मुक्तक
तीन मुक्तक
१.
आफैले माया मारे झैँ भयो
अर्कैमा माया सारे झैँ भयो
जित्न त जितेथेँ सबको नजरमा
तिम्रो नजरमा हारे झैँ भयो ।।
२.
आफैले जालमा पारे झैँ भयो
पछि फेरी त्यसै टारे झैँ भयो
बित्थामा सबले शंका मात्र गरे
बेकारमा दश तीर चारे झैँ भयो ।।
३.
आफैंलाई भ्रममा पारे झैँ भयो
रीत्त्याई सबै निखारे झैँ भयो
मैले त मनको सीमाना कोरेथेँ
आउने जाने लाई बारे झैँ भयो ।
पुस्कल पौडेल (–––प्रतिक)
दुई मुक्तक (देश हाम्रो भयो खोक्रो,यो कहर कस्तो )
देश हाम्रो भयो खोक्रो जनताले बुझेनन् ।
गुद्धी बिनाको मात्र बोक्रो जनताले बुझेनन् ।
छैन सु–सासन नियम कानुन मिच्चे सबैले,
भष्ट्रचारीले भरे धोक्रो जनताले बुझेनन् ।
बिवस्थामा बाँच्दैछ मान्छे यो कहर कस्तो ।
दाजुले नै भाई मार्दैछ त्यो जहर कस्तो ।
कालो बजारी र मुल्यवृद्धि मात्रै देख्छु जहिँतहिँ,
झनझन गरिबी बढ्दैछ यहाँ यो सहर कस्तो ।…… दर्पण

१)
१)
एउटा असल मान्छे थियो
नलाग्ला पत्यार आगो पोल्दैन त्यति
१)