(१)
कति कुरेँ दोवाटोमा, फर्की आइन माया
तिम्रो साँचो चोखो साथ, मैले पाइन माया
घुर्की देखाई मेरो माया लत्याएर गयौ,
अब पुग्यो तिम्रो आँगन, मैले धाइन माया।
(२)
लाको माया थाहै नपाई, आज फाटो भो ।
तिम्ले देको घाऊ सुक्यो, मनमा खाटो भो ।
हाँसी हाँसी तिमी बाँच्यौ, रोई म हिडेँ
मेरो पीडा बुझ्ने साथी, मात्र बाटो भो ।।
(३)
धोकेवाजलाई प्यारो, रात हुँदो रैछ ।
मुटु भित्र बसाउँदा नि, धात हुँदो रैछ ।
ठिक पारी हिड्छौ, यता उता जता नि
सबैसँग मिठा मिठा, बात हुँदो रैछ ।।……दर्पण
