विश्लेषण/समालोचना
साङ्गीतिक क्षेत्रमा सप्तरी
मानवले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्धासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गर्नुपर्छ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटसम्म पुग्छ । मृत मानिसलाई ‘राम नाम सत्य’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो । प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो भने आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मा भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ ।
युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि
यो गजलसङ्ग्रहका गजलकर र प्रकाशक हुन् युद्धविक्रम शाही। यो गजलसङ्ग्रह भित्र ४२ वटा गजलहरू समावेश गरिएका छन्। गजलकार युद्धविक्रम शाहीको जन्म २०२७ साल फाल्गुण १२ गते भएको र उहाँको वास्तविक नाम गणेशवहादुर शाही हो। उहाँ बुबा स्व रत्नबहादुर शाही र आमा कुसुमकला शाहीका सुपुत्र हुनुहुन्छ। शिक्षाको हकमा उहाँले वि.ए.(अधुरो) र वि.एड.अध्ययनरत हुनुहन्छ भने हालको बसाइ वीरेन्द्र नगर नगरपालिका, वडा नं.५, चिसापानी, सुर्खेतमा हो। युद्धविक्रम शाही जी एक कवि, गजलकार, समाजसेवी र राजनीतिक कर्मी हुनुहुन्छ।
ढल्दैन स्वाभिमान कसै गरे पनि
बि. सं २०६४ साल कार्तिक २२ गते –’आदरणीय दाजु सदानन्द अभागीज्यूमा सादरोपहार’ को रूपमा प्राप्त भएको यो ‘ढल्दैन स्वाभिमान कसै गरे पनि’ गजलसङ्ग्रहको आज दुईचार शब्द लेख्ने प्रयास गर्दै छु। बरिष्ठ गजलकार धनराज गिरीका हरेक शब्दहरूले हामी सबैलाई आकर्षण गर्ने क्षमता छ। उनी जुन ठाउँमा आशनग्रहण गर्दछन्। त्यही ठाउँमा त्यही वातावरणमा गजल सृर्जना गर्दछन्। उनका हरेक गजलका शेरहरू तथा शब्दावलीले मानव मन जित्ने गर्दछन्। यस्ता गजहन गजलकारको गजलकारिताले हामी सबैको मन छुनु स्वभाविक हुन्छ।
‘विद्रोही काले’ महाकाव्यको एक झलक
पिता पं भीमप्रसाद शर्मा कट्टेल र माताा लीलादेवीका सुपुत्र सोमराज उपाध्याय कट्यालद्वारा रचित महाकाव्य को नाम हो “विद्रोही काले”। सोमराज उपाध्यय कट्याल को जनम १९९८ साल फाल्गुन महिना छ गते मंगलबार ढुङ्गेधारा गौरीगाउँ सङ्खुवासभा, कोशी अञ्चलमा भएको र आफ्नै जन्म जिल्लाको परिवेशमा उहाँले लेख्नु भएको छ यो महाकाव्य। यो महाकाव्य ४६४ पृष्ठको छ। यसको प्रकाशन जुही प्रकाशन, झर्रो नेपाली घर चन्द्रगढी झापाले गरेको छ र मूल्य रु १०५० मात्र छ। यो महाकाव्यको लेखन थालनी २०२३ सालमा गरिएको भए तापनि महाकाव्यको लेखन २०३६ साल बैशाखमा समाप्त भएको र प्रकाशन भने २०६५सालमा भएको छ।
