मलाई हासो खुशी माग्दा माग्दै दु:ख पिडा झोली भरी भिकारी भई आए भस्म दलाई देउ मलाई
बेमत्लबी हल्लाहरु नेपोलियन मरहट्टा गजल by NepoleonAugust 12, 20094 Commentsबेमत्लबी हल्लाहरु सुन्दै हिड्छौ तिमी किन ? छोड्पत्र नभै अर्को चुन्दै हिड्छौ तिमी किन ? खेल हैन प्रेम हजुर् जित हुन्छ सत्यको नै, आँफै च्याती मनलाई तुन्दै हिड्छौ तिमी किन ?
मान्छे म गोर्खे साइँलो गजल by kbsAugust 11, 20094 Commentsपाखा र पखेरो नाँचेको मान्छे म सिन्की र ढिँडोले बाँचेको मान्छे म । आँटो र पिठो जे जस्तो पाके हुन्छ मूला नुन थेबे चाटेको मान्छे म ।
यसै जिएको छु हरि मानन्धर “विवश” गजल by hari_mdrAugust 11, 2009कैयन रात तिम्रो यादमा धेरै रोएको छु, त्यहि आँसुले आँखाहरू सधै धोएको छु । निन्द्रा भित्र कराउँदै होश गुमाउँदै, कोमल तिम्रा हर स्पन्दनमा मैले छोएको छु ।
व्यस्तता छवि ज्ञवाली मुक्तक by kbsAugust 11, 2009व्यस्तता हजुरको धुमधाम छ साँचो भन्नोस् त त्यस्तो कुन काम छ? छुरी बोकी हिड्नुहुन्छ बेकारमा हात मिलाए त छेउ मै समाधान छ ।
हजार छन् रे तिम्लाई कुर्ने निर्मला थापा गजल by NirmalaAugust 11, 20097 Commentsहजार छन् रे तिम्लाई कुर्ने यस्तै हल्ला सुनेँ आज सुखद बनोस् तिम्रो जीवन मैले अन्तै चुनेँ आज
मान्छे किन इज्जतलाई तीर्थ (यात्री) पौडेल गजल by kbsAugust 10, 2009मान्छे किन इज्जतलाई पैसासँग साटन खोज्छन आफ्नो बिरोध गर्नेलाई सधैं सधैं काट्न खोज्छन् म नै ठुलो पैसावाल बलबान म भनी सोझा सीधा निर्मुखालाई आफ्नो बसमा राख्न खोज्छन्
आघौं परौं हैन यसै पाली नेपोलियन मरहट्टा गजल by NepoleonAugust 9, 20092 Commentsआघौं परौं हैन यसै पाली हुन पाए हुन्थ्यो, हजुरको बगैंचामा माली हुन पाए हुन्थ्यो । सार्थक हुन्थ्यो मेरो जन्म मात्र एक स्पर्शले, जुन् फुल् टिप्नुहुन्छ त्यही डाली हुन पाए हुन्थ्यो ।
झुटो माया झिल्के कान्छा गजल by SugamAugust 8, 2009तिमी त्यहाँ म छु यहाँ चाहेर पो कहाँ हुन्छ । ईन्टरनेटमा झुटो माया लाएर पो कहाँ हुन्छ । तिम्रो मनमा के छ के छ मलाई केही थाहा छैन माईक्रोफोनमा मिठो गीत गएर पो कहाँ हुन्छ ।
कोखिल्लामा गाग्री बोकी नेपोलियन मरहट्टा गजल by NepoleonAugust 8, 20096 Comments कोखिल्लामा गाग्री बोकी झर्छिन् उनी पँधेरीमा ढिलो आई छिटो पानी भर्छिन् उनी पँधेरीमा । मूल सुक्यो धारो सानो लाम बस्नु पर्छ भन्दा, धकेलेर ठाउँहरु सर्छिन् उनी पँधेरीमा ।