Skip to content

विश्लेषण/समालोचना

‘म गोपाल अर्थात गोपालहरू’भित्र पस्दा

  • by

परिचय

यो कवितासङ्ग्रका रचयिता हुन् वियोगी बुढाथोकी । यस कवितासङ्ग्रहमा एकसय आठवटा कविताहरू समावेश गरिएका छन् । हाम्रो धर्म संस्कृति आदिमा एकसय आठको व्यापक मान्यता दिएको पाइन्छ । स्वयं कृतिकारले पनि एकसय आठ अङ्कको विशेष र व्यापक महत्व हुने कुरा स्वीकारेका छन् । वियागी बुढाथोकी, पिता स्व कृष्णबहादुर बुढाथोकी र माता विष्णु बुढाथोकीको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०११ जेठ ६ गते खड्काभद्रकाली, गा.वि.स, हात्तीगौडा, काठमाण्डौमा भएको थियो ।

जनमत प्रकाशनको कवितासङ्ग्रह प्रथम खण्डको विवेचना

  • by

जनमत प्रकाशनको कविता प्रथम खण्ड र दुतीय खण्ड, जनमतका प्रधान सम्पादक श्री मोहन दुवालबाट सादररूपमा, प्राप्त गरें । जनमत प्रकाशनको कविता प्रथम खण्डका सम्पादक मण्डलहरूमा छविरमण सिलवाल, गीता त्रीपाठी, नीलम कार्की ‘निहारिका’ सिर्जना दुवाल हुनुहुन्छ । सम्पादक मण्डलको अथक प्रयासले देशभरका साहित्यकारहरूका दुई दुईवटा कविताहरू र जीवनी समेतको एकीकृत रूपले जनमत कविताको पहिलो खण्ड –१ र खण्ड–२को जन्म भयो । जनमत कविताको पहिलो खण्डमा बि.सं १९८३ देखि २०१५ सालसम्मका १०७ जना साहित्यकारका २१४वटा कविताहरू समावेश भएका छन् भने खण्ड –२मा १०३ जना साहित्यकारका २०५ वटा कविताहरू समावेश गरिएका छन् । यस विवेचनामा खण्ड –१लाई समावेश गरिएको छ ।

‘हिउँको तन्ना’मा बस्दा

  • by

हाइकु जापानबाट नेपाल र नेपाली डायास्पोरामा आयात भएको छ। साहित्य जहिले पनि नवीनतम वस्तु, विम्ब र शैलीको प्रयोगमा जिउँछ।

तर्साउने कृति : ‘तन्द्रामा अमेरिका’

  • by

धीकुश्रेज्यू, ‘तन्द्रामा अमेरिका’ बाट हँसाउन सक्नुभएन । थोरै हसाइँ पनि के हँसाइ ? हँसाउन खोज्दाखोज्दै कतैकतै रुवाउनुभयो । यसो भन्दाभन्दै एउटा कुरा भनिनँ भने अनर्थ होला । त्यो के भने— तपाईंले पाठकको मन जुरुक्कै उचाल्नुभयो । उदयपुरको माटोले जन्माएका स्रष्टा गम्भीरबहादुर थापाकै बाटोका अर्का अनुयायी कवि लेखबहादुर कार्की भन्थे–‘म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु ।

वास्तु शास्त्र:

वास्तु शास्त्र
के हो वास्तु ?
वास्तु शास्त्र त्यो विज्ञान हो जसका माध्यमले ब्रह्मांडका विभिन्न ऊर्जा- जस्तै घर्षण, विद्युत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दुका साथमा मनुष्य जुन वातावरणमा रहन्छ , त्यसको बनावट र निर्माणको अध्ययन गर्ने शास्त्र हो
वास्तुका श्रेणिहरु :-

ParasManiSam

कथाको कथा

परिचय

मानव सभ्यता सॅंगसॅंगै कथाको उदय भएको मान्नसकिन्छ। डा. घनश्याम नेपालले कथा बनाउने, भन्ने र सुन्ने परम्परा मानिसले आर्जन गरेको भाषाको परम्परा जत्तिकै पुरानो हो। जुन दिन सृष्टिको आदिम प्रहरमा पहिलोपल्ट मानिसले आफ्नो जङ्गली अवस्थाकै जीवनमा घटेको कुनै घटना आफ्नो गोष्ठीका अरू सदस्यलाई केही ध्वनिहरू, केही हावभाउहरूको माध्यमद्वारा सुनायो वा अवगत गरायो त्यसै दिनदेखि मानव समाजमा आख्यानको परम्पराको सूत्रपात भयो भन्ने कल्पना अचेल निकै प्रचलित हुँदै आएको छ, भनेका छन्‌ ।१ ।

ओजु र डाँफेबाल काव्यभित्र पस्दा

  • by

बि.सं. २०११ भदौ २० गते दाड्डसिङ, दहथुम गा. वि. स. स्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ओजु र डाँफे (बाल काव्य) लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरुप प्रदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छ ।

श्रीमती गंगा पौडेलको यो तेस्रो कृति र पहिलो काव्य हो । यो बालकाव्य (४० + १८)५८ पेजको छ नागार्जून साहित्य प्रतिष्ठान अनाम नगर काठमाण्डौले प्रकाशन गरेको यो दोस्रो संस्करण भएको पुष्टि प्रकाशकीयमा उल्लेख गरिएको छ ।

ठूलो विचारले सुख जताततै

मेरो दिमाखमा हर्दम एउटै कुरा नाचिरहेको हुन्छ, बन्दुकसँग बन्दुकले नै युद्ध गर्नुपर्छ, कलमसँग कलमले नै युद्ध गर्नुपर्छ । कलमसँग बन्दुक युद्ध गर्न आयो भने त्यो जस्तो घृर्णित अर्को काम युद्धको नियममा नहोला । आफ्नो विचार प्रकट गर्न पाउनु सबैको अधिकार हो तर विचार लाद्न खोज्नु कसैको अधिकार होइन । त्यतिञ्जेलसम्ममा झट्टै मेरो मन खाएका र मैले केही नजिकबाट जानेका पत्रकार एवं साहित्यकार कृष्ण सेन “इच्छुक” हुन् । उनको ओजस्वी कलमी पराक्रमसँग कलमले नै लड्न शक्ति हराएकाहरूले बन्दुकको वलले त्यस्ता अभूतपूर्व शक्ति भएका व्यक्तिको भौतिक लीला सदाको लागि यस धरतीबाट विलीन पारेको खबर पाएर आलोकाँचो मन औधी रोयो । युद्ध परिवर्तनका लागि हुन्छ ।

‘सहर’ कथाको वस्तुवादी विश्लेषण

  • by

१. कथाकार परिचय

नेपाली साहित्यमा कथा, निबन्ध र उपन्यास विधामा दर्विलो स्थान बनाइसकेका स्रष्टाको नाम नै धीरकुमार श्रेष्ठ हो । उनले घतलाग्दा कथा लेखेर बालसाहित्यमा योगदान पुर्याएका छन् । नेपाली व्याकरण र नेपाली पाठ्यपुस्तकको निर्माणमा समेत सक्रिय श्रेष्ठले शब्दाङ्कुर, दीपशिखा, ज्योतिपुञ्ज जस्ता साहित्यिक र वार्षिक पत्रिका निरन्तर सम्पादन गर्दै आएका छन् ।

फूल झरेपछिको शोकसागर

  • by

शोकलाई सिर्जनामा रूपान्तरण गरेर राहतको अनुभूति गरेका धेरै सर्जकहरूको लहरमा उभिन आइपुगेका छन्–खोटाङे कवि नरेन्द्र निर्विकार । कोखको घाउमा मलम लगाउनकै लागि गजलप्रधान स्मारिका “फूल झरेपछि” नामक शोक सँगालो सार्वजनिक भएको छ । धर्मपत्नीको मृत्युमा माधव घिमिरेले “गौरी” शोककाव्य लेखेजस्तै २२ वर्षीय छोरा गौरबविक्रम राईको असामयिक निधन (भीरबाट लडेर) मा पिता नरेन्द्र निर्विकारको सम्पादन तथा परिकल्पनामा सिर्जित समीक्ष्य शोक सँगालो “फूल झरेपछि” भित्र गजल, गीत, कविता, डायरी, लेख र तस्विरजस्ता खोलाहरू मिलेर मानवअश्रुको एउटा शोकसागर बनेको छ ।

रूपचन्द्रको महानताको नालीबेली

  • by

‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझासीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ ।

उदयपुरे कवि लेखबहादुर कार्कीको स्थान

  • by

म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ ।

लडाकुको देश नेपाल– विगत र अहिले

  • by

विश्वमान चित्रमा लाडाकुको देश नेपाल भनेर प्रख्यात हाम्रो मुलुक साँच्ची नै योद्धा र वीर वीराङ्गनाका शाहसीक कदम र आँट अनि बहादुरीको इतिहासले कुदेको हो । नालापानी किल्लामा नेपाली बहादुरहरूले देखाएको अदम्य साहासको बावजुद आज पनी अंग्रेजहरूले नेपालीलाई बहादुर भनी आदरका साथ नाम लिने गर्दछन् । भारतको के आँट थियो र नेपाली फौजको अगाडि ? नेपाली बहादुरहरूलाई साथ लिएर अंग्रेजलाई भारतबाट भगाउने भारतीयहरूले आजभोली नेपालीहरूलाई बहादुर भनेर बोलाएतापनि त्यो शब्दमा आदरताको भावना देखिंदैन । उनीहरू नेपालीलाई छुद्र बचनको प्रयोग मार्फत बहादुर भन्ने गर्दछन् ।

शिक्षा क्षेत्रमा मण्टेश्वरी शिक्षण पद्धति

  • by

माया न्यायमा बस्नेहरुले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । तर प्रशाासन नचले पनि शैक्षिक क्षेत्र भने मायाले नै चल्छ किनकि त्यहाँ संसार नै नदेखेका र नचिनेका सानासाना नानीहरु भेला हुन्छन् । शिक्षा दिनेलिने परिपाटीले नै हामी दरिद्र हुन पुगेका छौँ ।

वर्षात् दर्लामीको ‘नदीको छेउ’ गजलसङ्ग्रह एक झलक

  • by

सिद्धारा -८, अर्घाखाँचीमा २०३९ बैशाख-३मा जन्मेका वर्षात् दर्लामीको नदीको छेउ गजलसङ्ग्रह प्राप्त भयो र यसलाई सङ्क्षेपमा केही लेख्ने मन लाग्यो । दर्लामीले यो सङ्ग्रहभन्दा पहिला तिम्रै यादमा भन्ने गजलसङ्ग्रह २०६०मा प्रकाशन गरिसकेका छन् । गजल, मुक्तक, कथा, कविता, उपन्यास (एउटा मोड जिन्दगीको) प्रकाशन भैसकेको छ । सबै विधामा हात चलिसकेको छ र गजल भने उनले साह्रै प्यारो बस्तुका रूपमा ग्रहण गरेका छन् ।

यस विवेचनामा मैले गजलको संरचना, परिभाषा आदिमा जानुभन्दा सिधै गजलकारको धारणा र गजलकारले रचेका गजल सम्बन्धमा प्रकाश पार्ने अनुमति चाहन्छु ।

स्याङ्जाली गायक घनश्याम रिजाल

  • by

मार्मिक शब्दका भावनाहरू अनि सुरिलो स्वरको धनी, संवेदनाका गीत गायक घनश्याम रिजाल पहिचानसँगै आएको छ । धेरैले गीत गाउछन्, धेरैले लेख्छन् तर माटो र मन छुने गीत गाउन र संगीत सृजना गर्न भने धेरैलाई कठिन परेको हुन्छ । त्यसैले त स्याङ्जाली गायक घनश्याम रिजालको स्वरले धेरैको मन छोएको मात्रै छैन, हृदयसँग साटीने उनका गीत लेखाई धेरैले मन पराएका छन् ।

प्रशासनको आधारशिलाबारे

  • by

टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि २०१३ सालमा आफ्नै अध्यक्षतामा प्रशासकीय पुनःगठन योजना आयोग गठन गरे ।

ससाना रोचक निबन्धहरू

  • by

प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ ।

सीमाक्षेत्रको त्रासद गाथा

  • by

लू पश्चिम तराईको बाँके जिल्लाको सीमावर्ती क्षेत्र होलिया र जमुनाहाका सीमान्तीकृत नागरकिको बाँच्ने उपक्रममा गरिएका संघर्षको दुर्घटनाजन्य नियतिको जीवन्त औपन्यासिक आलेख हो ।

आमा जानुहोस् कथासङ्ग्रहको सङ्क्षिप्त विवेचना

  • by

परिचय

आमा जानुहोस् कथासङ्ग्रहकी कृतिकार हुन् माया ठकुरी । माया ठकुरीको जन्म सन् १९४६ जुलाई २मा भएको र उनका हालसम्म ६बटा कथाका कृतिहरू प्रकाशनमा आएका छन् । इन्द्रधनुष (२०६१) उनको गीतसङ्ग्रह हो । माया ठथकुरी एउटा कथाकारमात्र नभएर सङ्गीतकार पनि हो । उहाँको नाम मैले अल इन्डिया रेडियोबाट सुन्न पाएको थिएँ भने २०६१ सालमा एक पटक जाउलाखेलमा सात्क्षातकार भएको थियो । उहाँको जीवनीको अध्ययन गर्दा जीवन संघर्षमा वितेको देखिन्छ । त्यो संघर्षको उपलब्धी आज उनका कथाहरू त्रिभुवन विश्वविद्यालयदेखि भारतको नर्थ बंगाल युनिभर्रिटीसम्मको पाठ्यक्रममा समावेश भएको पाइन्छ भने उनका केही कथाहरू हिन्दी अंग्रेजी, तमिल र जापानी भाषामा समेत अनुदित भएका छन् ।