पद्य कविता
आमा
आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु
पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै
बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्याउँथ्यौ
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ
