विश्लेषण/समालोचना
नयाँ वर्षको आरम्भ, नयाँ वर्षः कहाँ कसरी
विश्वका प्रायशः सबै मुलुकहरूमा इस्वी सन्को आधारलाई मानेर जनवरी एक तारिखदेखि नयाँ वर्षशुरू भएको मानिन्छ । तर हाम्रो देशमा विक्रम सम्वत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै बैशाख १ गतेबाट नयाँ वर्ष शुरू भएको मानिन्छ । नेपाली समाजमा हरेक सालको सौरमानको हिसाबले यस दिनदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षे यात्रा पूरागरी मीन राशीबाट पुनः मेष राशीमा प्रवेश गर्दछन् । सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम सम्वत् अनुसार यस दिनदेखि नयाँ वर्ष शुरू भएको मानिन्छ । बैशाख १ गतेलाई मेष संक्रान्तिको नामले पनि चिनिन्छ ।
नव वर्षको शुभारम्भ –त्रिचन्द्र प्रतीक्षा
विश्वका प्रायशः सबै मुलुकहरूमा इस्वी सन्को आधारलाई मानेर जनवरी एक तारिखदेखि नयाँ बर्ष शुरू भएको मानिन्छ । तर हाम्रो देशमा विक्रम सम्वत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै बैशाख १ गतेबाट नयाँ बर्ष शुरू भएको मानिन्छ । राजा विक्रमादित्यले दिग्विजय गरेपछि आफ्नो नामबाट सम्वत्सर चलाएका थिए । त्यसैलाई विक्रम सम्वत् भन्ने गरेको हो भन्ने भनाई छ ।
इन्जिनियरिङ नेपाली
कृति:इन्जिनियरिङ नेपालि
लेखक:लालानाथ सुबेदि
बिषय:इन्जिनियरिङ क्षेत्र अध्यान गर्ने बिधार्थिलाई कार्यक्षेत्रमा सहयोग पुग्ने गरि बिभिन्न जानाकारी प्रस्तुत कूतिबाट प्राप्त गर्ने सकिन्छ।
महत्त्ब:इन्जिनियरिङ क्षेत्रलाई अझ ब्यापक र बृह्रत बनाऊन बिभिन्न ज्ञान बर्दक बिषय बस्तुको समाबेश गरिएको छ।बिधार्थिमा उपयोगी ज्ञान दिने उद्धेश्यले बिभिन्न बहुउपयोगी बिषयबस्तुको समाबेश गरिएको छ।आफ्नै देश भित्र दक्ष र उपयोगी इन्जिनियर उत्पादन गर्न यस कुति ज्यादै महत्वपुर्ण देखिन्छ।
प्रभाब:नेपालमा इन्जिनियरिङ क्षेत्रलाई बिकाश गर्ने यस पुस्तले केहि प्रेरण प्रदान गरेको छ।
व्यक्तित्वको पहिचान बुझेर सम्मान कहिले गर्ने
नेपालबाहिरको नेपाली साहित्यलाई सही पहिचान दिने बेला आइसकेको छ । आज बढी साहित्यको सिर्जना नेपालबाहिर अर्थात आप्रवासमा नै हुँने गर्दछभन्दा अतिशयोक्ती नहोला । त्यसैले यसको सही मूल्याङ्कन भएन भने भोलिका दिनमा नेपालबाहिरको नेपाली साहित्यमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । हिजोसम्म हामी संख्याका हिसाबले गद्य र पद्य संग्रह प्रकाशित गरेर साहित्यमा आफ्नो सहभागिता रहेको जनाउ गर्दै आएका थियौ भने अबका दिनमा उच्चस्तरीय मूल्याङ्कन समिति बनाएर भाव, वाद, विचार र साहित्यिक मान्यता भएका रचनाहरूको संग्रह प्रकाशित गरेर नेपाली साहित्यको अध्ययन सामग्रीका रुपमा प्रस्तुत गर्न सक्ने संग्रहहरू प्रकाशित गर्ने बेला आइसकेको छ ।
कथाकार डिल्लीराज नेपालको कथाकारिता
झापाको साहित्यिक समाजमा डिल्लीराज नेपाल (२०१५) को नाम सुपरिचित हो । यहाँको साहित्यिक समाजले डिल्लीराज नेपाललाई वर्णमात्रिक लयमा वा परम्परागत छन्दहरूमा कविता लेख्ने एक विशेष साधकका रूपमा निकै अघिदेखि चिन्दछन् । छन्दवादी कविका रूपमा यहाँ उनी मानसम्मान र पुरस्कारका हकदार समेत हुँदै सम्मानित तथा पुरस्कृत हुँदै आएका छन् । खास गरी उनको मूल सृजनक्षेत्र कविता विधा नै हो ।
खरेलको रे निबन्ध संग्रहभित्र के
निबन्ध लेख्नेहरू धेरै देख्छु तर निबन्धकार भने थोरै देख्छु । यो थोरैभित्रका एक हुन राम प्रसाद खरेल । उनी पेशाले त सचारकर्मी हुन । तसर्थ यनको जीवनयापन गर्ने स्रोत भनेकै बोल्ने र लेख्ने कला हो । यिनको अनुहार कोहीसँग मिल्दैन तर यिनको बिचार विश्वको महान बिद्दानहरूसँग मिल्छ । तर पनि यिनका लेखहरूमा मौलिकता पाइन्छ । यिनको पुस्तक रे केही समय अगाडि बिमोचन भयो । उक्त बिमोचन कार्यक्रममा मैले पनि सहभागि हुने मौका पाए । पृर्वाञ्चलको विशेश साहित्यिक ब्यत्तित्वहरूको बाक्लो उपस्थितिरहेको थियो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरूले रे एउटा यृवाहरूको सोच परिवर्तन गर्ने पुस्तक भएको भन्दै आफनो अभिव्यक्ति दिदै गर्दा मलाई पनि रे पुस्तक एक पल्ट पढ्न मन लाग्यो र एक प्रति पुस्तक किने । बेलुका घर आए अनि सर्वप्रथम त मैले रे को त्यो आर्कर्षक आवरणमा आँखा लगाए जुन आवरणमा मैले अ्न्य पुस्तकहरूभन्दा नयाँपन भएको अनुभव गरे ।
भानुभक्तीय रामायाण सरसर्ती पढ्दा
(आदिकवि भानुभक्तको द्विशतबार्षिकी अवसरमा, लेखिएको लेख)
आदि कवि भानुभक्त आचार्यको छोटो परिचय–
वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका पुत्र भएकाले उनको अध्ययनको थालनी आफ्नै घरमा आफ्नै बाजेबाट भएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५/६ वर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको परेको थियो ।
भानुभक्तका लघुरचनाहरू : १) सम्पादकीय
आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)द्वारा लिखित सातकाण्डी रामायण अन्तर्गतको पहिलो बालकाण्डको सर्वप्रथम प्रकाशन गर्ने काम मोतीराम भट्ट (१९४१)ले गरेका भए पनि सम्पूर्ण रामायणको सर्वप्रथम प्रकाशन भने डमरुवल्लभ पोखर्याल (१९४२)ले नै गरेका हुन् । इतिहासकै गर्भमा लुकिरहेका यी दुवै संस्करणहरूलाई नेपाली वाङ्मयका पाठकसामु सर्वप्रथम परिचित गराउने श्रेय चाहिं कमल दीक्षित (२०१४ र २०१७)लाई नै छ । सूर्यविक्रम ज्ञवालीले भानुभक्तीय रामायणका विभिन्न संस्करणहरूको तुलनात्मक अध्ययन गरी विविध पाठभेद र टिप्पणीसहित भानुभक्तको रामायण (१९८९ र २०११) को सम्पादन गर्दा यी दुवै संस्करणहरूको उपयोग गरेका थिएनन् भने भानुभक्तीय रामायणका हस्तलिखित कुनै पनि प्रतिहरूको उपयोगसमेत उनको अध्ययनमा हुन सकेको थिएन ।
पुरस्कार र सम्मान त्यस्तो व्यक्तिले पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस्
दण्ड र पुरस्कारका बारेमा सानैदेखि एउटा कुरा पढ्दै सुन्दै आएको थिए । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई डण्ड । पुरस्कारको थालनीको इतिहास खोज्दै गयौं भने हामी ग्रिसको एथेन्ससम्म आईपुग्छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेर हौंसला बढाउदै सम्मान गर्ने संस्कृति एथेन्सबाटै शुरु भएको थियो । यो परम्परालाई विश्वका सबै राष्ट्रले मान्दै आएको छ । त्यसपछि आउछ साहित्यको पुरस्कार । साहित्यमा नोबेल पुरस्कार १९०१ देखि शुरु भएको थियो भने अमेरिकन लिटरेरी एशोसिएसनले १९२२ देखि बाल साहित्यमा पुरस्कार दिने परम्परा बसाल्यो । मेन बुकर साहित्य पुरस्कार १९६९ देखि दिन थाल्यो नयाँ नयाँ पुरस्कारहरू अस्तित्वमा आउदै गयो ।
राजविराजमा मैथिली भाषासम्बन्धी कार्यक्रम
शिक्षाको माध्यम बन्न नसकेका कारण मैथिली भाषाको अपेक्षाकृत विकास हुन नसकेकोले यसतर्फ राज्यपक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।
मैथिली जागरण मञ्च राजविराजद्वारा शुक्रवार जिल्ला विकास समिति सप्तरीमा आयोजित कार्यक्रमका बक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम मैथिली अभियानी प्राध्यापक जनआनन्द मिश्रले मैथिली भाषाको विकासमा राज्यपक्ष उदासिन रहँदैआएको चर्चा गर्दै मैथिली भाषीहरूसमेत एकतावद्ध भएर भाषिक अधिकारका लागि जाग्नुपर्ने आवश्यकता औंल्याए ।
गजल दर्शन नियाल्दा
परिचय
नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग भन्ने गरेको छु । गजलको चरण विभाजनमा मैले यसरी प्रस्तुत गर्ने गरेको छु –पहिलो चरण प्रारम्भिक काल –वि.सं १९४० देखि २००२ सम्म, दोस्रो चरण विलुप्तकाल वि.सं २००२देखि २०३५ साल, तृतीय चरण, गजलको पुनर्जागरण काल वि.सं २०३६ देखि २०५०सम्म र चतुर्थ चरण गजलको उर्वरक काल २०५१ देखि २०५९सम्म र वि.सं २०६० यता पाँचौं चरण (गजल क्रान्तिको युग) जसमा गजल लेखनमा क्रान्तिनै आएको छ ।
