Skip to content

मुटु चुडाई जाँदा रहेछन पिरतीमा हार्नेहरूले


मुटु चुडाई जाँदा रहेछन पिरतीमा हार्नेहरूले
बाचा कसम तोड्दा रहेछन झुटो माया गर्नेहरूले,

कति सारो सस्तो भयो पिरती यो बजारमा
अनमोल माया प्रित दुइ पैसामा झार्नेहरूले,

देखावटी माया लगाई मन मुटु हरेपछि
थाहै नपाइ अमर माया लिलाममा पर्नेहरूले,

छामी छामी मन मुटु भित्रै सम्म पसे पछी
घायल बनाइ ढाल्दा रहेछन कोमल मुटु कोपर्नेहरूले,

लखनपुर ३, झापा, नेपाल,
हाल; बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *