Skip to content

सांस्कृतिक समीक्षा

आरोग्यका देवता धन्वन्तरि

  • by

कात्तिक कृष्णपक्ष त्रयोदशीको दिनलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीको रूपमा मनाउने प्रचलन छ । यस दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु सुस्वास्थ्यको कामना गरिन्छ ।

विवाहको गलत संस्कार र युवा मानशिकता

आजको एक्काईसौँ शताब्दीका किशोर किशोरी हरु जसमा हरेक समय गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड परिवर्तन गरिरहने चाहना हुन्छ । आजका युवा पुस्ता आप्mनो वाईकको पछाडीको सिटमा हरेक क्षण फरक फरक सुन्दरी लाई राखेर हिड्ने

थारु जनजीवनका नाचहरू

  • by

आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिरिवाज, धर्म र संस्कार भएको थारू जातिका आफ्नै विशेष किसिमको मौलिकता र पहिचान रहेको छ । शिकार गर्ने, नाचगान गर्ने तथा खेती पशुपालनमा विशेषगरी आवद्ध यी जातिको विशेष किसिमको आफ्नै अस्तित्व तथा मौलिकता रहेको छ । मनोरञ्जनका लागि विशेष किसिमले आफ्नै गाउँघर समाजमा नाचकोर गर्ने र मनोरञ्जन लिने प्रचलन रहेको छ । यस जातिका नाचको बारेमा यहाँ चर्चा गरिएको छ ।

गौतम बुद्ध र मूर्तिपूजा हरिप्रसाद रिमाल

गौतम बुद्धका सम्बन्धमा एउटा रोचक कुरा के रहेको पाइन्छ भन्दाखेरी मान्छेहरू आफूलाई मन परेका आदर्शका कुराहरू गौतम बुद्धले भनेका हुन् भन्ठान्दारहेछन् । भारतीय वामपन्थीहरू त एक समय बुद्ध र कार्लमार्क्सलाई एउटै कोटीमा राखेर कम्युनिष्ट विचार धारालाई फैलाउनतिर लागेका थिए । तिनीहरूको त्यस प्रयत्नबाट बुद्ध धर्मको पनि विकासमा केही योगदान पुगेको थियो । बुद्धका केही यस्ता मूलभूत कुराहरू छन् जोसँग कम्युनिष्टहरूको कुरासँग ठ्याम्मै मिल्दैन र आजभोलि तिनीहरू तर्किएका छन् ।

फूलमालामा सजिने आकाश भैरव

  • by

उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको दक्षिणतिर पनि दुईवटा बडेमानका भैरवका मूर्ति छन् ।

दोलखामा कुमारी भैरव जात्रा

  • by

सत्ता कुर्सीको लागि वाक युद्ध, ध्वंसात्मकयुद्ध अहिले मात्र होइन पौराणिक कालमा पनि बराबर हुने गर्दथ्यो भन्ने कुरा हिन्दु ग्रन्थ पुराणहरूबाट थाहा पाइन्छ । देवगण र असुरगणको युद्ध वर्णन ग्रन्थको आधारमा हाम्रो धर्म, संस्कृति र जात्रा पर्व चलिरहेको छ । दोलखामा यही गन्थको आधारमा केही जात्रा पर्व वाषिर्क रूपमा सञ्चालन भइरहेको छ त्यसमध्ये एक हो कुमारी भैरव जात्रा ।

मनोरञ्जनको पर्व गाईजात्रा

  • by

नेपालमा वर्षभरि थुप्रै चाडपर्व जात्राहरू मनाउने गरिन्छ । नेपालमा श्रावण शुल्क पूणिर्माको दिन मनाइने चाड हो जनै पूणिर्मा जनै पूणिर्मालाई रक्षाबन्धन पनि भन्ने गरिन्छ । मलमास परेका वर्षमा भने जनै पूणिर्मा भाद्रमा पर्छ । जनै पूणिर्मालाई उपत्यकामा गुंपुन्हिको नामले मनाउने गर्दछन् । यसलाई उपत्यकाबासीहरूले क्वाँटि पुन्हि पनि भन्ने गर्छन् ।

साञ्चेप (सघौनी) परम्परा

  • by

वाम्बुले राई जातिको मूलथलो ओखलढुङ्गा जिल्लाको दक्षिणी उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, माधवपुर, टोक्सेल र थाक्ले गाविस हुन् । यसैगरी दूधकोसी पारि खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार गाविसमा वाम्बुलेहरू परापूर्वदेखि बस्दैआएका छन् । उदयपुरको लेखानी, सोरुङछबिसे, लिम्पटार, हर्देनी, बसेरी, कटारी, रिस्कु, गाईघाट र सिन्धुलीको रत्नावती, अरूणठाकुर, ककुरठाकुल, लदाभिर, दूधौली गाविसमा वाम्बुले राईहरूको छरिएर रहेका बस्ती छन् । बसाइँसराइँको क्रममा सिरहा, सप्तरी, सर्लाही, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, झापा, चितवन, काठमाडौँ, ललितपुरलगायत जिल्लामा बसाइँसराइँको क्रममा वाम्बुले राईहरू बसोबास गर्दै आएका छन् । देशभरिमा करिब ५० हजार जनसङ्ख्या रहेको वाम्बुले राई समाज, नेपाल (वाम्रास) को अनुमान छ । किराँत समुदायमा रहेको सामाजिक परम्परा ‘साञ्चेप’ र वाम्बुले समुदायमा रहेको ‘सघौ’ बीच तुलनात्मक रूपमा प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको छ ।

पानी परेन भने अपनाउने अनौठो प्रथाहरू

आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।

नेपाली संस्कृतिः जात्रा र परम्परा

  • by

विश्वमा नेपाल एउटा यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरू भई नै रहेका हुन्छन् । भनिन्छ, नाचगानको सहर भक्तपुरमा मात्रै वर्षभरि कुनै न कुनै ठाउँमा, कुनै न कुनै चाडपर्व, मेला तथा जात्राहरू हुने गर्दछन् । ठीक त्यसरी नै नेपालको मिथिला प्रदेशमा पनि प्रत्येक महिना कुनै न कुनै चाडपर्व मनाइन्छ ।

केही प्रचलित लोकविश्वासहरु

  • by

लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो । हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ । यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्नभिन्न प्रकारको हुनेगरेको पाइन्छ । कुनैकुनै विषयमा भने धेरैतिर यस्तो विश्वासमा समानता रहेको पनि भेटिन्छ ।

अविरको पर्दा र पनौतीको जात्रा

  • by

जेष्ठ शुक्ल पूणिर्माका दिन प्रत्येक वर्ष झैँ काभ्रेस्थित ऐतिहासिक सहर पनौतीमा सांस्कृतिक महत्त्वको प्रसिद्ध पनौतीजात्रा अर्थात् भैरवभद्रकालीजात्रा हुँदैछ । पनौती आफैमा एक प्राचीन धार्मिक स्थल हो । पुण्यमती र रोशी नदीको सङ्गमस्थलमा रहेको पनौतीमा इन्द्रेश्वर महादेवको मन्दिर सबैभन्दा प्राचीन, ठूलो र महत्त्वपूर्ण मन्दिर मानिन्छ ।

नेवार जातिको परम्परागत गहना

  • by

कुनै पनि समाज वा सभ्यताको स्तर कति उच्च छ भन्ने कुरा समाजका मानिसहरूको जीवन प्रकृया, संस्कृति, लगाउने पहिरन एवं विभिन्न समयमा गरिने संंस्कारहरूमा लगाइने गहनाहरूबाट थाहा पाउन सकिन्छ । यो सन्दर्भमा नेवार समाज एक उच्चस्तरको समाज हो भन्ने कुरा नेवार समुदायमा प्रयोग हुने पहिरन, गहनाहरू एवं श्रृंगारबाट पनि स्पष्ट हुन आउँछ ।

नेपालीय मैथिलीः संस्कृति र राजनीति

  • by

कुनैबेला मिथिलाको राजधानी वरिपरि घुमिने अन्तरगृह परिक्रमा फर्किसकेको छैन। रङ अबिरले राम-जानकीको डोला मन्दिर फर्केपछि मात्र जताततै राताम्य देखिने छ। तर होलीको उमङ्गले भने शहरलाई छोइसकेको अनुभव गर्न गाह्रो छैन।

किच्चकबध र राधा

  • by

कुनै पनि कुरालाई सांस्कृतिक मूल्य दिएपछि त्यसले सामाजिक सम्पत्तिको स्थान ग्रहण गर्छ । मानिसले स्थापना गरेका जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा कुनै न कुनै किंवदन्तीहरू आधार मानिएका छन् । किंवदन्तीहरूको आफ्नै विशेष ऐतिहासिक तथ्य हुँदैन तर सामाजिक विश्वासमा तिनीहरू इतिहासभन्दा पनि शक्तिशाली भएर उभिएका हुन्छन् । अझ आध्यात्मिक किंवदन्तीहरू त भक्तिसँग जोडिएर आउने हुँदा तिनको सामाजिक मूल्य विशेष बन्ने गर्छ ।

ढोला मण्डलीमाईको ख्याति

  • by

धादिङ जिल्ला भौगोलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताको धनी मानिन्छ । यहाँ देव-देवीहरूका स्थान र मन्दिरहरू प्रशस्त छन् । जस्तैः मैधीकोट, गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका हुन् । मैधीकोटको उचाइ ४ हजार ५ फिट छ । धुवाँकोट भैरवी १७५० सालतिर स्थापना भएको हो । यसको उचाइ ५ फिट छ । धादिङकोट धुवाँकोटकी भैरवी नै धादिङमा लगेर स्थापना गरिएकी हुन् भनिन्छ । त्यसै हुनाले धादिङ भैरवीको स्थापना १७औँ शताब्दीको अन्त्यतिर भएको हुनुपर्छ । यसको पनि उचाइ ५ हजार फिट नै छ । बिन्दुकेशरी नदीको शिरमा तपेश्वर महादेवको स्थान छ । बीचमा (भर्याङ पुरुङमा) बिन्दुकेशर महादेवको मन्दिर छ भने त्रिशूलीमा मिसिएको संगमस्थलमा सिद्धेश्वर महादेव छन् ।

उत्तरआधुनिकताको सांस्कृतिक शैली

  • by

बीसौँ शताब्दीका अनेक धनवादी-भ्रमहरूमध्ये उत्तरआधुनिकता पनि एउटा हो । सुरुमा विश्व-पुँजीवादले अत्याधुनिक प्रविधिका सहारामा ‘श्रमको दक्षतालाई अधिकतम सम्मान’ भन्दै श्रमिक सङ्ख्यामा कटौती गर्ने र प्रतिस्पर्धात्मक बजार व्यवस्थाको नाममा कमजोर उपभोग्य सामग्री उत्पादन गरी परम्परागत उद्योगहरूलाई समाप्त पार्ने अथवा अधिनस्त गर्ने काम सँगै बुद्धिजीवीहरूलाई निजत्व, पृथक्ता, अस्थिर-अडानी, सतही र आत्मकेन्द्री बनाएर विचारधाराको क्षेत्रमा श्रमपरक चिन्तनको सट्टा पुँजीपरक चिन्तनको वर्चश्व कायम गराउने चालवाजीको रूपमा यो सोच अघि बढाएको थियो ।

सरस्वतीको साधना गर्ने दिन वसन्तपञ्चमी

  • by

वसन्तको आगमन सङ्केत, विद्याकी खानी, श्रम, सीप र उद्यमशीलताकी स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ! माघ शुक्लपञ्चमी !!

कर्णाली प्रदेशका अभिलेखमा बौद्ध संस्कृति

कर्णाली प्रदेश वर्तमान नेपालको एकीकरण हुनुभन्दा धेरै अगाडिदेखि नै बुद्धधर्म संस्कृतिबाट अनुप्राणित थियो । यसको ज्वलन्त दृष्टान्तमा त्यस क्षेत्रका खस राजा रिपु मल्लले पश्चिम तराईको कनकमुनि बुद्ध जन्मस्थल निग्लिहवा तथा शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आदि पवित्र बौद्ध तीर्थस्थल दर्शन गर्दै राजनीतिक कारणले नेपाल उपत्यका अर्था्त काठमाडौँ उपत्यका प्रवेश गरेको कुरा इतिहासमा उल्लेख छ ।

लुकेका महादेव निकाल्ने जात्रा पाहाँ चःह्रे

  • by

पाहाँ चःह्रे भन्नाले लुकमाध लुकेको महादेवलाई पूजा गरि मनाइने पर्व हो । लुकमाःद्य भनेको क्षेत्रपाल हुन् । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचःर्‍हे मनाउँछन् ।