छन्दशास्त्रः केही जानकारी
१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

कुनै पनि साहित्य आनन्दानुभूतिको साधन हो । साहित्यमा रसको आस्वादनको कारणले साहित्यानन्दको प्राप्ति हुन्छ । त्यसैले साहित्यमा रस आस्वादनको मुख्य उद्देश्य आनन्दानुभूति प्राप्त गर्नु हो । आचार्य मम्मटले सम्पूर्ण लौकिक प्रयोजनलाई त्यागेर तत्कालै साहित्य रसास्वादनको अनुभूति प्राप्त भई बाह्य विषयमा छरिएको चित्तलाई बिस्तारै अन्तर्निहित गर्नुलाई आनन्द भनिन्छ भनेर साहित्यानन्दको परिभाषा दिएका छन् ।
कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो । कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ । सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो । सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा उत्कर्षोन्मुख अवस्थामा समाहित भएर रहेका हुन्छन् ।
पन्ध्रौँ–सोह्रौँ शताव्दीतिर काश्मिरदेखि ल्हासासम्मको व्यापारको क्रममा काठमाडौँमा केही मुसलमानहरू बस्न थालेका हुन् । त्यसको केही वर्षपछि भारतमा भएका विद्रोहबाट बच्न सुरक्षित स्थान खोज्दै मुसलमानहरू नेपाल छिरेका हुन् । केही मुसलमानहरू राज्यकै आग्रहमा नेपाल भित्र्याइएका हुन् । तिनीहरू मध्ये केही सरकारी संरक्षणमै राजधानीमा रहे भने धेरैजसो पश्चिमी नेपालको पडाडमा व्यापार–व्यवसाय गरेर बसेको देखिन्छ । सन् १८५७ को भारतको गदर बिद्रोहपश्चात् बेगम हजरत महल तथा उत्तर भारतका नवाफ बिर्जित कदरका साथ शरणार्थीका रूपमा ठूलो सङ्ख्यामा मुसलमानहरू नेपाल भित्रिएका हुन् । यस हिसावले हेर्दा पाँच भिन्न–भिन्न समूहका रूपमा मुसलमानहरू नेपाल पसेको देखिन्छ ।
भाषा विचार विनिमयको सशक्त माध्यम नै हो । निश्चित व्यवस्था र नियमको सीमामा आवद्ध हुनु भाषाको विशिष्ट विशेषता हो । विभिन्न विद्वान्हरूले बेलाबखतमा आ–आफ्नै तरिकाले भाषाका वारेमा आ–आफ्ना मतहरू सार्वजनिक गरे पनि मानव समुदायमा सरल, ठोस एवं सार्थकतवरले विचार प्रेषणको काम गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था नै भाषा हो भन्न सकिन्छ । उत्तेजनाको प्रतिक्रियास्वरूप निश्चित ढाँचाका सीमित–असीमित वाक्यहरूको समुच्चय भाषामा हुन्छ । विश्व मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नेपाल भौगोलिकरूपमा सानो भए पनि भाषिकरूपमा ठूलो छ ।
नेपालको साहित्यिक परिप्रेक्ष्यमा चितवन आज अग्रस्थान ओगट्न सफल छ । त्यसो त, अन्य जिल्लाहरू पनि कमजोर छैनन् । त्यसमा पनि चितवनको साहित्यिक उर्वर भूमिमा कविडाँडा निकै सक्रियताका साथ तीव्र गतिमा अघि लागिरहेको छ र राष्ट्रियस्तरमै चर्चामात्र होइन हस्तक्षेपसमेत गरिरहेको छ । कविडाँडाका प्रत्येक घरधुरीमा कवि, कथाकार, निबन्धकार, गजलकारहरूको प्रतिनीधित्व छ, नभएका घर बिरलै भेटिन्छन् ।