Skip to content

विश्लेषण/समालोचना

प्रदिप भट्टराईको ‘शौचालयमा ईश्वर’लाई नियाल्दा

‘शौचालयमा ईश्वर’ शीर्षकमा तार्किकता

नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखामा म प्रवेश गर्न लाग्दानलाग्दा त्यो संस्थाका अध्यक्ष योगप्रसाद रिजालले दुईवटा कृतिहरू मेरो हातमा थमाइ दिनु भयो । मैले ‘शौचालयमा ईश्वर’ हेर्न थाले अर्को मित्रले अर्को कृतिको शीर्षक हेर्न नपाउँदै लगि दिनु भयो । ‘शौचालयमा ईश्वर’ शीर्षकले नै मलाई सोचमा डुवायो । म कितावको आवरणमै सीमित रहेर मेरो मनमा तरङ्ग उठ्न थाले । आस्तिक र नास्तिक शब्दले मनमा अड्डा जमायो । यो शीर्षकलाई पढ्दैमा नास्तिक भन्न मिल्दैन भन्ने तरङ्ग मनमा उठयो ।

समर प्रकाशको पर्खाललाई नियाल्दा

परिचय

युगीन साहित्य समाज रुपन्देहीले नववर्ष २०७१ को १ गतेको दिन भव्य साहित्यिक कार्यक्र गर्ने भनेर मलाई सहभागी हुनको लागि निम्ता पठाएको थियो तर यस्तो महत्वपूर्ण कार्यक्रममा म सहभागी हुन सकिन । विमोचित कृति प्राप्त भएमा मैले गहिरो अध्ययन गर्नेछु र त्यसप्रति मैले जानेका र लागेका भावनालाई अवश्य पनि पोख्ने छु भन्ने बचनबद्धता, युगीन साहित्य समाजका पदाधिकारीहरू (अध्यक्ष बिनोद उदय लगायत यज्ञप्रसाद न्यौपाने, सुरज पाण्डेय, सुशील सापकोटा, युवराज लामिछाने)लाई, प्रकट गरेको थिएँ । कार्यक्रम निकै प्रभावकारिरहेको जानकारी पाएँ । खुसी लाग्यो उक्त दिन समर प्रकाशको, वमोचित भएको कृति, ‘पर्खाल’ युगीनका मित्रहरूले साहित्यकार दीपक सोती मार्फत पठाएको, कृति प्राप्त गरें । समर प्रकाशसँग मेरो भेटघाट भएको हो या होइन मलाई एकिन भएन । उहाँले आफ्नो कृतिमा राखेको तस्विरलाई हेर्दा नवयुवक देखिनुहुन्छ तर उहाँको जीवनी तथा पारिवारिक विवरण कृतिमा समावेश गर्नुभएको छैन । भन्न मन लाग्यो, कृतिकारले आफ्नो जीवनी, साहित्यिक आवद्धता तथा छोटो परिचय दिनु राम्रै हुने हो तापनि समरजीले आफ्नो रचनाले नै परिचित गराओस् भन्ने धारणा लिए जस्तो लाग्यो ।

BijayChalise

सुन्दर शैली र विम्बमा उदभाषित ‘नर्थ सी को किनारबाट’

एक दिन मेरो मुहार पुस्तिका (फेसबुक) मा एकजना अपरिचित साहित्यकार मित्रबाट ‘हुलाक ठेगाना पठाइदिने’ अनुरोध आयो । त्यो अनुरोध थियो – साहित्यकार भाइ दीपेन्द्र के.सी. को । आफ्ना सद्यप्रकाशित कविता कृति उपहारस्वरूप पठाउनका लागि उहाँलाई ठेगाना चाहिएको थियो । अनि कृति उपलब्ध गराएपछि केही प्रतिक्रियाको अपेक्षा गर्नु हामी सर्जकको स्वाभाविक चाहना हुने भइहाल्यो । कविता पढ्न मलाई त्यतिबिन रौस नलाग्ने भए पनि सात समुद्रपारीबाट एकजना साहित्यकार मित्रको अनुरोध अस्वीकार गर्न सक्ने कुरै थिएन र मैले त्यही मुहार पुस्तिकामार्फत आफ्नो ठेगाना दिएँ । नभन्दै त्यसको दुई–तीन हप्ता जतिपछि एउटा आकर्षक पुस्तक हातपर्यो । डिमाइ आकारमा ३० वटा शक्तिसाली कविता उनिएको एउटा कवितासङ्ग्रह । कृति थियो ‘नर्थ सि को किनारबाट’ !

अमर छौ तिमी : श्रद्धा बोकी कलम मसीले गर्छु यस्तै प्रयास

इजरायलमा भानुभक्त द्विशतवार्षिकी जयन्ती भव्य तथा सभ्यतासँग मनाउन यतिखेर साहित्यिक मनहरू लागि पर्नुभएको हुदाँ मेरो श्रद्धारुपी दुई सुमन भानुभक्त तिमीलाई ।

तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,

भानुभक्त तिमीलाई खै कसरी बिर्सनु ? चाहे आँखा नै चिम्म गरु वा उघारेर नै हेरु, तिमी त मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यसरी बसेका छौ कि चाहेर पनि कसैले बिर्सन सक्दैन तिमीलाई ।

पानीमा बाँचेको हाम्रो जीवन (त्रिचन्द्र ‘प्रतीक्षा’)

वैज्ञानिक तथ्य अनुसार पानीलाई (H2O) भनिन्छ । अर्थात् पानी हाइड्रोजन र अक्सिजनको एक यौगिक हो । यस यौगिकमा आयतनको हिसाबले हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग हुन्छ । यी दुई ग्यासको गुण एकदमै छुट्टाछुट्टै हुन्छ । सहि रुपमा भन्दा शुद्ध अवस्थाको पानीको कुनै रंग, गन्ध र स्वाद हुँदैन ।

गीतमा कविताको चमक

भारतीय सिनेजगत्का चर्चित संगीतकार एव म गायक एआर रहमानले हलिउडको सिनेमा स्लम डग मिलिनियरका निम्ति पहिलो पटक ओस्कार पुरस्कार पाए र उनले ओस्कार पाएपछि आफ्ना माता करिना बेगमलाई सम्झिए र भावकुतावश भने, मेरे पास माँ है।

पछुतो कथासङ्ग्रहले प्रष्ट्याउन खोजेका शैक्षिक मार्ग एक अवलोकन

परिचय

‘पछुतो’ कथासङ्ग्रहका लेखक चिन्तु गिरी हुनुहुन्छ ।, चिज्तु गिरीको जन्म पुतली बजार न.पा. –९, लामागे, स्याङ्जामा, माता खगीसरा र पिता नरभूपालका पुत्ररत्नको रूपमा भएको थियो । चिन्तु गिरीलाई हामीले कथाकारको रूपमाभन्दा पनि शास्त्रीय छन्दमा राष्ट्रियभावनाले भरिएका कविता लेख्ने कविको रूपमा चिन्दछौं । आज म भने उहाँको कथासङ्ग्रह ‘पछुतो’मा तनमन दिएर पढ्दै छु अनि मलाई लागेका भावना पनि पोख्दै छु । उहाँको रुची साहित्यमा बालककालमै थियो भन्न सकिन्छ उहाँको पहिलो रचना २०२८ सालमा मातृभूमिको गोरेटोमा प्रकाशित भएको थियो । यसबाट पनि के प्रमाणितथ हुन्छ भने उहाँको साहित्य लेखन १७ वर्षको उमेर पुग्नुभन्दा पहिला नै (विद्यार्थी जीवनबाटै), थालनी भएको थियो ।

मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य ब्रह्माण्डमा लागि उज्यालो अदृश्य-दृश्य प्रकाशको ‘ब्ल्याक होल’को विचरण गराउँछ । सूक्ष्म भित्रको विश्वरूप दर्शनमा ज्ञान र ध्यानको टेलिस्कोपबाट मात्र ब्रह्माण्डको झलझलाकारका अनेक आकार सगबगाउँछन् र दृश्य रूपमा प्रस्फुटित हुन्छन् ।

“जीवन काँडा कि फूल” लाई नियाल्दा

आज “जीवन काँडा कि फूल” पढी सकाएँ । झमक जस्ता अपाङ्गले हामी जस्ता हात खुट्टा भएकाहरूलाई अपाङ्ग बनाइदिएकी छन्, हुतिहारा सावित गरिदिएकी छन् । किनकि उनले सबलाङ्गलेभन्दा धेरै गरेर देखाइदिएकी छन् । लेखेर धेरै गरेर देखाइ दिएकी छन् । गरेर धेरै देखाइ दिएकी छन् । उत्कट अभिलाषाले सबै इच्छा सफल पारेकी छन् । अनि उनले अपाङ्गलाई दुनियाँले हेर्ने दृष्टिकोणलाई (विश्व परिवेशले पनि) बदलिदिएकी छन् । जस्तो सुकै आपद विपद परिआएता पनि आफ्नो कर्तव्यमा दृढ रहनुपर्छ र अन्ततः सफलता हात पर्छ भन्ने दृष्टान्तको पाठ पनि सबै पाठकलाई उनले यो कृतिबाट दिन सफल भएकी छन् ।

“सन्ध्या” नेपाली साहित्य जगतमा बिल्कुलै एक नँया प्रयोग

गजल विधालाई सुनौलो र सुन्दर रुपमा व्यक्त गर्न पोक्त गजलकार जे.एन दाहाल भर्खरै एउटा नँया कृति “सन्ध्या” (गजल काव्य) लिएर नेपाली साहित्य जगतमा उपस्थित भएका छन्। गजल विधामाथि आफ्नो कलात्मक सिल्प देखाउँदै उनले कृति प्रकाशनमा ल्याएका छन्। यस अघि पनि सामूहिक रुवाई संग्रह “त्रिकोण” प्रकाशित गरिसकेका दाहाल युवा वर्गका एक उदाहरणीय सर्जक हुन्।

गामबेसीका सर्जक

क्षेत्रप्रताप अधिकारी स्वयंमा एउटा राम्रो कविता र मिठो गीत थिए । बारम्बार सुनौं सुनौं लाग्ने, पढौं पढौं लाग्ने । उनको असामयिक निधनबाट नेपाली साहित्य र संगीतले एउटा प्रतिभाशाली सर्जक गुमायो ।

ह्वाइट केनः एक दृष्टि

‘वल्लीको डायरी’ पछि भास्वतलाई ह्वाइट केन बनाएर मनीषाले आफ्नो औपन्यासिक यात्राको दोस्रो जँघार तरेकी छन् ।

चलचित्रमा महिलाले मारेको फड्को

नेपाली चलचित्रको अधबैंसे परम्परामा महिलाको चौतर्फी सहभागिताको स्थिति भने बल्ल युवान्मुख हुँदै छ।

प्रेरणास्रोत नारी

आई एम म्याड्म् बाभोरी ! बहुआलोचित यो स्वीकारोक्तिपछि विश्व साहित्यमा गुस्ताभ फ्लेबर्ट निकै चर्चित भएका थिए।

सिनेमा अन्तत: सिनेमा

एउटा निबन्ध छ, एउटा फुच्चेले लेखेको। जापानका प्रसिद्ध उपन्यासकार सिगा नायोयाको नातिले लेखेको निबन्धको शीर्षक छ, ‘मेरो कुकुर’।

दुई सय ७५ वर्षअघिको ताम्रपत्र

गोरखा जिल्लाको मान्बु गाउँमा घलेको बाक्लै बस्ती छ। यहाँका घलेमध्ये एउटा खलक छ, जसलाई १७ भाइ खलक भनेर चिनिन्छ।

नेपाली भाषामा अराजकता

विश्वका विकसित र समृद्ध भाषाका आआफ्नै व्याकरण हुन्छन्। व्याकरण भनेको भाषाका लागि संहिता वा अनुशासन हो।