तीन मुक्तक (मुटु मेरो, बहन्छु म, हानी भयो आज)


(१)
थाहै नदिई मुटु मेरो, जलाएर गई ।
सधैँ खुसी हुने आत्मा, रुलाएर गई ।
वियोगमा तड्पिएर, पिरले सिठु हुदाँ
छ कि स्वास भनी शरीर, चलाएर गई ।

(२)
खोला जसरी सलल, एकैनास बहन्छु म ।
हान छुरा मुटु भित्र, हाँसी हाँसी सहन्छु म ।
प्रेम पत्र सबै बाल्नु, च्याती तस्बिर फाल्नु
जति घृणा गर्छौ त्यति, त्यो मुटुमा रहन्छु म ।

(३)
मैले तिम्लाई माया गर्दा, हानी भयो आज ।
नचिनेको पराई चाँही, दानी भयो आज ।
दोबाटोमा कुरी कुरी, मनको बह पोख्दा
दुष्ट तिम्रो म, उ चाँही ज्ञानी भयो आज । … दर्पण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *