Skip to content

मुक्तक

यो पापि पेट सकिन भर्न भोक ले मर्दैछु

यो पापि पेट सकिन भर्न भोक ले मर्दैछु
दुखको खोला सकिन तर्न शोक ले मर्दैछु

गरिब हुनु के मेरो दोश हुदैन भरि पेट्
रोएर सारै बिलौना गर्दै रोग ले मर्दैछु

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

दुध पाउने पसलमा (दुई मुक्तक)

  • by

१)
दुध पाउने पसलमा, सराब छ यहाँ
बुद्धको देशमा सान्ति, धराप छ यहाँ
आफू अनुकुल हुदा,कानून सर्बप्रिय रे
नाता कृपाबादको, करकाप छ यहाँ

सपनीमा तिम्रै याद

सपनीमा तिम्रै याद आउन थाल्यो आजभोलि
ढुकढुकीले तिम्रै गीत गाउन थाल्यो आजभोलि
के भएको छ ? कुन्नि आज यो अनुरागीलाई
चन्चल मन तिमितिरै धाउन थाल्यो आजभोलि

पूर्णिमाको जून पनि

  • by

पूर्णिमाको जून पनि, हराँउदै छ अचेल
उसकै नाम लिई मुटु, कराँउदै छ अचेल
जसको लागि सबै त्यागे, उसैले नि घात गरी
दिलको डेरा अन्तै तिर, सराँउदै छ अचेल ।।

ध्रुब बिष्ट अतित
कार्यक्रम संचालक
रेडियो अमरगढी 97.4 मेगाहर्ज डडेल्धुरा

गाउँघरमा

बर्षाको झरी संगै रोप्दै होलान् गाउँघरमा
असारे भाकाहरु छोपदै होलान् गाउँघरमा
आफू भने परदेशमा गाउँकै याद आउँने
साथीभाई खेतबारी जोत्दै होलान् गाउँघरमा

मझेरीमा

तिम्रै मात्र याद आउछ किन ?अँधेरीमा
चुलो चौको गर्दैछौ कि गयौ पँधेरीमा
उथल पुथल मनका वह कति राख्नु साँची
मनका कुरा पोख्न मन लाग्यो मझेरीमा

बर्खे झरी जस्तै झरे

  • by

बर्खे झरी जस्तै झरे मेरा, आँसुहरू आँखाबाट
लडेर ढलेपछि म बाटोमा, तिमी हेर्नु टाढाबाट
बदलिएछ तिम्रो मन, बदलिएछौ तिमी पनि
फूल भए पो भन्ने थिए, के पाइन्थ्यो काँडाबाट ।

ध्रुब बिष्ट *अतित * कार्यक्रम संचालक
हाल-रेडियो अमरगढी 97.4 मेगाहर्ज डडेल्धुरा

मुक्तकहरू (अरु कोही हैनौ, तिम्रो दिलमा, कुत सम्झन्छौ)


अरु कोही हैनौ तिमी, बैरी मेरै भन्छन्
कालापानी सुस्ता लगे, ठोरी मेरै भन्छन्
साँझ विहान सीमा वारपार गर्ने गारो भो,
हाम्रा गाउँका दिदी बहिनी, छोरी मेरै भन्छन्

तीन मुक्तक (दुखः पर्दा कोही मेरा)

  • by

१)
दुखः पर्दा कोही मेरा आँशु पुछ्ने भेटिन,
बगेका यी मेरा अँश्रुधारा कोही रोक्ने भेटिन
चाहे म खुशी थिए या, दुखी नै किन नहुँ
तर मेरो दुखःमा कोही खुशी, थप्ने भेटिन

तिम्रै यादमा यो जिन्दगी

  • by

तिम्रै यादमा यो जिन्दगी, ढलाउदै छु प्रिया
बिनासिती यो मुटुलाई, जलाऊदै छु प्रिया
आफ्नो भन्नु तिमी थियौ, त्यो पनि त छैन अब
चिहान घाटमा देह-आत्मा, सेलाउदै छु प्रिया ।

ध्रुब बिस्ट (अतित)
पाटन ०२ बैतडी