Skip to content

भाषा/साहित्य समीक्षा

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

HemantaKumarNepal

देवकोटाका निबन्धमा हास्यरसको स्थिति

कुनै पनि साहित्य आनन्दानुभूतिको साधन हो । साहित्यमा रसको आस्वादनको कारणले साहित्यानन्दको प्राप्ति हुन्छ । त्यसैले साहित्यमा रस आस्वादनको मुख्य उद्देश्य आनन्दानुभूति प्राप्त गर्नु हो । आचार्य मम्मटले सम्पूर्ण लौकिक प्रयोजनलाई त्यागेर तत्कालै साहित्य रसास्वादनको अनुभूति प्राप्त भई बाह्य विषयमा छरिएको चित्तलाई बिस्तारै अन्तर्निहित गर्नुलाई आनन्द भनिन्छ भनेर साहित्यानन्दको परिभाषा दिएका छन् ।

सूत्रकथाको परिचय र यसको अभिलक्षण

कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो । कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ । सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो । सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा उत्कर्षोन्मुख अवस्थामा समाहित भएर रहेका हुन्छन् ।

३४ वर्षभयो साहित्य पढ्न छोडेको

चार नारीहरू, तर कम उमेरका, अचेल आसलाग्दो आख्यान लेखिरहेका छन् । कम्तीमा ‘फुर्सद’/‘कोसेली’मा फाटफुट पढ्दा त्यस्तै लाग्छ ।

साहित्यको बजार र बजारको साहित्य

‘एउटा पाठक मर्नुअघिसम्म हजारौं जीवन बाँचिसकेको हुन्छ । तर एउटा पनि किताब नपढ्ने व्यक्तिले केवल एउटा जीवनमात्र बाँच्छ ।’

मुसलमानी चुरौटी र नेपाली भाषा : एक अध्ययन

पन्ध्रौँ–सोह्रौँ शताव्दीतिर काश्मिरदेखि ल्हासासम्मको व्यापारको क्रममा काठमाडौँमा केही मुसलमानहरू बस्न थालेका हुन् । त्यसको केही वर्षपछि भारतमा भएका विद्रोहबाट बच्न सुरक्षित स्थान खोज्दै मुसलमानहरू नेपाल छिरेका हुन् । केही मुसलमानहरू राज्यकै आग्रहमा नेपाल भित्र्याइएका हुन् । तिनीहरू मध्ये केही सरकारी संरक्षणमै राजधानीमा रहे भने धेरैजसो पश्चिमी नेपालको पडाडमा व्यापार–व्यवसाय गरेर बसेको देखिन्छ । सन् १८५७ को भारतको गदर बिद्रोहपश्चात् बेगम हजरत महल तथा उत्तर भारतका नवाफ बिर्जित कदरका साथ शरणार्थीका रूपमा ठूलो सङ्ख्यामा मुसलमानहरू नेपाल भित्रिएका हुन् । यस हिसावले हेर्दा पाँच भिन्न–भिन्न समूहका रूपमा मुसलमानहरू नेपाल पसेको देखिन्छ ।

नेपाली र चुरौटी भाषाको पदवर्गगत तुलनात्मक अध्ययन

भाषा विचार विनिमयको सशक्त माध्यम नै हो । निश्चित व्यवस्था र नियमको सीमामा आवद्ध हुनु भाषाको विशिष्ट विशेषता हो । विभिन्न विद्वान्हरूले बेलाबखतमा आ–आफ्नै तरिकाले भाषाका वारेमा आ–आफ्ना मतहरू सार्वजनिक गरे पनि मानव समुदायमा सरल, ठोस एवं सार्थकतवरले विचार प्रेषणको काम गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था नै भाषा हो भन्न सकिन्छ । उत्तेजनाको प्रतिक्रियास्वरूप निश्चित ढाँचाका सीमित–असीमित वाक्यहरूको समुच्चय भाषामा हुन्छ । विश्व मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नेपाल भौगोलिकरूपमा सानो भए पनि भाषिकरूपमा ठूलो छ ।

मुक्तककाे छोटो परिचय

कविताका धेरै रुपहरुमा मुक्तक पनि एक हाे । मुक्तक शब्दको अर्थ ‘आफै‌मा पूर्ण‘ अर्थात् ‘अन्य कुराहरुबाट निरपेक्ष रहेकाे भन्ने अर्थ हुन सक्छ । अत: मुक्तक कविता विधाको त्यो रुप हाे जसकाे कसैसँग पूर्वापर सम्बन्ध हुँदैन । प्रत्येक मुक्तकले आफै‌मा स्वतन्त्र र पूर्ण अर्थ दिन्छ ।संस्कृत काव्यका परम्परामा मुक्तक शब्द सर्वप्रथम नवौ‌ शताब्दीका आनंदवर्धनले उपयाेग गरेकाे पाइन्छ । यस अघि यसबारे कसैले थाहा पाएका थिएनन् भन्ने अाशय याे नभए पनि उनी भन्दा अघिका अरु अाचार्यहरले यसकाे प्रयाेग गरेकाे भेटिदैन । तर ‘अग्निपुराण‘मा भने यसकाे प्रयाेग भएकाे छ ।

कविताः सृजन र स्वरूप

साहित्यको सम्पूर्णता र त्यसको स्वरूप मान्छेको भावनात्मकता वा रागात्मकताका साथ गाँसिने विषय हो । भावनासँग लयात्मकता र सांगीतिकताको पनि साइनो छ । यसैले मान्छेमा हुने रागात्मकता नै साहित्यको आधारभूमि हो । अरु कलाझै साहित्य पनि मान्छेको भाषिक सिपको एक कला नै हो । कला शब्दले यही रागात्मक अनुभूतिहरूको समग्रतालाई जनाउने गर्दछ । कलाको बोधका दृष्टिले यसलाई परम्पारगत रूपमा वृक्षारेख तयार गर्ने गरेको पाइन्छ । तर यहाँ कविताकै सन्दर्भमा मात्र विशेष चर्चा गरिने हुँदा कलाको फाँटतिर लाग्नु आवश्यक छैन ।

रूपचन्द्रको ‘थाहा’ आन्दोलन र प्रगतिवादी साहित्य

साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले माक्र्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ, प्रगतिवाद आत्मा साम्यवादमा, प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ ।

चूडामणि रेग्मीः भाषा र साहित्यका एक अथक यात्री

२०१२ सालमा पूर्वतिरका सचेत २४ जना युवाहरुको भेलाद्वारा संखुवासभाको चैनपुरमा जनसांस्कृतिक सभा नामको संस्था गठन गरिएको थियो । यसै संस्थाद्वारा तीन महिने ‘नौला पाइलो’ नामक पत्रिकाको प्रकाशन समेत आरम्भ भएको थियो । वि.सं.२०१३ सालमा उक्त २४ जनामध्येका बनारसमा पढ्दै गरेका केही युवाहरुले ‘नौलो पाइलो’ पत्रिकाको पहिलो अंक प्रकाशन समेत गर्न थालेका थिए । यसका प्रधान सम्पादक बालकृष्ण पोखरेल थिए । झर्राे नेपाली साहित्य र संस्कृतिको नमुनाका रुपमा ‘नौलो पाइलो’ प्रकाशन गर्न थालेपछि झर्राे नेपाली आन्दोलन चम्किएको थियो ।

भाषाका पदवाक्यको अध्ययन

भाषा भनेको मानिसको अन्तर्मनको भाव वा अर्थ खुलस्त गरी अन्य वक्ताका माझमा संप्रेषण गर्ने सधान हो । मान्छेका मनभित्रका विचार र भावहरूलाई ध्वनि, लेखन वा हाउभाउ आदि चिन्ह वा संकेतहरूका माध्यमबाट बोकेर बाहिर अर्को त्यस्तै प्रयोगकर्ताका साथ हुत्याइदिने काम भाषाको हो । धेरै वा थोरै कुरा किन नहुन् ती कुराहरूलाई स्पष्ट बुझिने गरी अभिव्यक्त गर्न भाषिक कोटीको वाक्यको खाँचो पर्छ । अन्य वक्ताका साथ भावपूर्ण रूपमा प्रकाश गर्ने काम वाक्यबाट हुन्छ । वाक्य भन्नु अनेकौं सार्थक पदहरूको नियमपूर्वकको श्रृङ्खलाबद्ध एकात्मक संरचना हो ।

book cover

थिएटर र आँखाहरु यहाँहरु माझ

समाजका सुन्दर कुरालाई टपक्क टिपी मञ्चन गर्नु र समाजका बिकृती र बिसंगतीलाई सु सुजीत गरी सिङ्गो समाजलाइनै सहि दिशामा ल्यौजाने काम थिएटरले गर्न सक्छ ।थिएटर मात्र यस्तो कला हो जसमा जीवनका सारा घटना समाबेस गर्न सकिन्छ ।हाल नेपालमा यस बिधा केही ओझेलका माज पनि यदा कदा सुनिदै आएको भएतापनि मोफसलमा यसले आफ्नो गोरेटो पकड्न सकेको छैन तर नाट्य संग्रहको कुरा गर्दा सुन्यनै भन्दा फरक पर्दैन ।

राष्ट्रियस्तरमा हस्तक्षेप गर्ने कविडाँडाका स्रष्टाहरू

नेपालको साहित्यिक परिप्रेक्ष्यमा चितवन आज अग्रस्थान ओगट्न सफल छ । त्यसो त, अन्य जिल्लाहरू पनि कमजोर छैनन् । त्यसमा पनि चितवनको साहित्यिक उर्वर भूमिमा कविडाँडा निकै सक्रियताका साथ तीव्र गतिमा अघि लागिरहेको छ र राष्ट्रियस्तरमै चर्चामात्र होइन हस्तक्षेपसमेत गरिरहेको छ । कविडाँडाका प्रत्येक घरधुरीमा कवि, कथाकार, निबन्धकार, गजलकारहरूको प्रतिनीधित्व छ, नभएका घर बिरलै भेटिन्छन् ।

कविहरूको संख्या अधिक रुपमा रहेको भरतपुर नगरपालिका वडा नं १३ भित्र पर्ने कल्याणपुर, आनन्दपुर, कैलाशनगर, रामबाग, गुलाफबाग, मंगलपुरका केही भाग र वडा नं. १४मा पर्ने तोरीखेत र गाविस फूलबारी र श्रीपुर क्षेत्रलाई राष्ट्रिय रुपमै सम्पूर्ण सर्जकहरूले ‘कविडाँडा’ नामकरण गरेका छन् ।

NandalalAcharya-02

सप्तरीको माटोमा सगरमाथा साहित्य परिषद् : एक सन्दर्भ

  • by

अग्रज पुस्ता जसले हिजो पनि भोगेको थियो र आज पनि रथ गुडाइरहेछ, उसका लागि सप्तरी जिल्ला वि.सं. २०४४ साल कात्तिक २५ गते बिहीबार (ई.सं. १९८७।११।११) जस्तो थियो आज पनि उस्तै छ ।

Read More »सप्तरीको माटोमा सगरमाथा साहित्य परिषद् : एक सन्दर्भ

वर्ण के हुन् र ती किन घटी बढी हुन्छन् ?

भाषाका शब्दहरू वा वर्णहरू भनेका मानिसका अन्य भौतिक सम्पत्ति जस्तै भाषिक सम्पत्ति हुन्छन् । भौतिक सम्पत्तिको ढुकुटीमा घटीबढी हुँदै गएजस्तो भाषाको शब्द वा वर्णको ढुकुटीमा पनि घटीबढी हुन सक्छ । भन्डारको सम्पत्ति चलन गर्दै जाँदा थपिंदै वा घट्दै जानु स्वाभाविक पनि हो । नेपाली भाषा पनि यस अपवादबाट मुक्त छैन । यसमा पनि प्रयोग गर्दै जाँदा शब्दहरू वा वर्णहरू घटीबढी भएका छन् ।
वर्तमानमा लेखिएको केही कामचलाउ, केही तत्कालको लागि बिकाउ अनि केही चाहिं प्रसिद्ध व्याकरणका पुस्तकहरूमा नेपाली भाषामा रहेका स्वर, व्यञ्जन वर्णको परिचय र सङ्ख्या तोक्ने काम भए÷गरेको देखिन्छ । पाठ्यक्रमको प्रयोजनका लागि लेखिने सस्तामस्ता व्याकरणका पुस्तकहरूमा नेपाली वर्णहरूको परिचय पढाउनु पर्ने भए पनि सङ्ख्या तोक्नुबाहेक सङ्ख्यामा घटीबढी हुनुका पर्याप्त वा न्यूनतम कारणहरू समेत दिएको पाइन्न । सङ्ख्या तोक्ने क्रमका पछाडि तोकिनु पर्ने खास कारण उल्लेख नहुनाले प्रशस्त भ्रम फैलन सक्छ । तिनै समस्याहरूको साधारण खुलासा यो लेख हो ।

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू

नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसै बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् । त्यो पनि लेखनका लागि गतिलो प्रयास थियो । तर खुट्टा काट्नै नहुने सोच भएको राममणि आदीको लेखनमा आग्रह बढी थियो गतिलो र वैज्ञानिक तर्क थ

विनास काले विपरीत बुद्धि

धेरैतिर अर्ती उपदेशका रुपमा “विनास काले विपरित बुद्धि” भनेको सुनिन्छ । यसको यो श्लोक कसले लेख्यो र यसको बाँकी भाग के हो भनेर सोध्यो भने धेरैलाई नआउन सक्छ । यसैले म यसको निराकण गरुँ है ।

यसका लेखक चाणक्य । चाणक्यनीतिको सोरौ‌ अध्यायको पाँचौ‌ श्लोक हो यो । सबैलाई आउने भाग भनेको उक्त श्लोकको अन्तिम भाग मात्र हो । उक्त श्लोक उपजाति छन्दमा लेखिएको छ ।