Skip to content

पद्य कविता

गल्ती के छमेरो भन?

मलाई मार्छु भन्नेहरु
मार्छौ भने आउ मार ,
यो घाँटी रेट्छु भन्नेहरु
तैयार छु म, आउ रेट,
तर,
गल्ती के छ मेरो भन ?
मेरो आँखा छ, म देख्छु
मेरो कान छ, म सुन्छु
म रातोलाई कालो भन्न सक्दिन
सुनेको कुरा नबिचारी बस्नै सक्दिन
गल्ती के छ मेरो भन?
हुन त हो, म आलु नै हु
तर,
बुद्धिको होइन
मिल्न त धेरै खोजे
तर,
तिम्रो त तर्कारी नै तितो
म त मिल्न सक्दिन,
बरु काटेर,
तिम्रा सुंगुरहरुलाइ देउ
तर,
गल्ती के छ मेरो भन??

सिंहवाहिनी -००- प्राक्कथन

पाठक समक्ष मैले यहाँ राख्छु केही कुरा
देवी माहात्म्यको बर्णनको गर्न खोजे पुरा

नवदुर्गा दशैमा दुर्गा पाठ गरें
पाठ गर्दा गर्दै अलमलमा परें
सारतत्त्व नबुझी पढ्दै पढ्दै जाँदा
के नै अर्थ हुन्छ भन्ने प्रश्न धरें

NirojMainali

मेरो काठमाडौ शहर

एक एकान्त साँझमा टोलाइरहेको मेरो मन
कहिले आँखा आकाशतिर त कहिले धर्ती,
अनि यसो हेर्छु यो काठमाडौ शहर
हाम्रो आदिकवि ज्युको अलकापुरी नगरी ।
अनि सम्झन्छु कतै मित्थ्या त थिएनन् आदिकवि !

‘मृत्यु’

जन्म देखि मृत्यु
सम्मका जीवनका लामो हिडाईमा
मर्नुको सत्य बोकेर हामी कति धेरै मर्छौ
जन्मदा देखि नै आमाको कोख भित्र
आनन्दको मृत्यु
बालाखा उमेर भरि मातृत्व स्नेहबादको मृत्यु
उमेरको बेगमा बहदै जाँदा नादान कोमल पवित्र
अबोद्पनाको मृत्यु
जीवनको उडानमा प्रतेक अनमोल स्वासको मृत्यु
प्राप्ति र अप्राप्तिको झोका झोकमा रहर र
कामनाको मृत्यु
यो भ्रमित जीवन यात्रामा शास्वत
शान्तिको मृत्यु
पारिवारिक मोह जालमा पाउनु
हराउनुको मृत्यु
सांसारिक
शान्तिको खोजमा स्वतःबोदको मृत्यु
थुप्रै पाएर पनि सुन्य बनिनुको मृत्यु
दानवता बढेर मानवताको मृत्यु
दुर्भावना फैलिएर सदभावनाको मृत्यु

विश्वका सामु नेपाली सर्वाङ्ग नाङ्गियौं सब

हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,
यता हैन उतै उन्का आफ्नै छन् जन्मका घर ।

यताका पनि छन् केही तर ती मद्यका भर,
परेर ध्वस्त पार्दैछन् डढाई पितृको घर ।

कनिका

अहिले कविता हाम्रो कनिका छरिए सरी
बग्रेल्ती छरिने गर्छ जथाभावी थरी थरी ।।

कतै हाइकुकाे जात कतै ताङ्का पसी पसी
नेपाली कवितालाई उकास्दैछन् घुँगा धसी ।।

के नेपाल सानो छ पद्यानुवाद – ०६ (अन्तिम भाग)

निन्दा गर्नेहरु त्यस्ता हाँस्लान् मेरा विचारमा
तथापि म सधैं बस्छु दृढ मेरै विचारमा ।।
यस्ता बोक्रेहरुदेखि दया लाग्छ मलाई ता
बिचराहरुमा कस्तो बुद्धिको छ दरिद्रता ।।

अध्यात्म ज्ञानको गंगा यसैबाट छ उद्भव
सारा संसारकै लागि यै हो पोषक वैभव ।।
अरुले देशको ताज शिरमाथि चढाउलान्
हामी ता देशको ताज मुटुभित्रै सजाउँछौं ।।

के नेपाल सानो छ पद्यानुवाद – ०५

असन्तुष्टि यहाँ छैन माटोमा हुन्छ उब्जनी
यहाँकी धर्ती हुन् मेरी साँच्चैकी शश्यशालिनी ।।

गहिरो गरी हेर्नाले एकभित्र अनेकता
पाइन्छन् यही धर्तीमा देश सानै भए पनि ।।

के नेपाल सानो छ पद्यानुवाद – ०४

यहाँ के छैन हे मित्र यहाँ जे पनि मिल्दछ
छैन भन्नेहरु देखी म ता आश्चर्य लाग्दछ ।।

हाम्रै पर्णकुटीभित्र परमेश्वर बस्तछन्
आत्माका रुपमा हाम्रा गौरीशङ्कर मस्त छन् ।।

के नेपाल सानो छ पद्यानुवाद – ०३

यहीं निर्मल गङ्गाका छालको हुन्छ कल्कल
त्यही कल्कलमा मानौं गाएझैं लाग्छ कोकिल ।।

दुनियाँभरमा शान्त स्वच्छ शीलतका कथा
खोज्नेले फर्किए हुन्छ भेटिनेछन् यता उता ।।

के नेपाल सानो छ पद्यानुवाद – ०२

निलेका त्यसले लाखौं कृतिभन्दा कता कता
माथि धेरै गुणा लाग्छ हाम्रो आफ्नै शकुन्तला ।

अङ्ग्रेजीवाजले भन्छन् चस्मा ढल्काई व्यङ्ग्यले
नेपाली पढी के हुन्छ ? अङ्ग्रेजी पढ्नुपर्दछ ।

के नेपाल सानो छ पद्यानुवाद – ०१

‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,
कुनै बेला म आफैंले लेखेंथे छ मनोहर ।

कसरी कसरी आयो यस्तो भाव म जान्दिनँ
त्यो विशेषणको शब्द किन लेखें म भन्दिनँ ।

अजम्वरी यादमा

चाहनामा वाध्यता छ रुनु हास्नु जीन्दगी हो
कट्छ आयु पल्पल् गन्दै यही रित प्रकृतिको
संघर्षै हो जीवन भन्ने जहाँ पनि लड्नै पर्छ
बाढी भित्र सम्झनाको डुवे पनि वाच्नै पर्छ ।

भरोसा हो सन्जिवनी ईमान्दारी आधार हो
कर्म तप यज्ञै मानौ यो सन्सार अपार हो ।
भोंक प्यास त्रिष्णा चिन्ता हाँसो खुशि हावा सरि ।
आउने जाने रातोदिन प्राणवा़यु चले सरी ।

कृष्ण गङ्गा उत्पत्ति वर्णन

हृदय बिच गुरुको फेरी विश्वनाथलाई ढोगी ।
अनि पछि पृथ्वीमा गण्डकी काली देखी ।।
कसो गरी पृथ्वीमा आएका हुन् भनेर ।
मन मन पहिले फेरी यो विचार गरेर ।।

गोलोकमा पहिले थिईन् ती तुलसी नामकी त एक गोपिनी ।
राधाकृष्ण जी की थिईन् अति प्रिया सारा तिनै गोपिनी ।।
कामाशक्त भएर कृष्ण नजिकै बस्दा उसै बिचमाहाँ ।
राधाको जब दृष्टी पात हुन गयो रिसले सरापिन् ताहाँ ।।

कवि बन्न खोज्दा

आजन्म घाँसी हुन घास काटियो,
चुरोटमा दैनिक नोट साटियो ।
कपाल दाह्री लटरम्म पालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

बनी भवानीपति भस्म लाइयो,
उमा सती जीवित देख्न पाइयो ।
त्यसो हुँदा भाव सर्ब गुमाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

NityaNathAdhikari

गङ्गोत्पत्ति वर्णन

गुरु चरण कमलमा शिरलाई नुहाई ।
गणपति शिव,विष्णु देवीलाई रूझाई ।।
सकल भुवन बिचमा सार भएकी ती गङगा ।
पृथ्वी बिच झरेकी लेख्दछु यो प्रसङग ।।

स्वर्ग र पृथ्वीमा र ती पातालमा ।
डुली फिरी हिँड्दामा फेरी त्यस ठाउँमा ।।
घुमीकन ऋषी नारद त्यही लोकमा पुगेका ।
श्रुती गण ति सबैको अङगहिन भई गलेका ।।