गणतन्त्र नायक रामराजालाई सम्झँदा
जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्निहित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब थोक पाखामा ।

नेपाली समाजमा प्रचलित कुनै पनि किसिमको चाड पर्वका परम्परामा धर्म र संस्कृतिको विविध पक्ष अन्तर्निहित रहेको हुन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहीआएको छ । माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन मनाइने ‘माघे सङ्र्क्रान्ति’ पर्वलाई ‘मकर सङ्क्रान्ति’ को नामले चिनिन्छ ।
आजै जस्तो लाग्छ, त्यो दिन –भूटानबाट नेपालीभाषीहरू खेदिए अरे । नेपालीभाषी भुटानीमाथि त्यहाँको सकारले पाशविक यातना दियो रे । सयौं चेलीबेटीहरू भूटानी सेनाबाट वलात्कृत भए रे…। उनीहरू भूटान छाडेर भाग्न बाध्य भए रे भन्ने जस्ता खबरहरू रेडियो तथा टेलिभिजनले प्रसारण गरेको । त्यो खबरले सबैमा तरंग नै ल्याइदियो । नभन्दै उनीहरू भूटान छाडेर हिँड्न बाध्य नै भए, विवश भए । उनीहरूको हामीसँग प्रत्यक्ष रुपमा भाषा र संस्कृतिको सम्बन्धमात्र नभएर युगयुगको सम्बन्ध थियो । भावनाको मात्र नभएर उनीहरूको रगतकै पुरानो नाता थियो नेपालीहरूसँग । उनीहरू कानूनी रुपम भुटानी भए पनि आखिर रगतले नेपाली नै थिए । हाम्रै दाजु–भाइ थिए । तसर्थ, त्यो घटनाले तमाम नेपालीलाई नराम्ररी दुखायो । नदुखोस पनि कसरी ! एउटा भाइलाई पीडा हुँदा अर्को भाइलाई नदुख्ने त कुरै आउदैनथ्यो । ठिक त्यस्तै भयो । त्यसैले धेरैले यो घटनालाई राम्ररी नियालिरहेका थिए ।
श्रीमान् शिक्षाविद्ज्यू,
धेरै दिनदेखि एउटा सुन्दर कथा लेख्नलाई साँचेर राखेको कथाकंकाल अथवा कथाको प्लट यतिखेर मेरो मनस्तलबाट धरासायी भएको छ । यस्तो धेरैचोटि हुँदै आएको छ । कथा लेख्नलाई निर्माण गरेको सोच, पात्र, परिवेश, घटना र उद्धेश्यको रुपरेखा मनमा पकाइरहेको बेला कुनै देशी बिदेशी लेखक कथाकारहरूका रचना पढेपछि तीसँग धेरैकुरा ठयक्कै मिलिदिन्छन्, अनि लेख्ने सोचनै धरासायी बन्छ ; यस्तोबेला खुसीनै लाग्छ कथा लेख्न नपाए पनि ।