(१)

दीर्घायू होस् उमंग छाओस् ।
भगवान सदा दाहिने रहोस् ।
रोजेको बाटो देखेको सपना,
पुरा-पुरा होस् अधुरा नहोस् ॥

(२)

एक्कासि मनमा हलचल गरायौ ।
कौतुहलताको तरंग भरायौ ।
न कल गर्यौ न पूर्ण परिचय,
फुत्त आयौ अनि फुत्तै हरायौ ॥

(३)

मसँग तिम्रो माया नछुटिएको भए ।
खुशीका सारा पलहरू नलुटिएको भए ।
रंगीनमय हुन्थ्यो होला शायद यो जीवन,
सँगै जीउने-मर्ने वाचा नटुटिएको भए ॥

पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्ज्याङ, सिन्धुली ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *