विश्लेषण/समालोचना
‘यात्रास्पर्श’ पाठकीय अनुभूति
परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर। उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो साहित्यफाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरूका भोगाइ अनि पाइलाहरूका डोब, “यात्रास्पर्श” नियात्रा सँगालो उनैद्वारा सम्पादित। उसो त सिरानीमा बन्दुक घुसारेरै, काँधमा राइफल भिरेरै पनि शाब्दिक बम्बारी गर्ने यी साधकका अन्य कृतिहरू बजारमा छाइसकेको छ।
‘भगजोगनी’ की कवयित्री करुणालाई पत्र
श्रद्धेय कवयित्रीज्यू,
आज बल्ल फुर्सद मिल्यो । साहित्यका कुरा गर्ने अवसर भेटियो । मैथिली भाषाको हिजो र आज केलाउन पाइने भयो । कामको कुरा छैन, सिर्जनाको कुरा मात्र गर्दै छु । साझा प्रकाशनले सप्तरीका साहित्यसाधक गुरुवर देवेन्द्र मिश्रको ‘बगिया क गाछ’ बालकथा सङ्ग्रह पछि तपाईंको ‘भगजोगनी’ कविता सङ्ग्रह हालै प्रकाशित गरेको पाउँदा खुशी लाग्यो । सम्झेर किताब पठाउनु भएछ । पढ्न पनि पाइयो ।
फ्रन्टपेजमा डुबुल्की मार्दा
नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रुपमा आख्यान त्यसमा पनि कथालाई लिइन्छ । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरूलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् ।
