Skip to content

शिवबारे तिन मुक्तक

मुक्तकः

एकः
दुई नेत्र मात्र नभई तेस्रो नेत्र छ
भन्छन् दिव्य दृष्टि तिमीभित्र छ
तिम्रो आँखाअघि हत्या अपराध र बलात्कार छ
देखेर पनि नदेखेझै गर्ने हे शिव तिम्रो चाल विचित्र छ ।

दुईः
तिमीले नै हैन भस्मासुरलाई वरदान दिएको
तिमीले नै हैन समुद्र मन्थनपछि हलाहल पिएको
हाम्रो पीडाविष पिउनु पर्ने हैन र यति आराधना गरेपछि
खै त हाम्रो बारबार गरिएको पुकारालाई सम्झिएको ।

तिनः
ए भाइ तिम्रो शिव बाँचेको छ कि मरेको छ
यसरी तिम्रो हाल जान्न खोज्नेलाई मैले भन्नु परेको छ
हेर भाइ सबै जना एकै ठाउँ कहाँ बसिरहुन्छन् र
कैलाशबाट केही दिन अघिदेखि उनको डेरा सरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *