Skip to content


पाखा र पखेरो नाँचेको मान्छे म
सिन्की र ढिँडोले बाँचेको मान्छे म ।

आँटो र पिठो जे जस्तो पाके हुन्छ
मूला नुन थेबे चाटेको मान्छे म ।

धान्दै छु हिमाली गाई-गोरु गोठ
जन्मै छ भकारो टाँसेकॊ मान्छे म ।

सेवा छ सधैँको गाई चौँरी जात
मोही र दहीले साँचेको मान्छे म ।

नारेर सधैँ गोरु खेतीको याम
जोतेर हली मै दाँजेको मान्छे म ।
विशालमार्ग नारायणगढ चितवन ।

बहर हजज मुसम्मन् अखरब महजूफ अखरम
मुस्तफ्इलु मुस्तफ्फैलुन् मफ्ऊलात रुक्नमा आधारित
ऽऽ॥ ऽऽऽऽ ऽऽऽ।- गोर्खे साइँलो

4 thoughts on “मान्छे म”

  1. निरन्तर पदन पाउ साइँलो जी,शुभ
    निरन्तर पदन पाउ साइँलो जी,शुभ कामना छ
    एकदमै राम्रो गजल, र त दुई शब्द भन्न मन लाग्यो।

    कथा ब्याथा एउटै-एउटै,मात्र फरक गाउ रहेछ।
    छोडि आए बाघ्यताले, सवर्ग त्यही ठाउ रहेछ।।

    खुसी किन्न भनी आएँ,सात समुन्द्र पारी म,
    यहाँ आई जाने मैले,अमुल्य यसको भाउ रहेछ।।

    फर्कदैछु चादै म पनी,हिमाली गाई गोठ हेर्न,
    जति मल्यो सुख मिल्ने,मातृभुमी को पाउ रहेछ।

    कहिल्यै पनी पुग्दैन रे,सुखले मान्छे लाई त,
    जे छ त्यसमा खुसी नै,जिन्दगी को नाउ रहेछ।।

    इन्द्र पुन ”इन्द्रेणी”

    1. Indra sir, namaskar,
      Indra sir, namaskar, yahaharuko sadvab,maya ra sahayogko sadaivari kadar tya samman garnechhu. yahako uhi gorkhesailo, chitawan, nepal..

  2. sir namste
    this side is very

    sir namste
    this side is very inpoten side and romanca ok asale satapdiu par garosa suvakamana

    1. mero tutefuteko GAZALko
      mero tutefuteko GAZALko garima adhayra sllaha, sujhab dinuhune tapai sabailai da antarmandekhi nai sadhuwad dina chahanchhu, dhannyawad.
      – gorkhesailo

Leave a Reply

Your email address will not be published. Required fields are marked *