विश्लेषण/समालोचना
ममताको खास्टो (खण्ड–काव्य)लाई नियाल्दा
परिचय
वि.सं.२०७० साल मुंसिर २९ गते शनिबारको दिन आदरणीय साहित्यकार बालकृष्णभ भट्टराईज्यूसँग बुटवलमा, लुम्विनी वाङ्मय प्रतिष्ठानको पौष १३गते हुन गइरहेको साधारण सभाको तयारी सभामा भेट भयो । उहाँले मलाई आफ्नै कृति ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) र श्रीमती गंगा लिगलको कृति ममताको खास्टो (समीक्षार्थ), उपहारस्वरूप प्रदान गर्नु भयो । ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) जो मेरो हातमा छ अध्ययनको थालनी क्रममा छ भने ममताको खास्टो खण्डकाव्यलाई अध्ययन गर्दै केही लागेका धारणाहरूलाई यहाँ पस्कदै छु ।
जनमत साहित्य मासिक सिक्किम साहित्य विशेष–१ सरसर्ती पढ्दा
परिचय
सर्बप्रथम जनमतका प्रधान सम्पादक मोहन दुवालज्यूलाई धन्यवाद दिंदै, जनमतको यो सिक्किम साहित्य विशेष –१ भित्र प्रवेश गर्न चाहान्छु । मोहन दुवाल एक यस्ता साहित्यकार तथा प्रधान सम्पादक हुनुहुन्छ जस्ले देशकामात्र नभएर प्रदेशका कुनाकाप्चामा रहेर निरन्तर साहित्य सिर्जना गर्ने व्यक्तिहरू जो ओझेलमा परेका छन्, लाई खोजी खोजी त्यस्ता व्यक्तिको बारेमा जनमतमा विशेष स्थान दिएर सबैका सामु साक्षात्कार पारिदिनुहुन्छ । जनमतलाई कहिले व्यक्ति विशेष, कहिले जिल्ला विशेष प्रकाशन गर्दै आउनु भएकोमा यसपटक (२०७०, श्रावण अङ्क) भने सिक्किम साहित्य विशेष लिएर दुवालजी हामी सामु उभिनु भएको छ । यस विशेषले हामी नेपालका साहित्यकारहरूलाई केही सिक्किमका साहित्यकार र साहित्यिक गतिविधिको जानकारी पाउने सुवर्ण मौका मिलेको छ । प्रधान सम्पादक मोहन दुवालजीले यो विशेषलाई सिक्किमप्रतिको सद्भावको रूपमा लिनु भएको छ ।
लक्ष्मीदत्त ‘सत्यप्रेमी’को “बहर सागर” नियाल्दा
परिचय
लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा –५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी –५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ । उहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ खण्डकाव्य (२०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), आमाको स्मृतिमा (२०६९) र “बहर सागर” (२०६९), प्रकाशन भैसकेको छन् । यो “बहर सागर” उनको र्चौथो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ । हरेक विद्यामा उहाँको कलम चल्दछ । उहाँ थाइल्याण्ड र जापानको भ्रमण गरिसक्नु भएको छ भने उहाँमा निकै लामो प्रशिक्षण क्षेत्रको अनुभव पनि छ । नेपाली साहित्य जगतमा उहाँले आफूलाई छन्द र बहरमा कविता र गजल लेखकको रूपमा स्थापित गरी सक्नु भएको छ । गजलमा चलेको बहरयुक्त गजल र बहरमुक्त गजलको बहसमा बहरको पक्षमा उभ्याउन सफल हुनु भएको छ ।
नोबेल पुरस्कार कसले गरे अस्वीकार? किन गरे अस्वीकार??
नोवेल पुरस्कार विश्वकै सबभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो पुरस्कार पाउनु कुनै व्यक्तिको लागि ठूलो सम्मानको कुरा हुन्छ । तर्सथ नोबेल पुरस्कार भन्ने बित्तिकै सबैको ध्यान तानिन्छ । प्रत्येक वर्षो अक्टोबरमा घोषणा हुने गरेको नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेल वसियत अनुरुप गरिएको हो । नोबेल बारुद र अन्य शक्तिशाली विस्फोटनहरूका आविष्कारकका साथै ठूलो औद्योगिक साम्राज्यको स्वामी हुनुहुन्थ्यो । रसायनशास्त्रमा रुची राख्ने अल्फ्रेडले नाईट्रोग्लीसरिन नामको विस्फोटक पदार्थको उत्पादन गर्नुभयो । करिव २० राष्ट्रहरूमा एक सयको हाराहारीमा विस्फोटक पदार्थ बनाउने उद्योग खोलेर अपार सम्पत्ति कमाउनु भयो । उहाँका ती आविष्कारले मानवकहितभन्दा विनाश बढी गर्यो ।
साहित्य सर्जक–माला (एक जमर्कौ) नियालदा
परिचय
वीरबहादुर चन्द ‘विश्राम’जीको जन्म रोडीदेवल–६, तितावै(हिउन्या) बैतडीमा भएको र हाल उहाँ स्वर्ण(भीम टोल) भी.न.पा. ऐंठपुर, कञ्चनपुरमा स्थायीरूपमा बसोवास गर्नुहुन्छ । उहाँका माताको नाम स्व् डुनी(दुर्गा चन्द) र पिताको नाम स्व. लच्छु चन्द हो । शिक्षण सेवामा उहाँको लामो अनुभव(४४बर्ष ६महिना ४ दिन) छ र उहाँ महाकाली साहित्य सङ्गम केन्द्रीय समितिका अध्यक्ष, डोटेली भाषा, साहित्यका सर्जक एबं गुगुल्डी साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ । वीरवहादुरजीले नेपाली साहित्यलाई मात्र नभएर आफ्नो मातृभाषा (डोटेली भाषा), साहित्यमा समेत उहाँले ठूलो योगदान पुर्याउँदै आउनु भएको छ ।
नेपालको भौगोलिक वितरण, माटोको बनौट र खेती व्यवस्था सङ्क्षिप्त विवेचना
माटो केहो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।
बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ । यहाँ हामीले बिरुवा उमार्न सक्दछौं । माटोले बिरुवाको लागि उम्रन र बढ्न आधार दिन्छ ।
साहित्य र स्रष्टाको दायित्व
भनिन्छ, साहित्य समाजको दर्पण हो । यस कथनलाई मनन गर्ने हो भने हामी यतार्थ नजिक पुगेको अनुमान गर्न सक्छौ । किनभने समाजमा जति घट्नाहरू हुन्छन्- राम्रो, नराम्रो, सुख, दुख त्यसको सबै छाप साहित्यमा पाइन्छ । पहिले पहिलेको साहित्यमा मायाप्रीति प्रणयका स्वरहरूको बाहुल्यता रहने गर्थ्यो । तर अहिले साहित्य चलायमान छ, यो बोल्छ शांकतिक रूपमा, यो अमुर्त छ, मौनता साध्छ । यो आन्दोलित छ । गाउ शहरका फुटपाथ, गल्ली र बाटोहरूमा प्ले कार्ड बोकेर नेतृत्वबर्गलाई खबरदारी गर्छ ।
शान्ति अधिकारीको ‘शान्ति बाटिका’ नियाल्दा
परिचय
तार्कु खहरे, लमजुङमा पुर्खौली घर भै तनारागाउँ डोल्पामा आमा अम्बिका र बुबा पदमहरि अधिकारीकी पुत्रीरत्नको रूपमा जन्मेकी शान्ति अधिकारी (पोख्रेल)को वैवाहिक घर इनरुवा, सुनसरी भै हाल उहाँ स्थायी रूपमा कोहलपुर, बाँकेमा बसोबास गर्दै आउनु भएको छ । उहाँको शिक्षा प्रमाण–पत्र तहसम्म भएको र नेपालगञ्ज नर्सिङ्ग क्याम्पस कोहलपुरमा सम्प्रतिरहेको उहाँको व्याक्तिगत विवरणबाट पत्ता लाग्दछ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र पल्लव साहित्य प्रतिष्ठान चितवनमा उहाँ सम्लग्न रहनु भएको छ । शान्ति वाटिका शान्तिजीको पहिलो गजलसङ्ग्रह हो । यो गजलसङ्ग्रहको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले गरेको र यसको विमोचन पनि २०७०/५/१० गते पल्लव साहित्य प्रष्ठिानको बार्षिक साहित्यिक सम्मेलनमा भएको थियो । यो कृति मलाई उक्त भव्य साहित्यिक जमघटमा वितरणको रूपमा प्राप्त भएको थियो ।
सप्तरीको कलाकारिता : एक परिक्रमा
जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चाँैसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।
अग्निपथमा नागेन्द्र प्रसाद कानु
मध्यम वर्गीय किसान परिवारमा पिता धेनुक राम कानु, माता माहेश्वरी देवी कानुका ११ छोराछोरीमध्ये अष्ठम सुपुत्रका रूपमा वि.सं.२००३ साल दुर्गा कृष्ण पक्षको नवमी तिथिमा बिर्ता–४, पर्सा जिल्लामा जन्मनुभएका निडर, निर्भिक र साहसिक व्यक्ति नागेन्द्र प्रसाद कानु,भाषासेवी, समाजसेवीको रुपमा अपरिचित नाम होइन । आफ्नो ६ वर्षको उमेरदेखि चौतारी विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ भै त्रिजुद्ध हाईस्कुलवाट मैट्रिक परिक्षा पास गरी परिवारको दायित्व सम्हाल्नु भएको थियो । वि.सं.२०२२ सालमा नेपाल सरकारको वेतलबी सचिव पदको जागिर गाउँ पंचायतवाट वार्षिक १८ मन कच्ची लौरी धान र नगद महिनाको रु.३५ मात्र पाई गा.वि.स. इटिहाई, वारा जिल्लामा काम गर्दै वि.सं.२०२३ सालमा नेपाल मलेरीया इराडिकेशन/औलो उन्मूलन संघमा फोरमेन पदमा वहालि भई प्रतिमहिना रु.१२७ को मासिक तलबमा कामगरी बारा जिल्लाको सर्वे गर्नु भएको कानुले वि.सं.२०२४साल देखि कानून व्यवसायमा प्रवेश गर्दै वहाले वि.सं.२०३६ सालमा लेखनदासको परिक्षा पास गरी कानूनी लिखत लेखकको रुपमा कानून व्यवसाय शुरु गरेपनि पछि नोकरी पेशामा पनि लाग्नु भयो ।
‘एजुकेसन कि स्कूलिङ’ बहसमा सहभागी मत – मिश्रित प्रणालीको पक्षमा
(क) आरम्भ
मानवको अन्तर्हृदयमा ज्ञान छोपिएर रहेको हुन्छ । त्यसलाई बाहिरी दुनियाँको सूचनाले मात्र उघार्न सकिन्न । विनाचिन्तन(मनन शैक्षिक जगत्मा परिवर्तन सम्भव छैन । अँध्यारो ठाउँबाट उज्यालो ठाउँमा एक्कासी पुग्दा आँखा तिरमिराउँछन् । असमञ्जस्यताको अवस्था सिर्जना हुन्छ । एउटा कडा द्वन्द्वको अवस्था सिर्जना हुन्छ । त्यस उज्यालोलाई आफूभित्रको उज्यालोले हराउन सकियो भने मात्र आँखा खोल्न सकिन्छ । नत्र बन्दको बन्दै राख्नुको विकल्प हुन्न । सिकाइको संसार पनि त्यस्तै हुन्छ । अरूको उज्यालोले आफूभित्रको उज्यालोलाई पराजय गरिउन्जेल सिकाइ ठप्प हुन्छ । आफूभित्र ज्ञानको दीप बाल्न सकियो भने मात्र सिकाइ गन्तव्य उन्मुख हुन्छ । हालसम्म प्रचलित शैक्षिक मूल्य र मान्यता, नीति र नियम अनि शैक्षणिक परिपाटीले सिकारूभित्रको उज्यालोलाई चिनेको छैन, जानेको छैन ।
नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू
२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ ।
भन भन भाइ हो, देउसी रे
हाम्रो हिन्दु संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।
