Skip to content

मुक्तक

कस्ले के के गर्छन यँहा

कस्ले के के गर्छन यँहा अब चाँहि सोच्नु पर्यो मलाई गरे जसरि तिनका मन घोच्नु पर्यो
कमजोर छुईन भन्ने सदबुद्दिका कुराहरु
त्यस्तै ब्यवहार गर्नेको दिमागमा कोच्नु पर्यो

जीजीविषा बोक्ने बाहना गर्दैछ

१)
तिम्रो मनलाई धर्मशाला बनाएछौ
साच्चै नै आफ्नो जात जनाएछौ
आफुमा निहित कमीकमजोरीहरू
र्निधक्क भइ अरुमाथि खनाएछौ ।

तीन मुक्तक (कालो बादलमा, संग्लो पानी, आफू रोएर)

(१)
कालो बादलमा चाँदीको घेरा हुन्छ रे
समयको सदुपयोग नगरे खेरा हुन्छ रे
असम्भवताको बिचमा पनि साँच्चै
सम्भवताको सुन्दर सुन्दर डेरा हुन्छ रे

हात खुट्टा सग्लो भए (केही मुक्तकहरू)

  • by

हात खुट्टा सग्लो भए गरिब हुन्न कोही
जस्तो ज्ञानी भए पनि सरिफ हुन्न कोही
आफ्नो भाग्य भोग्नै पर्छ दरिलो बन्नु सधै,
खुशी लिन्छ दू:ख बाड्न सरिक हुन्न कोही ।

तीन मुक्तक (सानो मेरो मन, मरेतुल्य सम्झी, तिम्ले भेट्न )

(१)
सानो मेरो मनबाट ठुलै आश गर्यौ
फूल बनी हुर्किएर दिलमा बास गर्यौ
पलाउँदै थियो बल्ल मायाको त्यो मुना
हतारैमा कुल्ची तिम्ले त्यसै नाश गर्यौ

GeetaThapaDoshi

कुखुरा बास्छन् कुकुर भुक्छन्न् बेला न कुबेला अचेल

(१)
कुखुरा बास्छन् कुकुर भुक्छन्न् बेला न कुबेला अचेल
मान्छे शैतान भए बाटो ढुक्छन् बेला न कुबेला अचेल
काँचो मासुको स्वादमा रमाउन पल्केका नर-पिचासहरू
फलामे दाम्लो चुँडालेर फुक्छन् बेला न कुबेला अचेल

रक्सीमाथि दुई टुक्रा

  • by

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।

तीन रमाइला मुक्तक

(१)
तिम्ले भेट्न चाह्यौ भने फेरि भेट होला
बोलाएमा आउँछु साँच्चै त्यही गेट होला
नकारेर मेरा माया पर सर्यौ भने तिम्ले
तिम्लाई सम्झी जिन्दगीको चङ्गा चेट होला ।

Mohan bihani

देशको लाचार हालमा खै के लेखु

मुक्तक

देशको लाचार हालमा खै के लेखु,
जनताको हर सवालमा खै के लेखु।
दण्डहीनताको पराकाष्ट छ सत्तामा,
महानायकको अनिकालमा खै के लेखु।

–मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-09-26
www.mohanbihani.blogspot.com

तिम्रो यौवनको फूल

तिम्रो यौवनको फूल फुले जस्तो देख्छु
हिजोभन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मनभित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।

Copyright@–मोहन बिहानी

मुक्तक-बेकार धेरै नसोच्नु

बेकार धेरै नसोच्नु बुढापाकाहरु भन्थे ।।
त्यसै जोरी नखोज्नु बुढापाकाहरु भन्थे ।।

जिन्दगी गए जाओस, दिएको कसम
कहिल्यौ नतोड्नु बुढापाकाहरु भन्थे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
www.chisapaninepal.blogspot.com/

मायाँको उस्ले

मायाँको उस्ले हिसाब राखेको रहेछ ।।
अनुहार माथि नकाब राखेको रहेछ ।।

के था पापि मन होला भनेर मलाई
सुरुदेखिनै मन खराव राखेको रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.chisapaninepal.blogspot.com/

मस्त लाग्ने नसा नभए

मस्त लाग्ने नसा नभए प्यूनुको के मज्जा ।।
चुर्लुम्म भै नडुबे प्रेममा ज्यूनुको के मज्जा ।।

कस्को हुन्न पिर ब्यथा कथा आफ्नो आफ्नै
लथालिङ्गभै नउद्रे जिन्दगी स्यूनको के मज्जा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/

उज्यालो छाउन घाम जुन साचेको छु

सवाल – भावना सुब्बा

सुल्ला आकाशको खोजीमा छु
शीतल बतासको खोजीमा छु
अध्यारोमा कति बसौ म
त्यसैले प्रकाशको खोजीमा छु

दुई मुक्तक (अरु केही छैन, उद्दिग्न यी आँखाहरू)

१)
अरु केही छैन तर मसँग एउटा मन छ
परिआउँदा बैरीसँग लड्ने एउटा तन छ
मारकाट गर जे जे गर्न सक्छौ गर तिमी
झुक्नै नसक्ने मसँग नेपाली एउटा पन छ