भाषा/साहित्य समीक्षा
मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर
सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य ब्रह्माण्डमा लागि उज्यालो अदृश्य-दृश्य प्रकाशको ‘ब्ल्याक होल’को विचरण गराउँछ । सूक्ष्म भित्रको विश्वरूप दर्शनमा ज्ञान र ध्यानको टेलिस्कोपबाट मात्र ब्रह्माण्डको झलझलाकारका अनेक आकार सगबगाउँछन् र दृश्य रूपमा प्रस्फुटित हुन्छन् ।
व्यक्तित्वको पहिचान बुझेर सम्मान कहिले गर्ने
नेपालबाहिरको नेपाली साहित्यलाई सही पहिचान दिने बेला आइसकेको छ । आज बढी साहित्यको सिर्जना नेपालबाहिर अर्थात आप्रवासमा नै हुँने गर्दछभन्दा अतिशयोक्ती नहोला । त्यसैले यसको सही मूल्याङ्कन भएन भने भोलिका दिनमा नेपालबाहिरको नेपाली साहित्यमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । हिजोसम्म हामी संख्याका हिसाबले गद्य र पद्य संग्रह प्रकाशित गरेर साहित्यमा आफ्नो सहभागिता रहेको जनाउ गर्दै आएका थियौ भने अबका दिनमा उच्चस्तरीय मूल्याङ्कन समिति बनाएर भाव, वाद, विचार र साहित्यिक मान्यता भएका रचनाहरूको संग्रह प्रकाशित गरेर नेपाली साहित्यको अध्ययन सामग्रीका रुपमा प्रस्तुत गर्न सक्ने संग्रहहरू प्रकाशित गर्ने बेला आइसकेको छ ।
भानुभक्तका लघुरचनाहरू : १) सम्पादकीय
आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)द्वारा लिखित सातकाण्डी रामायण अन्तर्गतको पहिलो बालकाण्डको सर्वप्रथम प्रकाशन गर्ने काम मोतीराम भट्ट (१९४१)ले गरेका भए पनि सम्पूर्ण रामायणको सर्वप्रथम प्रकाशन भने डमरुवल्लभ पोखर्याल (१९४२)ले नै गरेका हुन् । इतिहासकै गर्भमा लुकिरहेका यी दुवै संस्करणहरूलाई नेपाली वाङ्मयका पाठकसामु सर्वप्रथम परिचित गराउने श्रेय चाहिं कमल दीक्षित (२०१४ र २०१७)लाई नै छ । सूर्यविक्रम ज्ञवालीले भानुभक्तीय रामायणका विभिन्न संस्करणहरूको तुलनात्मक अध्ययन गरी विविध पाठभेद र टिप्पणीसहित भानुभक्तको रामायण (१९८९ र २०११) को सम्पादन गर्दा यी दुवै संस्करणहरूको उपयोग गरेका थिएनन् भने भानुभक्तीय रामायणका हस्तलिखित कुनै पनि प्रतिहरूको उपयोगसमेत उनको अध्ययनमा हुन सकेको थिएन ।
पुरस्कार र सम्मान त्यस्तो व्यक्तिले पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस्
दण्ड र पुरस्कारका बारेमा सानैदेखि एउटा कुरा पढ्दै सुन्दै आएको थिए । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई डण्ड । पुरस्कारको थालनीको इतिहास खोज्दै गयौं भने हामी ग्रिसको एथेन्ससम्म आईपुग्छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेर हौंसला बढाउदै सम्मान गर्ने संस्कृति एथेन्सबाटै शुरु भएको थियो । यो परम्परालाई विश्वका सबै राष्ट्रले मान्दै आएको छ । त्यसपछि आउछ साहित्यको पुरस्कार । साहित्यमा नोबेल पुरस्कार १९०१ देखि शुरु भएको थियो भने अमेरिकन लिटरेरी एशोसिएसनले १९२२ देखि बाल साहित्यमा पुरस्कार दिने परम्परा बसाल्यो । मेन बुकर साहित्य पुरस्कार १९६९ देखि दिन थाल्यो नयाँ नयाँ पुरस्कारहरू अस्तित्वमा आउदै गयो ।
राजविराजमा मैथिली भाषासम्बन्धी कार्यक्रम
शिक्षाको माध्यम बन्न नसकेका कारण मैथिली भाषाको अपेक्षाकृत विकास हुन नसकेकोले यसतर्फ राज्यपक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।
मैथिली जागरण मञ्च राजविराजद्वारा शुक्रवार जिल्ला विकास समिति सप्तरीमा आयोजित कार्यक्रमका बक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम मैथिली अभियानी प्राध्यापक जनआनन्द मिश्रले मैथिली भाषाको विकासमा राज्यपक्ष उदासिन रहँदैआएको चर्चा गर्दै मैथिली भाषीहरूसमेत एकतावद्ध भएर भाषिक अधिकारका लागि जाग्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसैलाई बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् ।
साहित्य र स्रष्टाको दायित्व
भनिन्छ, साहित्य समाजको दर्पण हो । यस कथनलाई मनन गर्ने हो भने हामी यतार्थ नजिक पुगेको अनुमान गर्न सक्छौ । किनभने समाजमा जति घट्नाहरू हुन्छन्- राम्रो, नराम्रो, सुख, दुख त्यसको सबै छाप साहित्यमा पाइन्छ । पहिले पहिलेको साहित्यमा मायाप्रीति प्रणयका स्वरहरूको बाहुल्यता रहने गर्थ्यो । तर अहिले साहित्य चलायमान छ, यो बोल्छ शांकतिक रूपमा, यो अमुर्त छ, मौनता साध्छ । यो आन्दोलित छ । गाउ शहरका फुटपाथ, गल्ली र बाटोहरूमा प्ले कार्ड बोकेर नेतृत्वबर्गलाई खबरदारी गर्छ ।
सप्तरीको कलाकारिता : एक परिक्रमा
जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चाँैसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।
यता पनि एक दृष्टि दिने कि ? (साहित्यिक पत्रिका)
म जे कुरामाथि कलम उठाइरहेको छु, वास्तवमा यस विषयको म जिज्ञासु विद्यार्थी मात्र हुँ । मैले यसकारण यो विषयमा कलम चलाएको हुँ कि, कोही यस विषयको ज्ञाताको पनि यतातिर ध्यानाकर्षणहोस । कुरा साहित्यिक पत्रिकाहरूको वारेमा हो । अहिले सरकारी साहित्यिक पत्रिकाहरूमा मधुपर्क (२०२५) गरिमा, समष्टि आदि छन् । यी पत्रिकाहरूमा विशिष्ट विद्धानहरूको लेख रचनालाई प्राथामिकता दिई छापिन्छ । र उचित पारिश्रमिक पनि लेखकलाई दिइन्छ । अन्य गैर सरकारी साहित्यिक पत्रिकाहरूमा रचना (२०१८) अभिव्यक्ति (२०२७) नेपाली, भानु, शब्द संयोजन, वेदना, शारदा, रश्मी, जुहि, जनमत, मिरमिरे, फित्कौली, वनिता, कल्पतरु, शिवपुरी सन्देश, कौशिकि, पल्लव आदि छन् । यी सबैको वारेमा व्याख्या गर्दा ठुलै ठेली तयार हुन जाने भएकोले अहिले उत्कृष्ट मध्येको एक द्वैमासिक पत्रिका अभिव्यक्ति को वारेमा मात्र छोटो चिनारी गराउनु यो लेख को मुख्य आशय रहेको छ । उल्लेखित साहित्यिक पत्रिकाहरूले आज संम जसोतसो आफ्नो अस्तीत्व वचाउन सकेका छन् ।
नेपाली साहित्यिक गतिविधिको सङ्क्षिप्त विवेचना
साहित्य समाजको दपर्ण हो । जुन देशको साहित्यले अग्रस्थान लिन्छ त्यस देशको विकासको गति पनि तीव्र हुन्छ तर नेपालको परिस्थितिमा साहित्यलाई एउटा अनुत्पादक क्षेत्रको रूपमा हेरिन्छ र साहित्यकारलाई उत्पादन योग्य काम नपाए र साहित्यमा लागेको ठानिन्छ । सरकारको नजरमा पनि साहित्य र साहित्यकारहरू पर्न सकेका छैनन् ।
जति उपेक्षितरूपमा हेरिए पनि साहित्यकारहरूले साहित्य सिर्जना गर्न भने छाडेका छैनन् । साहित्यकारहरूको लेखनकार्य तीव्रगतिमा अघि बढेको पाइन्छ । आज पुस्तकहरूको प्रकाशन पनि बढिरहेको देखिन्छ ।
