विश्लेषण/समालोचना
सन्त कवि ज्ञानदिल दास
नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।
किराँत राई र साकेवा पर्व
“किराँत राई जातिको यदाकदा पाइने इतिहासअनुसार किराँतीहरू 3000 वर्षभन्दा पुराना जाति हुन् । ‘ 21 जनवरी, 2005-को दिन सिक्किमको राजधानी गान्तोकस्थित होटल रेन्दबूमा आयोजित दुइ दिनव्यापी “अन्तरराष्ट्रिय किराँत सम्मेलन जातीय एकता र आपसी सम्पर्क’-लाई सम्बोधन गर्ने क्रममा “नेपाल किराँत केन्द्र समिति’-का महासचिव राजबहादुर राईले भनेका थिए । यद्यपि, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बुलु मुकारुङसितको साक्षात्कारमा उनले भनेका थिए- “थेलेदोङ’ (राईहरूको मितिथिति) को आधारमा किराँतीहरू 5000 वर्षअघिका जाति हुन् र यलम्बर राजाकै कुरा गर्दा पनि यो कुरा प्रष्ट हुनसक्छ ।
रुनेहरुको देश
यो देश रुनेहरुकै मात्र रहेछ किनकि यहाँ रुनेहरुको मात्र भाउ छ । जव देश राम्ररी हाँक्न असफल हुन्छन् अनि नेताहरु रुन्छन् । गोहीका आँसु झरेको देख्दा क्षमाशील नेपाली जनताले उनीहरुलाई क्षमा दिन्छन् । त्यहि नेता जब क्यामेराबाट ओझेलमा पर्छ , अट्टहास गर्दै हाँस्छ । ऊ दङ्ग पर्छ सोझा साझा नेपाली जनतालाई छक्याउन पाएकोमा । जनताहरु पनि यसरि रुने नेता पाएकोमा मक्ख पर्छन् , नेता रोएको समाचार बन्छ ऊ रातारात प्रख्यात हुन्छ । उसको रुवाइको भित्रि अर्थ केवल उसलाई मात्र थाहा हुन्छ । कमाइ खाने भाँडो प्वालपरेकोमा ऊ रोएको कसैलाई पत्तै हुन्न ।
संविधानबिनै चल्ने देश र चालकबिनै गुड्ने रेल !
भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेडईएन ५ -५३५) नम्बरको रेलको डिजेल इन्जिन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार जनकपुर आइपुग्यो । धेरै पत्रपत्रिकहरूले यसलाई मुख्य समाचार बनाए . श्रब्य र दृश्य संचार माध्यमहरु यो समाचारले भरिए । धन्न केही दुर्घटना भएन छ ! प्रमुख जिल्ला अधिकारी गौतमले आफूले चालक कवारीमाथि अविलम्ब कारबाही गर्न निमित्त महाप्रबन्धक रामेश्वर यादवलाई निर्देशन दिएको बताए छन् ।.
मैथिलीमा रुने स्रष्टा धीरेन्द्र प्रेमर्षि
मिथिलाञ्चल कला–संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । मधेशका रत्नपुत्रपुत्रीहरूले नेपालको मान र सान उच्च बनाएको जिउँदो इतिहास हाम्रा सामु छँदैछ ।
अभीष्टको खोजः एक अवलोकन
अभीष्टको खोजः एक अवलोकन
पारसमणि शम
‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र पूर्वानुमानको बञ्चरोले नढालिदिनू|’ उपन्यास यिनै वाक्यबाट शुरू भएको छ| यस लेखमा उपन्यासकार भीम दाहालको आग्रहलाई स्वीकार्दै कुनै पूर्वाग्रहबिना ‘अभीष्ठको खोज’-को अध्ययन गरी संक्षिप्त चर्चा गरिने कोशिश यस लेखकको रहनेछ| नितान्त नवीन परिपाटीमा यो लेखक उपन्यासको आलोचना गर्ने कोशिशमा छ|
पाठ्यक्रममा साहित्यिक कृति र नेपालबाहिरको नेपाली साहित्य
नेपालबाहिरको नेपाली साहित्यलाई सही ढंगबाट परिभाषित गर्नु पर्ने र यसको सही मूल्याङ्कन हुनु पर्ने विचारकासाथ दक्षिण एशियाली मुलुकबाहेकका साहित्यकारहरू गृहकार्य गरी रहेको अवस्थामा मधुपर्कले आफ्नो २०६९ जेठ अङ्कमा पाठ्यक्रममा साहित्यिक कृति शीर्षकको अनुसन्धानात्मक लेखप्रति अचानक ध्यान मोडियो । नेपालको प्राथमिक कक्षादेखि स्नातकोत्तर तहसम्म नेपाली विषय अन्तर्गत नेपाली साहित्यमा कलम चलाउने विभिन्न साहित्यकारहरूका रचना/कृतिहरूलाई पाठ्यक्रममा राखिएका छन् ।
