मुक्तक
तीन मुक्तक (विर्सन्न कहिल्यै,आखाँ भरी,तिम्ले घात गर्दा हाँसे)
(१)
धर्म यो मेरो कर्म यो मेरो,विर्सन्न कहिल्यै ।
दूधको भारा कम्बर कसी,तिर्नेछु पहिल्यै ।
छातीमा राखी हुर्कायौ तिम्ले,दुर्बल मैं हुदाँ
रहुन्जेल स्वास गर्नेछु सेवा,भूमिको जहिल्यै ।।
(२)
बोकेको छु नमेटिने याद आखाँ भरी ।
टाढा भयौ मायाको भागवंण्डा गरी ।
बितेका ती तिता मिठा याद जलाएर
खुसी हौली पराई कै आँगनीमा सरी ।
(३)
तिम्ले घात गर्दा हाँसे ,रोइन कहिल्यै ।
तिम्ले झैं चरित्र आँसुले, धोइन कहिल्यै ।
सत्यबती भैं,बेरीयौ पराई अँगालोमा
अनि भन्यौं दुनियाँलाई, छोइन कहिल्यै । …….दर्पण
मुक्तक:
a]
अरु खोला बनि बगे हजुर, म चाहिं पानी बनें।
जिन्दगी बनेर कोई निक्लिए,म मुर्दा खानी बनें।
खुसामद मनाउनेहरु टेरेसमा चढेर सोमरस पिउँछन
म आफ्नै आँशुमा डुब्ने, ठुलो आत्म-ग्लानी बनें।
b]
कसम होला मेरो हजुर, मलाई तिम्रै माया लाग्छ।
तिम्रो झल्को सम्झिदामा पिर ब्यथानै टाढा भाग्छ।
यि त सब कलियुगका कालजयी मन्त्र पो रहेछन
बिगत मात्र सम्झ्यो भने, मृत्यु नजिक झैं लाग्छ।

जननी नारीलाई सम्झनछ जुत्ता
छिनोको चोट नखाई पत्थर मूर्ति बन्दैन
नसुनाऊ भो जिन्दगीका, दुखेका ती पलका कुरा
भुलेको ती रातहरू किन याद आउँछ,
१. मान्छे
१
यताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ
समस्याको थुप्रो माथि चुलिएको जीवन
(१)
अर्काको आँशुमा पौडने मित्रहरू