Skip to content

मुक्तक

अंगालोमा बाँधिएर

अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु सम्झिएर तिमीलाई ,
सधैँभरि तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।

ArunPoudel

बाटो हिड्दा फुर्छ मुक्तक

  • by

बाटो हिड्दा फुर्छ मुक्तक, लेख्दिन र गल्ती गर्छु
एउटै बाटो हिड्दा पनि, देख्दिन र गल्ती गर्छु
कमाउदै ओठहरू आउदा पनि मेरो छेउमा
यी ओठले ती ओठलाइ , सक्दिन र गल्ती गर्छु

Mohan bihani

दुई मुक्तक (कसैको दिलमा—-गरिबीका पुराना )

***** मुक्तक *****

कसैको दिलमा पस्तैछु म त ।
मुटुको कुनामा बस्तैछु म त ।।
जानेर हो कि अन्जानमा सायद,
मायाको दलदलमा फस्तैछु म त ।

———————————————–
***** मुक्तक *****

गरिबीका पुराना ति दिन सम्झदैछु,
अरब आउँदा ले को ऋण सम्झदैछु।

पत्याएनन् दुइ पैसा कसैले नि मलाई,
धितो राखेको घरबारी जमिन सम्झदैछु।

Copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही

तीन मुक्तक (कति कुरेँ, लाको माया, धोकेवाजलाई)

(१)
कति कुरेँ दोवाटोमा, फर्की आइन माया
तिम्रो साँचो चोखो साथ, मैले पाइन माया
घुर्की देखाई मेरो माया लत्याएर गयौ,
अब पुग्यो तिम्रो आँगन, मैले धाइन माया।

तीन मुक्तक (मुटु मेरो, बहन्छु म, हानी भयो आज)

(१)
थाहै नदिई मुटु मेरो, जलाएर गई ।
सधैँ खुसी हुने आत्मा, रुलाएर गई ।
वियोगमा तड्पिएर, पिरले सिठु हुदाँ
छ कि स्वास भनी शरीर, चलाएर गई ।

मेरो देश

खिया लागेका थोत्रा औजार बांकी छ मेरो देश मा
बिगार्न त सबै ले बिगारे सुधार बांकी छ मेरो देश मा

बाहुन ले देश सके भनेर उफृन्छन अबाहुन हरु
अब एक चोटी अबाहुन हरुको सर्कार बांकी छ मेरो देश मा

तोयनाथ पौडेल
शँखुवसभा ,तामाफोक -८
हाल – मरुभुमी को छाती साउदी अरब

BharatTimalsina-02

तीन मुक्तक (दुनियाँले कुरा काट्दा,अमृतमा विष राखी,मेरो एउटा)

(१)
दुनियाँले कुरा काट्दा, म नै सबको चासो बनेँ ।
बन्धकीमा राखिएको,उस्को म त नासो बनेँ ।
मुटु बिना तड्पिएर,पागल सरी जिऊँ भन्दा,
वैगुनीको लागि जोकर,अनि म त हाँसो बनेँ ।

(२)
अमृतमा विष राखी,घोल्यौ जब तिम्ले ।
तराजुमा माया हाम्रो,तोल्यौ जब तिम्ले ।
अनयासै आँखा बाट,तप्प र्झेयो आँसु
मायाको नै मूल्य तोकी,बोल्यौ जब तिम्ले ।

(३)
मेरो एउटा प्रेम कथा बताउँदै छु ।
बाटो हिड्ने सानीलाई सताउँदै छु ।
जिस्काउँदा जिस्काउँदै माया बसेछ,
उसै माथि अहिले हक जताउँदै छु ।….दर्पण

दुई [मुक्तक] (मायाजाल बुन्नु हुन्न, जिउन मैले जानिन)

(१)
भन्नेले त जे पनि भन्छन, सुन्नले सुन्नु हुन्न
एकबारको जुनि हाम्रो, जस्तो मान्छे नि चुन्नु हुन्न
जिन्दगी लामो छ हाँसी खेली बिताउनु पर्छ
स्वार्थको निम्ती फसाउन, मायाजाल बुन्नु हुन्न

तिम्रो दाउमा म सधै हार्न तयार छु,

तिम्रो दाउमा म सधै हार्न तयार छु,
खुशी तिम्रो पोल्टामा पार्न तयार छु।
तिम्रो खुशियालीमा रमाउने आदत भएसि,
आफ्ना ईच्छा चाहना मार्न तयार छु।

जीवनको अन्त सम्म विद्यार्थी हुन्छ मान्छे

कुनै न कुनै रुपमा स्वार्थी हुन्छ मान्छे
आफ्नै मुलुकमा नी शरणार्थी हुन्छ मान्छे
अथाह हुन्छ ज्ञानको सागर सिकेर सकिन्न
जीवनको अन्त सम्म विद्यार्थी हुन्छ मान्छे ।।१।।

असर हैन प्रभाव पार्न सके पो राम्रो
भतेरमा कवाव पार्न सके पो राम्रो
कुकुर बिरालो झै लडेर के हुन्छ र यहाँ
संविधान लेख्न दवाव पार्न सके पो राम्रो ।।२।

रङ्गिन होस रे जीवन

रङ्गिन होस रे जीवन सधैँ उनले भने कि
सधैँ चम्किरहनु रे जुनले भने कि,
दुई दिन को जिन्दगानी हाँस्दै बाच्नु पर्छ भनी
मधुर त्यो बाँसुरिको धुनले भने कि ।

धेरै खुशी लागेको छ साथी पाएको छु

सवालः लक्की तारा

धेरै खुशी लागेको छ साथी पाएको छु
जीवन जिउने बहानामा माया लाएको छु
बाधाहरू आइपर्दा दुवै मिली पार गर्दै
सुख दुःख साथ दिने कसम खाएको छु ।

तीन मुक्तक (धीर छैन, शुभकामना थियो, जीवन भो)

(१)
एकैछिन तिमी विना रहुँला ममा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केही पीर छैन
हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥

झेल

झेल
दैत्यसँग देवताको, मेल भएको देखेँ
भक्तलाई छक्याउने, खेल भएको देखेँ
पाप-पूण्य छुट्याउने, स्वर्गमा पनि
मैले त आँखै सामु, झेल भएको देखेँ !!

दीपेन्द्र भट्टराई
सिन्धुपाल्चोक,नेपाल
हाल-द. कोरिया

मैले सकिन ईश्वर……

जहिले पनि आएर हसुरेर पड्किन्छन्
चाहिने नचाहिने कुरा कथुरेर पड्किन्छन्

एसो नगर न भनेर सम्झाउनै नहुने
मलाईनै बेस्सरी भकुरेर पड्किन्छन

तोयनाथ पौडेल
शँखुवसभा ,तामाफोक -८
हाल – मरुभुमी को छाती साउदी अरब

जे जे र्हेछु सबैले नै तिम्लाई माग्न थाल्यो ।

सवालः लक्की तारा

आफ्नै गाउँ पनि आज नौलो लाग्न थाल्यो
शायद यो ठाउँमा तिम्रो अभाव जाग्न थाल्यो
खै कस्तो के-के हुन्छ मनै बुझ्दैन
जे जे र्हेछु सबैले नै तिम्लाई माग्न थाल्यो ।

हिमालबाट बग्ने त्यो खोली हेर्न आउछु आमा

हिमालबाट बग्ने त्यो खोली हेर्न आउछु आमा
धेरै भयो नखेलेको होली हेर्न आउछु आमा
फाट्यो होला चौबन्दी धेरै भयो नफेरेको
यो दशैंमा पुरानो चोली हेर्न आउछु आमा