भाषा–साहित्यमा उदयपुरको चर्चा
(१) परिचय
यो जगत् सुन्दर हुनु र देखिनुमा भाषा–साहित्यले आधारभूत भूमिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रुपमा भाषा–साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यहाँको भाषा, कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देशको समुन्नतिमा ठोस टेवा पुग्छ । नेपाली साहित्यको विकासमा राज्यको देन न्यून छ तापनि केही कृतिले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् ।

२१ मर्चलाई विश्वभरी नै अन्तर्राष्ट्रिय कविता दिवस्का रुपमा मनाउने पराम्पराको थालनी भएको छ । साहित्यको सबैभन्दा जेठो विधा हो कविता ।
“सास फेर्नजस्तो सजिलो अरु केही हुँदैन क्यारे !”
परिचय