Skip to content

मेरा २० छेस्काहरू – राम शरण श्रेष्ठ


आज तपाईहरूलाई आफ्नै केही छेस्काहरू लिएर आएको छु । भन्न त यसलाई रुबाई, मुक्तक पनि भन्छन् कतिले तर मलाई छेस्का शब्दनै मन पर्छ ।

# छेस्का एक – १
अलिकति हलचल हुन्छ
अलिकति छलफल हुन्छ

फसी हेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ

# छेस्का दुई – २
अस्त ब्यस्त छु सम्हाल
प्रेमले ग्रस्त छु सम्हाल

डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाल

# छेस्का तीन- ३
ढुङ्गा र भगवानमा फरक देख्दिँन
थुंङ्गा र जवानमा फरक देख्दिँन

मानवतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन

# छेस्का चार –४
नपिए त ज्यूनु कसरी
घाउहरूलाई स्यूनु कसरी

मैनहरू पत्थर भएपछि
आगोले अब छुनु कसरी

# छेस्का पाँच–५
हल्का हल्का पहल चल्छ
हल्का हल्का गजल चल्छ

नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ

# छेस्का छ–६
बित्यो बित्यो जस्तो लाग्छ
रित्यो रित्यो जस्तो लाग्छ

आधा उमेर बित्दानबित्दै
सिध्यो सिध्यो जस्तो लाग्छ

# छेस्का सात –७
तिमी सँग जून दाँज्न मिल्दै मिल्दैन
पनि सँग खुन दाँज्न मिल्दै मिल्दैन

मृत्युबाट बचाएर……….., प्रेम पढायौ
अमृतसँग यो गुन दाँज्न मिल्दै मिल्दैन

# छेस्का आठ–८
मजा बेग्लै प्यूनमा
पागल भै ज्यूनमा

कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा

# छेस्का नौं–९
म त एक्लो पर्छु होला
तिमी बिना मर्छु होला

नगर बन्द…. प्रेम बर्षा
नत्र नफुल्दै झर्छु होला

# छेस्का दश–१०
च्वास्स विझ्छ काँडाले
मन….. दुख्छ टाढाले

मजा बेग्लै डुब्नुमा
जीवन्त प्रेम गाढाले

# छेस्का एघार– ११
संघीयता संघीयता भन्दा भन्दै टुक्रिने भो
यो देशको संबिधान बन्दा बन्दै टुक्रिने भो

भागबन्डामै तल्लिनहरू, कुर्सीको नै वरि पनि
भागबन्डामा मंत्रालय गन्दा गन्दै टुक्रिने भो

# छेस्का बाह्र–१२
कालको घाँटी समाउन सके पो मान्छु म
मृत्युको मिति थमाउन सके पो मान्छु म

रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसी भै रमाउन सके पो मान्छु म

# छेस्का तेह्र–१३
ज्यान लग्यौ, बाँकी सरिर छ
तिमी गैहाल्यौ, अब पिर छ

दैबले लात हानेर भन्यो
यस्तै तेरो तकदिर छ

# छेस्का चौध–१४
तिमी हुँदैमा अप्सरा के नै फरक पर्छ र
छोडिदिएँ परम्परा के नै फरक पर्छ र

हिरा आफैमा हिरा हो कसी चाँहिँदैन
नडुल्दैमा भमरा, के नै फरक पर्छर

# छेस्का पन्ध्र–१५
मन पर्छ त ठिकैछ, पर्दैन त भनिहाल
मायाँ छ त ठिकैछ, छैन त भनिहाल

यसरी दोधारमा बस्दा बस्दै ढिला होला
हुन्छ त ठिकैछ, हुँदैन त भनिहाल

# छेस्का सोह्र–१६
अरुलेझै तिमी पनि दाउ खोज्छौ आज भोलि
छर्किदिन नुनचुक घाउ खोज्छौ आजभोलि

राजीनामा सारा जीवन, लेखेर दिएकै थेँ
के पुगेन अझैंपनि भाउ खोज्छौ आजभोलि

# छेस्का सत्र–१७
निस्फिक्री गारौ प्याथ छेक्छ कस्ले
आफ्नै धुनमा छ संसार देख्छ कस्ले

चुलुम्म प्रेममा डुब्नुमै छ अति मज्जा
बारम्बार यस्तो मौका भेट्छ कस्ले

# छेस्का अठार–१८
पग्लिँदैन त पत्थरलाई के दोष
मैन हैन त पत्थरदाई के दोष

मुटु खोज्दा ढुङ्गामा, कहाँ भेटिन्छर
मुटु छैन त पत्थरलाई के दोष

# छेस्का उन्नाइस– १९
तिम्लाई तुन्छु गजलका शेरहरूमा
पागल हुन्छु गजलका शेरहरूमा

आएन सुन्दर प्रेमपत्रहरू लेख्नलाई
भावना बुन्छु गजलका शेरहरूमा

# छेस्का बीस– २०
भगवान पनि भागि गयो
पैसाकै पछि लागि गयो

गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो

धन्यवाद
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप ।
Previous Posted : http://chisapaninepal.blogspot.com/2012/05/blog-post_17.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *