विश्लेषण/समालोचना
“मेरो शहर” नियाल्दा
“मेरो शहर” कवितासङ्ग्रहका कृतिकार हुनुहुन्छ प्राध्यापक, डा. धनपति कोइराला । डा.धनपति कोइरालाको जन्म, २०२७ साल मंसिर २१, सतासीधाम–५, झिलझिले, झापामा पिता स्व. चन्द्रलाल कोइराला र माता स्व. विष्णुमाया कोइरालाका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँको कार्यक्षेत्र तथा बसोबास कावासोती (शिवमन्दिर, साधना कुटी) मा रहेको छ । उहाँको पेशा प्राध्यापन र पत्रकारीता देखिन्छ । उहाँ एक मध्यविन्दु क्याम्पसका संस्थापक, समाजसेवी, साहित्यिका आधिकारिक विद्वान संस्कृत वाङ्मयका ज्ञाता, मृदुभाषी, साधाररण बेशभुषा, उच्च बिचारको धारणामा रही सबैको भावनालाई बुझ्न चाहने र सबैलाई कदर गर्ने व्यक्तित्व पनि हो । उहाँको मानवीय व्यवहार र मिलनसारताले मेरो मनमा उहाँप्रति उच्च आदरभावले स्थान लिएको छ ।
जीवनका छालहरू नियाल्दा
परिचय
ईश्वर ‘बा’ खनालको भेट सायद आजभन्दा ७/८ वर्ष पहिला कृषकलाई माटो र मलको व्यवस्थापनको तालिमको सिलसिलामा बेणीमणिपूर गाउँमा गएको समयमा भए जस्तो लाग्छ । सायद उहाँ त्यहाँ प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसै समयमा ‘जीवनका छालहरू’को यो कृति मेरो हातमा परेको थियो । यसलाई राम्रोसँग पढे धेरै प्रभावित पनि भएको थिएँ तर त्यस वेला मैले गजल लेख्ने र गजलको बारेमा टीकाटिप्पणी गर्ने काम गर्दैनथें । आजकल मैले गजल लेख्ने र समालोचन गर्ने कामको थालनीसँगै यो कृतिलाई फेरि दोहोर्याएर पढ्ने इच्छा पलाएर आयो र यसमा केही टीकाटिप्पणी गर्ने काम गरेको छु ।
शिक्षा र गुरु
गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?
मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ ।
सम्झनामा मात्र कलमी योद्धा कृष्ण सेन
भारतको देहरादुनमा २०१३ सालमा जन्मेर पत्रकारिता क्षेत्रमा समर्पण हुँदा शहादत हुन पुगेका कृष्ण सेन ‘इच्छुक’ ‘जनादेश’ (साप्ताहिक), ‘कलम’ (त्रैमासिक साहित्यिक पत्रिका) र ‘जनदिशा’ (दैनिक पत्रिका)को सम्पादक हुन् । उनका ‘शोकाञ्जली’, ‘इतिहासको यस घडीमा’, ‘बन्दी र चन्द्रागिरी’ (कवितासङ्ग्रह) प्रकाशित छन् । उनी सफल कवि, समीक्षक, भूमिका लेखक, गद्य लेखक, संस्मरण लेखक र पत्रसाहित्य लेखक थिए । सेनको योगदानको कदर गर्दै ‘कृष्ण सेन अनलाइन’ खोलिएको छ । मरणोपरान्त उनलाई साहसिक पत्रकारिता पुरस्कारले समेत सम्मानित गरिएको छ । उनको योगदानका बारेमा यस पिँढी र आउँदा पिँढीलाई यथेष्ठ जानकारी दिन विभिन्न सङ्घसंस्थाले स्मृति ग्रन्थ निकाल्दै छन् ।
अमेरिका उपन्यास नियाल्दा
परिचय
‘अमेरिका उपन्यास’ पनि मैले बरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण भट्टराईजीबाटै प्राप्त गरेको हुँ । गंगा लिगलका प्रकाशित कृतिहरूका संख्या हेर्दा यो उपन्यास प्रन्धौं कृतिको रूपमा आएको देखिन्छ र नेपाली साहित्यको इतिहासमा गंगा लिगल एउटी सशक्त नारीहस्ताक्षरको रूपमा देखा पर्नुभएको छ । नेपाली साहित्यको फाँटमा साहित्यकारको संख्या हेर्दा पुरुष साहित्यकारको संख्यात्मक तुलनामा नारी साहित्यकारको संख्या कम छ । श्रीमती गंगा लिगलले नेपाली साहित्यको फाँटमा आफूलाई एउटी कवियत्रीको रूपमा परिचय गराई सक्नुभएको छ । श्रीमती गंगा लिगलको जन्म पाल्पा, तानसेनमा भए तापनि बसोवास भने सिद्धार्थनगर भैरहवामा गर्दै आउनु भएकोमा हाल उहाँ अमेरिका ह्यूस्टन, टेक्सासमा हुनुहुन्छ । उहाँले त्रि.वि.बाट एम.ए. कल्चरमा डिग्री हाँसिल गर्नुभएको छ । भैरहवा बहुमुखी क्याम्पसमा उप–प्रध्यापक पनि भैसक्नुभएको छ ।
शिक्षा क्षेत्रमा नवीन चिन्तन
हाम्रा विद्यार्थीहरू स्कूल जान्छन् । कक्षाकार्य बनाउँछन् । गृहकार्य ल्याउँछन् । स्कूलमा गरेकै कार्य घरमा पनि दोहर्याउँछन् । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु उनीहरूको कर्तव्य हुन जान्छ । खाली दिमाखवाला त्यस्ता विद्यार्थी जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा बाहिरको परिस्थिति आइपरेमा अलमलमा पर्छन् । उनीहरूमा निर्णयविहीन भई अलमलाउनुको विकल्प पनि हुन्न । आजको शिक्षाले त्यही विकल्प प्रदान गर्न सक्नुपर्छ ।
नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसैलाई बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् ।
