Skip to content

पद्य कविता

मेरो ब्यथा

जिन्दगीको दोबाटोमा धोकै धोका खाको छु
धोकेबाजीलाई बिर्सन मन मन्दिर धाको छु

नसोध मलाई के भो? यो नसाको खेल हो
दुई दिने जिन्दगी नि मलाई आज जेल भो

त्यो चैतको हुरी

  • by

विनाशको कारक बन्दछ त्यो चैतको हुरी
फक्रनै नदिई झार्दछ वृक्षका कोपिला चुँडी
सपना त्यो किसानको फल खाने जो हुन्छ
टुक्राटुक्रा बनाउँछ लागेर त्यो हुर्हुरी

मन परेको राम्रो

  • by

सयथरी फूल फुल्ने संसारमा हाम्रो
जाई, जुई, चम्पा जे होस् मन परेको राम्रो ।

सौन्दर्यको रूप एकै उस्तै जिन्दगानी
किन बग्ने रै’छ माया मन तानीतानी ।

चोखो विपना चाहिन्छ

मलाई सपना हैन विपना चाहिन्छ।
मलाई कल्पना हैन यथार्थ चाहिन्छ।
मलाई भविष्य हैन वर्तमान चाहिन्छ।
मलाई एक्लोपना हैन तिमी चाहिन्छ।

आँसु पिउँदै कति बाँच्ने?

मैले तिमीलाई अविश्वास मागेको होइन
म त आँसु आँसु भएर बाँचिदिएकी छु ।
किन यो जीवन उजाड लाग्छ ?

म आफैदेखि आफैलाई टाढा पाईरहेछु ।
समय पनि कस्तो पापी छ !

हाम्रो नेपालमा

लाली गुराँस बनैभरि, मुस्कुराउँदै फुल्दा हुन्,
साइली माइली, सुसेलिंदै ती बनपाखा डुल्दा हुन् ।
सयपत्री, मखमली, बेली पनि फुल्दा हुन्,
हरियाली धानको बाला लहलह झुल्दा हुन् ।

लालुपाते बाटैभरि, टिपी सिरमा लाउँदा हुन्,
तल्लो गाउँकी ठुली-सानी गोठालो नि आउँदा हुन् ।
पल्लोघरे चतुरे नि बाख्रा लिई जाँदा हुन्,
ऐंसेलु र काफल टिपी क्वप्प क्वप खाँदा हुन्।

अनौठो मेरो माया

किन तिमी आउछौ सधैं मेरो झझल्कोमा
निदरीमा बिपनीमा अनि सपनीमा
किन यति धेरै माया दिन्छौ राखी समिप्यमा
म त पागल सरी भैसकें तिम्रै सम्झनाले
तिम्रै कल्पनाले तिम्रै ममताले।

निष्ठुरी बनी छाड्छौ भन्ने त्रास् जिबितै छ
त्यो दिनको कल्पना मात्रै पनि सार्है मर्माहत् छ
आखिर किन यस्तो भयो कसरी म बुझौं?
हाँसी हाँसी बसौं कि सधैं आँसुले नै रुझौं?

एकजुट हुनुपर्छ

  • by

सुख दुःख झेल्दै आज कतारसम्म आए
कतारमा धेरै थरी नेपाली समाज पाए
हर्ष अनि खुसी मेरो भनी साध्य छैन
आत्मैदेखि खुशी छु म झुटो बोलको हैन
थाहा भो मलाइ विदेशको जागिर गार्‍हो हुन्छ
तर पनि धेरै जना एकजुट बन्न खोज्नुहुन्छ

परेली मै छौ कि कसो, माया भनी देखछु

परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु

केही दिन भो भेट न भाको, बर्सौं बिते जस्तो लाग्यो
मिठो मिठो सम्झना मा, सधैं रमि रहुँ जस्तो लाग्यो

नयाँ बन्नुपर्छ

  • by

नयाँ युगको रथ हाक्न नयाँ बन्नुपर्छ
गरिब-दुःखी निमुखाको दया बन्नुपर्छ ।

सर्वोच्च हुन् जनता नै अभिमत ठूलो
कहिले सुन बनाउँछन् कहिले भुइँको धूलो

एक्लो बृहस्पति

  • by

दाँया हेरे – बाँया हेरे, अनुहार त सबै गोरा
कपट्-कुटिल, असल्-भला, थरी थरी रुपरङ भा

गरौ न हो केही गरौ – देश लाई उठाउँ माथि
जिब्रो तिखो – भाषाण मिठो, कुटिल रैछन तिम्रा जुङ्गा

जाग जाग वीर नेपाली हो!

कर्म गर,मेहनत गर पसिना बगाउ
तिम्रो पुर्खले आर्जेको भुमी सधैं जोगाउ
जोश चलाऊ जङ्गर चलाऊ बनाउनुछ हामीले देश!
चाराee तिर बाट लुस्तैछ देश लाई फाल्नुछ हामीले त्यो सेष!
तामाङ उठ,गुरुङ उठ सब जाती जाग्नुछ
आफ्नु अधिकार खोज्नलाई तिमी आँफै लाग्नुछ!!

तिम्रो यादमा त हैन

  • by

राती निद्रा लाग्दैन, सुत्न खोज्दा पनि।
जबरजस्ति आँखा चिम्ल्यो, निदाइन्छ की भनि॥
अहँ, के निदाइन्थ्यो, झन् बिग्रिने ताल।
लौन हजुर बताइदेउ न, के भको यो हाल॥

वैशाख लागेपछि

  • by

वासन्ती नवकान्तिले सब धरा बन्दै छ नौली वधू,
लोभिन्छन् नवफूलमा भ्रमर यी, प्यारो छ साह्रै मधु ।
पाक्यो काफल, कोइली कुहु गरी क्यै सोध्न आएपछि,
यस्तो चाल सहन्छको भने सखे! वैशाख लागेपछि ।।
भालेले सिङले मृगी नजिक गै’ थाल्यो नि कोट्याउन,
उड्दै भुन्भुन गर्छ एक भमरो पाएर पोथी किन ?
जोडी घुर्छ कपोतको नजिकमै, यी दृश्य देखेपछि,
सक्लाको अब मान खोजिरहनै, वैशाख लागेपछि ।।

सित्तैँमा ध्यान गर्दछन्

  • by

काव्य लेख्नेहरूलाई म केही प्रश्न गर्दछु
मेरो चित्त बुझेदेखि काव्यकै भर पर्दछु
चमत्कार बनेको छ विश्वविज्ञानले सब
कविजी भन सो काव्य पढ्ने छ कसले अब ?

म आगोमा फुल्छु

  • by

आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु
काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु

धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी
लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।

नेपाली आमाको मन

सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन
चिन्ताको तापले हरपल जलेको छ दनदन
खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो
कहिले म माथि पर्‍यो अराजकताको पासो
हरेक चोटिको परिवर्तनले आश पलाउछ