Skip to content

तीन रमाइला मुक्तक


(१)
तिम्ले भेट्न चाह्यौ भने फेरि भेट होला
बोलाएमा आउँछु साँच्चै त्यही गेट होला
नकारेर मेरा माया पर सर्यौ भने तिम्ले
तिम्लाई सम्झी जिन्दगीको चङ्गा चेट होला ।

(२)
रोज्ल्यौ कतै केटा तिम्ले बिग्रिएको मति
दुःख पाई घर न घाटको होला तिम्रो गति
तन धन मन भा’को लक्का जवान मैं छु
रोज्यौं भने बनुला है त्यही ज्यानको पति ।

(३)
मसँग आऊ असल केटा पाउली
उपहारमा मैले लाको फेटा पाउली
चायौं भने नौ महिनामा नत्र बर्षौंपछि
तिम्ले रोजे जस्तो र्घोले बेटा पाउली । ………….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *