Skip to content

पद्य कविता

नपर्खे बहिनी तिहारमा मलाई

नपर्खे बहिनी तिहारमा मलाई दोबाटो कुरेर
ओइलाई जाला नराखे अब फूल माला उनेर
आउने बाचा तोडेको  भनी नश्राप्नू मलाई
आउदो साल दिल खोली बहिनी हसाउँला  तिमीलाई

आमा

आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु

पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै

बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्या‍उँथ्यौ
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ

दिलको धड्कन

आउन हामी उडिजाऊ बादल लाई भेट्न
एउटा पङ्ख तिमी हम्क अर्को पङ्ख म
तिमी भन बर्सिदेऊ बादल उजाड भूमिमा
म भन्छु छेकिदेऊ तातो राप गर्मी याममा

सुन्दर सन्सार यात्रा गरौ एउटै रथमा

सपनीमा किन आइरहन्छौ ?

तिम्रो खुशी त मागेको छैन मैले

घरिघरि किन मलाई रुवाइरहन्छौ ?

बिछोडको सीमारेखा कोरिसकें मैले

अझै पनि सपनीमा किन आइरहन्छौ ?

मेरो पनि मुटु छ तिम्रो जस्तै


शुभकामना

  • by

पुरा होउन् तिम्रा इच्छा लक्ष्यहरुले शिखर चुमुन
शत्रुहरू हटून सबै मित्रहरूले हरपल झुमून्
 
दिर्घायुको कामना छ सुस्यास्थ्यको आराधना
सुभावना जागून सबै कुभावना पाखा लागून्
 

मन झस्किन्छ

तिमी छौ वारी म छु पारी बिचैमा साउने भेल
न परिवार न त समय कसैले गराएन हाम्रो मेल
मायाको डोरी फुकाउनु पर्ला गाठो नै नकसी
मेरो मनको ढोका गर्दैछु बन्द तिमी नै नपसी

साचो मायामा

भन्थेऊ दुई मुटु एउटै हो
नमरे सम्म तिम्रै पेवा जस्तै
तिमी त बद्लेछौ थाहै नपाई
मेरो मुटु अनि म त छु उस्तै

साथ दिन्छु भन्ने तिम्रो बाचा
आधा बाटो नपुग्दै बिर्सिदियौ
प्रतिक्षामा तिमीलाई कुरी बसे

मझेरी धन्य छौ!

मझेरी धन्यबाद तिमीलाई
मुरीमुरी मुटुको स्पन्द स्पन्दबाट
पाठकलाई लेखक बनाउछौ
अनि बिष्लेखक लेखक बाट

सादा पाना भावनाले भरिने
तिमी नै हौ मनको बह साटिदिने
अनगिन्ती तरङ्गहरु मिलनबिछोडका

मान्छे

  • by

मान्छेको मन पढ्न, चिन्न नसकी मान्छे यहाँ फस्दछ
आफ्नो यो बुइँमा चढाइ भुइँमा मान्छे स्वयं फाल्दछ
हेर्दा बाहिर जे छ भित्र पनि त्यो उस्तै कहाँ हुन्छ र
मान्छेको मन पढ्न चिन्न कहिल्यै मान्छे कहाँ सक्छ र ।

नारीको महिमा

नारी तिमी जननी हौ जन्म दिने
असह्य पिडा सहेर शिशुलाई मातृत्व प्रेम दिने

नारी तिमी चेलिबेटी हौ दाजुभाइ पुज्ने
यमराजलाई बिन्ती चढाई माइतिको रक्षा गर्ने

संवादका मेला र सपना

तिमी यौवनको मातले मातिएको बेला ।
तिमी र ऊबीच भएका संवादका मेला ।
आहा कति राम्रा । अति राम्रा ।
त्यसपछि देख्न थाल्यो तिम्ले सुन्दर सपना हाम्रा ।

लौखा तन्त्र

  • by

कोरे पत्र अभिवादनको रतन्धोलाई
जो पिलाउँदै थियो दूध सर्पलाई
वरदान र अभिशाप नचिन्ने अन्धो
मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो

कल्पना

  • by

कल्पनाको तरङ्गमा
जब सुन्दर भाव आउँछन् आँखामा
तब ममा अटाउन नसक्ने
खुसीका चित्रहरू कोरिन्छन्
सपनामा देख्न नसकेका
रङहरू छचल्किन्छन्

तीन समस्यापूर्ति

  • by

राम्रो लाग्छ नदी सुसाउँछ जहाँ शोभिन्छ छायाँ पनि
आशा जाग्छ प्रभात-सान्ध्य क्षणमा सन्देश भर्छन् ध्वनि
त्यो बेला किन हो स्वयं लय भई चम्कन्छ रे लोचनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी

नशारहित जिन्दगी

नशारहित जिउन सक्छु भनी, अठोट गर्नुपर्छ
चुरोट-रक्सी साथी होइनन् यसले हानी गर्छ

एक्लै हामी बाँचे हुन्न, पुस्ता बाँच्नुपर्छ
एक्लै हामी हाँसे हुन्न, देश हाँस्नु पर्छ