१)
दुखः पर्दा कोही मेरा आँशु पुछ्ने भेटिन,
बगेका यी मेरा अँश्रुधारा कोही रोक्ने भेटिन
चाहे म खुशी थिए या, दुखी नै किन नहुँ
तर मेरो दुखःमा कोही खुशी, थप्ने भेटिन
२)
लुकी लुकी नसा लिने तिम्रो, बानी पनि गजबको
नसा लिँदा त्यो हातले दिएको, पानी पनि गजबको
हेर्दा खेरि सोझा–साझार्, लाग्ने गर्छ मलाई
नशा लिई मात्तिएपछिको जवानी पनि गजबको
३)
हिँड्दा-हिँड्दै लगाउने त्यो साइनमा होश गर,
मान्छे स्वार्थी हुन्छ प्रत्येक पाइलामा होश गर
कस्को कुरा पत्याउछौ तिमी हजारौँको भीडमा
यो दुनियानै स्वर्थी छ हेर, सुनाईमा होश गर
चन्द्रप्रसाद भट्ट
कोटेली-३, कोटेली, डँडेल्धुरा
हाल – डँडेल्धुराको रेडियो अमरगढीमा कार्यरत