Skip to content
NirojMainali


एक एकान्त साँझमा टोलाइरहेको मेरो मन
कहिले आँखा आकाशतिर त कहिले धर्ती,
अनि यसो हेर्छु यो काठमाडौ शहर
हाम्रो आदिकवि ज्युको अलकापुरी नगरी ।
अनि सम्झन्छु कतै मित्थ्या त थिएनन् आदिकवि !

पहिलेको संरचना मात्र हेर्ने हो भने,
अहिले पनि राम्रो देखिन्छ ।
तर के गर्नु, असभ्य मानिसहरू,
जम्मा भएपछि स्वर्ग पनि नर्क हुन्छ ।

अहिले सबै आफ्नै स्वार्थ पुरा गर्न व्यस्थ छन्,
कसैको वास्ता छैन ।
आफूलाई सुविधा भए पुग्यो ।
अरुको के चासो आजकल
होटेलमा बस्छन् अनि भन्छन्,
आज त्यो मर्यो रे त्यहाँ मर्यो रे
अन्तिममा मासु र भात बजाउँछन्
अनि बाटो तताउँछन् ।

कुनै संकोच छैन् कसैको वास्ता छैन्,
बस म,मेरो परिवार राम्रो भए भयो ।
अहिलेको बोलिचालीमा हामी हराउन लागिसक्यो,
छ त बस शब्दकोष र कितावहरूमा ।

फेरि यहाँको समाजलाई सम्झन्छु,
घर भित्र सफा चट्ट पारेर राख्ने,
अनि घरको छतबाट फोहोर फाल्ने ।
घरको बाह्य वातावरण फोहोर,
भित्री वातावरण सफा भएर मात्र के गर्ने ।

धेरै बेर घोरिन्छु अनि हाँस्छु,
यो सब म कसलाई भनिरहेछु,
आफै गल्ती गर्छु अनि नाना भाँति सोच्छु ।

यहाँ आदिकवि मित्थ्या होइनन्,
हामी पनि मित्थ्या होइनौ ।
सिर्फ म मित्थ्या हुँ,
सिर्फ म ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *