Skip to content

तिहार मनै रमाइलो, वातावरणै रमाइलो

  • by

यमपञ्चक तिहारका पाँच दिन हामी मानवको नजिकमा रही कुनै पनि तरिकाले भलो गर्ने पशुपंक्षीका लागि छुट्याएको छ । यमपञ्चकको पहिलो दिन कात्तिक कष्ण द्वादशीको दिनलाई कागतिहार भनिन्छ । यस दिन कागलाई सम्मान गरी दाल, भात, तरकारी अर्थात् खानेकुरा सबै खुवाउने गरिन्छ । काग यमराजको सन्देशबाहक मानिएकाले यमपञ्चकको पहिलो दिन यमलोकबाट मत्र्यलोकमा घुम्न आउँछ भन्ने पनि विश्वास गरिन्छ । व्यवहारिकरूपमा हेर्दा काग हाम्रो नजिक रही वरिपरिका फोहरमैला सडेगलेका चीज, सिनो खाइदिएर वातावरण सफा राखिदिन्छ ।

त्यसैगरी दोस्रो दिन कुकुर तिहारको रूपमा मनाउँदै आएको पाइन्छ । यस दिन कुकुरलाई अरू दिनभन्दा बढी पकवान बनाई धुपबत्ती फूलमालाले सजाएर पूजा गरिन्छ किनकी कुकुरलाई यमद्वारको पाले भनिन्छ । हामी मरेपछि यमद्वारबाट प्रवेश गर्न कुनै रोक नलागोस् भनी मानिसले कुकुरको पूजा चलाएको पनि भनिन्छ । साथै हिंस्रक जन्तु र हिंस्रक मानिसबाट मालिकको घर, धनमाल, जिउधनको सुरक्षा राख्छ । कुनै पनि आपत विपतमा साथ छोड्दैन । साथै फोहोरमैला खाएर गाउँ बस्ती र गल्ली चोक सफा राख्छ । यस कुकुर तिहारलाई नरक चर्तुदशी पनि भनिन्छ । यो दिन बिहान नदीमा गएर टपरीमा दीपमालिका सजाई नदीमा बगाउने पनि चलन छ ।

कुकुरतिहारपछि तेस्रो दिन लक्ष्मी पूजा अर्थात् गाई पूजा आउँछ यो दिन सबैका घर घरमा गाईको पूजागरिन्छ । हिनदु धर्मावलम्बी गाईलाई आमाको रूपमा मान्दछन् । अर्को कुरा पूरै मनुष्य समाजको निम्ति गाई धन मानिन्छ । मानवको आर्थिक जीवनमा ठूलो मद्दतका साथै भूमिका खेल्छ । अझ नेपाली जीवन कृषिमा निर्भर हुने हुँदा कृषिको निम्ति गाई मेरुदण्ड हो ।

लक्ष्मी पूजाको दिन बिहान सबैका घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधको छाप लगाई अवीर, केशरी, फूल, अक्षता ले पुजा गर्नुकासाथै जनै पूणिर्मामा लगाएको रक्षा बन्धन गाईको पुच्छरमा बाँध्ने पनि गरिन्छ ।

यसरी गाईपूजा सकेपछि बेलुका लक्ष्मीको पूजा हुन्छ ।

यस दिन घर, आँगन, चोक, गाईको हरियो गोबरले लिपेर स्वच्छ र चोखो पारिन्छ । साथै ढुकुटी र भण्डारसम्म चामलको पिठोको लक्ष्मीको पाइला चिन्ह बनाएर राखिन्छ अनि भण्डार कोठामा पैसा, सुन, चाँदी राखेको ठाउँनेर दियो कलश राखी लक्ष्मीको मर्ति राखी पूजागरिन्छ ।
लक्ष्मीको पूजा पछि झ्याल ढोकामा माटाका पाला, मैनबत्ती रंगीविरंगीका बिजुलीका चिमले दिपमालिका सजाइन्छ, सक्नेले ५ दिन र नसक्नेले लक्ष्मीपूजा र गोबर्द्धनपूजा दुई दिनमात्र भए पनि घर उज्यालो पार्छन् । यो दिन लक्ष्मीको लागि नैवेद्य सेल, बाबर पकाइन्छ, त्यसकारण यस चाडलाई केटाकेटीहरू सेल खाने चाड पनि भन्दछन् ।

यो विविक पक्ष हेर्दा सबैभन्दा महफ्वपूर्ण दिन लक्ष्मी पूजा हो । यसैले पनि यसलाई दिपावली चाड भनिन्छ । यस पर्वको पछाडि पौराणिक किंवदन्तीअनुसार यस रात लक्ष्मी स्वर्गबाट धर्तीमा झरी प्रकाशले उज्यालो भएको ठाउँमा पुग्छिन् किनकी धनकी देवीलाई फोहोर मन पर्दैन यसैले सबैतिर सफा र उज्यालो पारिन्छ ।

यसर्थ दीपावली पूर्व हामी नेपालीहरूको लागि ठूलो महफ्वको पर्व हो । यसै दीपावलीकै दिन भैलो खेल्ने चलन पनि छ । त्यसैगरी लक्ष्मी पूजाको भोलिपल्ट गोवर्द्धन पूजा सम्पन्न हुन्छ । यस दिन गोरुको पूजा हुन्छ किनकी गोरु कृषि व्यवसायको मेरुदण्ड वा हतियार मानिन्छ । यसैले गोरुप्रति सद्भाव गरिन्छ । यसै राति नेवार परिवारमा म्हः पूजा हुन्छ यो पूजा सकेपछि लोग्नेमानिसहरू बाजागाजा लिएर द्यौसी खेल्न हिँड्छन् । यसरी गोरु तिहार गोवर्द्धन पूजा पनि सकिन्छ ।अन्तिम दिनमा भाइटीका सम्पन्न गरिन्छ । यस दिन दिदीबहिनी र दाजुभाइका बीचमा झन् बढी आत्मीयता बढ्छ । यस दिन दाजुभाइलाई निम्ता गरी स्नेह र मायाको साथ मखमलीफूलको मालाले सजाएर थरीथरीका परिकारले सत्कार पूजा गरी यमराजसँग दाजुभाइको दीर्घायुको कामनाको साथै अकाल मृत्यु नहोस् कुनै प्रकारको अनिष्ठ नहोस् भन्ने कामना गर्दछन् । टीकाको वैज्ञानिक पक्षलाई हेर्दा टीकाको सिधा सम्बन्ध निधारमा हुन्छ । निधार शरीरको उच्च ठाउँमा रहेको हुँदा यसलाई शरीरको राज्य पनि भनिन्छ । निधारको मुख्य एक भागबाट शरीरमा आइपर्ने कुनै पनि कुराको जानकारी हुन्छ । यसै ठाउँलाई नै ‘पिट्यूटरी ग्रन्थी’ भनने गरिन्छ । निधारबाट निक्लेको हार्मोनले गर्दा नै स्मरण शक्ति, आँखाको तेज, सुन्ने, बोल्ने जस्ता शक्ति उत्पन्न हुन जान्छ ।

अर्को कुरा धर्म संस्कृति, संस्कार र परम्परानुसार पूजा, ब्रत, उपासना, दात, देवकार्य र पितृकार्य गर्दा निधारमा टीका नलगाई कार्य गरेमा निष्फल हुन्छ । यसैले सबै जाति वर्ग धर्मका अनुयायीहरूले निधामरा टीका लगाउँछन् । शास्त्रहरूमा टीका लगाउने कुरालाई धार्मिक आध्यात्मिक संस्कारको रूपमा लिएको पाइन्छ ।

त्यसैगरी वैज्ञानिकहरूको अनुसार निधारमा टोनिन वटीएण्डोरफिन हुन्छ । यसको कमी महसुस भएमा मानिस उदास र चिन्तित हुन्छ भनेका छन् र निधारमा सधै टीका लगाउँदा रसायनको उत्पत्ती भई जीवन सुखी र सन्तुलित रहन्छ र टीका लगाएको निधारद्वारा सफलता र प्रशन्नता झल्कन्छ । निधाकरो मध्य भागलाई भृकुटी मानिन्छ । यहाँ टीका लगाउँदा स्मरणशक्ति वृद्धि एवं टाउको समेत दुख्दैन । टीका भिन्न प्रकार र रङ्गका हुन्छन् । चन्दन, खरानी, सिन्धुर, अवीर, तिलक, रातो, कालो, दही अक्षताको टीका हुन्छ ।

यसर्थ हिन्दू धर्मावलम्बीका लागि यो भाइटीका चाड एउटा प्रशंसनीय रभावनात्मक महफ्वको चाड हो । यस दिन दिदीबहिनीले लाइदिएको सप्तरङ्गी ठाडो टीका, गलामा गोदावरी मखमलीको माला, मुखमा पान सुपारी, मसला र मठिा मीठा खानेकुरा, फलफूल खर्पन, डाला, सोलीमा बोकी राम्रो लुगा गहना लगाई माइत जान हिँडेका दिदीबहिनी उत्साह र उमङ्गले रमाएर हिँडेको दृश्य ज्यादै मनमोहक देखिन्छ ।

शनिबार, गोरखापत्र
आश्विन ३१, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *