१)
दुध पाउने पसलमा, सराब छ यहाँ
बुद्धको देशमा सान्ति, धराप छ यहाँ
आफू अनुकुल हुदा,कानून सर्बप्रिय रे
नाता कृपाबादको, करकाप छ यहाँ
२)
युगौदेखि यादहरू, साचिराछु यत्ति भन्छु
टोलाउदै सिन्काहरू, भाचिराछु यत्ति भन्छु
कायर ठान्छन् कि समाजले, डर यसमै छ
तड्पाई गयौ अँझै, बाँचिराछु यत्ति भन्छु
दिवाकर भट्टराई
दमौली तनहुँ
